कम्युनिष्टहरु एक ठाउँ आउनुको विकल्प छैन–अध्यक्ष नेपाल

  • साउन ७, २०८०
  • २,८८२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,७ साउन नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्टहरु एक ठाउँमा आउनुको विकल्प नभएको वताएकाछन् ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको ४५औं स्मृति दिवसका अवसरमा आइतवार कीर्तिपुरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले सो कुरा वताएका हुन् ।

अध्यक्ष नेपालले सबै कम्युनिष्टहरु एक ठाउँमा आउनुको लागि सवै पक्षहरुले समयमै सोच्नुपर्नेमा जोडदिएका थिए ।

उनले बामपन्थि शक्तिहरु एक ठाउमा नुहदा गैरवामपन्थिहरुले फाइदा लिएको वताउदै सवै वाम एक ठाउमा आउनुको मुलुकको भविष्य सुनिश्चित हुनु भएको वताए ।

अहिले कम्यनिष्ट पार्टीहरु आफ्ना–आफ्ना पसल थापेर बसेको बताउँदै उनले मिल्न सक्ने, सहकार्य गर्न सक्नेहरुबीच सहकार्य र एकता गरेर भएपनि एकताको शुरुवात गर्नुपर्नेमा जोडदिएका थिए ।

नेपाली राजनीतिमा कम्युनिष्टहरुलाई जति मिलाउन सक्यो त्यत्ति धेरै शक्ति आर्जन गर्न सकिने दावी गर्दै जति धेरै विभाजित भयो त्यति धेरै नोक्शान हुने उनले बताए ।

कम्युनिष्ट पार्टीहरुलाई एकै ठाउँमा ल्याउन हरेस खान नहुने वताउदै एकता र सहकार्यका लागि आफू कुनै कसुर वाकी नराख्ने उल्लेख गरेका थिए ।

बामपन्थि एकताको लागि अध्यक्ष नेपालले विभिन्न समयमा कुरा उठाउदै आएकाछन् ।

 

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic