शिक्षकहरुको माग सम्बोधन गर्न सरकारले प्रयत्नरतछः शिक्षामन्त्री

  • असोज २, २०८०
  • १,७७९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
काठमाडौँ,२ असोजः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले आन्दोलनरत शिक्षकको माग सम्बोधन गर्न सरकार प्रयत्नरत रहेको बताउनु भएको छ ।

राष्ट्रिय शिक्षा दिवसको अवसरमा मंगलवार आयोजित कार्यक्रममा बोल्दै शिक्षा मन्त्री राईले सो कुरा बताउनु भएको हो ।

मन्त्री राईले शिक्षक महासंघलाई वार्तामा आउन आह्वान गर्दै वार्तामार्फत गुनासो समेट्ने प्रयत्न गरिने बताउनु भयो । शिक्षकहरुको मागका सन्दर्भमा समस्याको निकास खोजिने उहाको भनाई रहेका थियो ।

राईले ऐन कानून बिना लोकतन्त्रको अभ्यास नहुने भन्दै संविधानको कार्यान्वयनका लागि शिक्षा ऐन पारित हुनुपर्ने बताउनु भयो ।

संविधान जारी भएको आठ वर्षसम्म पनि विद्यालय शिक्षा ऐन बन्न नसकेको भन्दै ढिलै भएपनि शिक्षा विधेयक संसदमा प्रवेश गरेको उहाको भनाई रहेको छ ।

आठ वर्षसम्म विद्यालय शिक्षा ऐन बन्न नसकेको विषयमा कारणहरु केलाउन तर्फ आफू जान नचाहेको उल्लेख गर्दै जुनसुकै कारणले आठ वर्षै ढिलो भएपनि ड्राफ्ट भएको २०७५ सालमा पाँच वर्षपछि विद्यालय शिक्षा ऐन विधेयकको रुपमा संसद्मा प्रवेश पाउने अवस्थामा पुगेको उहाको भनाई थियो ।

शिक्षक महासंघको गुनासो समेट्ने प्रयत्न गरिरहेको र वार्तामा बस्न अस्विकार गर्नुभएकोमा औपचारिक रुपमा लिखित रुपमा वार्तामा आउन आह्वान गरेको वताउनु भयो । सबै जिम्मेवारीपूर्वक अगाडी बढ्न जरुरी रहेको वताउनुभयो ।

हरेक कुराको समाधान वार्ता र संवादमार्फत हुने भएकोले वार्ताको विकल्प आन्दोलन नरोज्न समेत उहाले आग्रह गर्नुभएको छ ।

शिक्षा मन्त्रालयले आन्दोलनरत पक्षहरुलाई औपचारीक रुपमा वार्ताका लागी पत्र नै पठाई सकेको छ ।

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic