जनता समाजवादी पार्टी धरानद्धारा डेङ्गु नियन्त्रण अभियान शुरु

  • साउन ५, २०८०
  • २,९२६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,५साउनः जनता समाजवादी पार्टी नेपाल धरान नगर समितिले धरानको महामारीको रुपमा रहेको डेंगु महामारीको रोकथाम तथा नियन्त्रणको अभियान थालेको छ । पार्टीका नेता, कार्यकर्ताहरुले डेंगु नियन्त्रण तथा रोकथामको उपायहरु छापिएको पर्चासमेत सर्वसाधारणहरुलाई वितरण हो ।

पार्टीले जनतामा सचेचनाका लागि विहिवारबाट अभियान शुरु गरेको हो ।

धरान– स्थित मंगलवारेबाट अभियान शुरु गरेको जनता समाजवादीका धरान नगर अध्यक्ष ताजुव लिम्वुले जानकारी दिएकाछन् ।

उनका अनुसार घरमा जमेर राखिएको पानीबाटा डेङ्गुका लार्भाहरु छिटो उत्पादन हुने भएकोले पानीलाई छोपेर राख्न र लामो समय खुल्ला भाडामा पानी नराख्न सचेतना दिइनुका साथै केहीको घरमा राखीएको पानीमा भेटीएको लार्भा नष्ट गरीएको जानकारी दिए ।

अध्यक्ष लिम्वुले स्थानीय सरकारले जनता सचेतना पु¥याउनु पर्नेमा त्यसो नगरेको गुनासो गरेका थिए । स्थानीय सरकारले डेङ्गु नियन्त्रणका लागि कुनै कार्यक्रमहरु ल्याउन नसकेको टिप्पणी गरेका थिए ।

शुक्रवार धरानका विभिन्न स्थानका अभियान गरीएको र यो अभियान पहिलो चरणमा ५ दिनसम्म संचालन गरीने र त्यसपछि आवस्यकताको आधारमा अरु कार्यक्रम संचालन गरीने लिम्वुले जानकारी दिएकाछन् ।

धरानमा ११ नं वडा र १७ नं वडामा सवैभन्दा वढी डेङ्गुका विरामीहरु रहेकाछन् ।

धरानमा पछिल्लो समय डेङ्गुका विरामहीहरु दैनिक रुपमा १ सयको हाराहारीमा अस्पताल आउने गरेकाछन् ।

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic