पार्टी एकता गर्न माओवादी केन्द्र नाम फेर्न तयार

  • असोज १, २०८०
  • १,७९६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
काठमाडौं,१ असोजःनेकपा (माओवादी केन्द्र) समान विचारधारा भएका कम्युनिस्ट घटकहरुसँग पार्टी एकताका लागि नाम फेर्न तयार भएको छ ।

लामो समयदेखि नेकपा ९माओवादी केन्द्र० ले माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी, विप्लव नेतृत्वको नेकपा, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीलगायतसँग एकताका लागि पहल गर्दै आएकोमा सबैलाई मिलाउने उद्देश्यका साथ आफ्नो पार्टीको नाम फेर्न तयार भएको हो ।

माओवादीको गत भदौ २५ गते बसेको केन्द्रीय कार्यालयको बैठकले यसबारे ठोस निर्णय नै गरेर मातहतका कमिटीमा सर्कुलर पठाएको छ ।

पार्टी अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङको हस्ताक्षरमा पठाइएको सर्कुलरमा एकतालाई सफल तुल्याउनका लागि नेपाल कम्युनिस्ट पार्टीको पछाडि कोष्ठमा रहेको माओवादी केन्द्र नाम हटाउन सकिने उल्लेख गरिएको छ । यसबारेमा आगामी महाधिवेशनमा छलफल गरेर ठोस निर्णय लिन सकिने पनि माओवादीको भनाइ छ ।

‘नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र अन्य कम्युनिस्ट घटकहरूसँग पार्टी एकताको विषयमा गम्भीर ढङ्गले वार्ता, संवाद र छलफल भइरहेको सन्दर्भमा पार्टी एकतालाई सफल तुल्याउनका लागि नेपाल कम्युनिस्ट पार्टीको पछाडि कोष्ठमा रहेको माओवादी केन्द्रको बारेमा आगामी महाधिवेशनमा छलफल गरी आवश्यक निर्णय गर्न सकिने छ’, माओवादीले भनेको छ ।

माओवादी केन्द्रले समान विचारधारा भएका कम्युनिस्ट घटकहरूसँग वार्ताका लागि उपाध्यक्ष कृष्णबहादुर महरालाई जिम्मेवारी दिएर एकताको पहल गर्दै आएको छ । गत साउन १७–२१ मा बसेको केन्द्रीय समिति बैठकले महरा नेतृत्वमा गठन भएको वार्ता समितिलाई अनुमोदन गरेको थियो ।

रातोपाटीबाट

बुढासुब्बा गोल्डकप माघ २२ देखि हुने

छाल खवर धरान,१ माघः धरानको प्रतिष्ठित प्रतियोगिताको २६औँ अन्तर्राष्ट्रिय आम ...

म कसैको अनुहार हेरेर कांग्रेस भएको होइन धरान नगर

छाल खवर धरान,३० पुष ः नेपाली कांग्रेसका धरान उपमहानगर समिति सभापति श्याम पो ...

प्राईम भिजन कलेजका अभिषेक श्रेष्ठलाई ‘एसियन भिजिनर

छाल खवर धरान, २९ मङ्सिर ः धरान–१२ स्थित प्राईम भिजन इन्टरनेसनल हस्पिट ...

कुलुङ समुदायलाई छुट्टै जातिको रुपमा सूचिकरण गर्न

छाल खवर धरान,२८पुषः नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान सङ्घका अध्यक्ष द ...

जन्मोत्सवमा एल.के. विहानीद्धारा बालबिकास केन्द्रल

छाल खवर धरान,२७ पुषः जन्म दिन मनाउने मानिसका विभिन्न तरीका हुन्छन् । कसैले ...

निर्झर’ ः भावना, प्रकृति र पहिचानको संगम ः धरानमा

छाल खवर धरान,२६ पुषः नेपाली समकालीन कवितामा नयाँ स्वर र संवेदनाको उपस्थिति ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic