शिक्षकहरुको माग सम्बोधन गर्न सरकारले प्रयत्नरतछः शिक्षामन्त्री

  • असोज २, २०८०
  • १,७४२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
काठमाडौँ,२ असोजः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले आन्दोलनरत शिक्षकको माग सम्बोधन गर्न सरकार प्रयत्नरत रहेको बताउनु भएको छ ।

राष्ट्रिय शिक्षा दिवसको अवसरमा मंगलवार आयोजित कार्यक्रममा बोल्दै शिक्षा मन्त्री राईले सो कुरा बताउनु भएको हो ।

मन्त्री राईले शिक्षक महासंघलाई वार्तामा आउन आह्वान गर्दै वार्तामार्फत गुनासो समेट्ने प्रयत्न गरिने बताउनु भयो । शिक्षकहरुको मागका सन्दर्भमा समस्याको निकास खोजिने उहाको भनाई रहेका थियो ।

राईले ऐन कानून बिना लोकतन्त्रको अभ्यास नहुने भन्दै संविधानको कार्यान्वयनका लागि शिक्षा ऐन पारित हुनुपर्ने बताउनु भयो ।

संविधान जारी भएको आठ वर्षसम्म पनि विद्यालय शिक्षा ऐन बन्न नसकेको भन्दै ढिलै भएपनि शिक्षा विधेयक संसदमा प्रवेश गरेको उहाको भनाई रहेको छ ।

आठ वर्षसम्म विद्यालय शिक्षा ऐन बन्न नसकेको विषयमा कारणहरु केलाउन तर्फ आफू जान नचाहेको उल्लेख गर्दै जुनसुकै कारणले आठ वर्षै ढिलो भएपनि ड्राफ्ट भएको २०७५ सालमा पाँच वर्षपछि विद्यालय शिक्षा ऐन विधेयकको रुपमा संसद्मा प्रवेश पाउने अवस्थामा पुगेको उहाको भनाई थियो ।

शिक्षक महासंघको गुनासो समेट्ने प्रयत्न गरिरहेको र वार्तामा बस्न अस्विकार गर्नुभएकोमा औपचारिक रुपमा लिखित रुपमा वार्तामा आउन आह्वान गरेको वताउनु भयो । सबै जिम्मेवारीपूर्वक अगाडी बढ्न जरुरी रहेको वताउनुभयो ।

हरेक कुराको समाधान वार्ता र संवादमार्फत हुने भएकोले वार्ताको विकल्प आन्दोलन नरोज्न समेत उहाले आग्रह गर्नुभएको छ ।

शिक्षा मन्त्रालयले आन्दोलनरत पक्षहरुलाई औपचारीक रुपमा वार्ताका लागी पत्र नै पठाई सकेको छ ।

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

बुढासुब्बा गोल्डकप माघ २२ देखि हुने

छाल खवर धरान,१ माघः धरानको प्रतिष्ठित प्रतियोगिताको २६औँ अन्तर्राष्ट्रिय आम ...

म कसैको अनुहार हेरेर कांग्रेस भएको होइन धरान नगर

छाल खवर धरान,३० पुष ः नेपाली कांग्रेसका धरान उपमहानगर समिति सभापति श्याम पो ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic