इक्यान पुर्वाञ्चल अध्यक्षमा भिम बहादुर लिङ्थेपको उम्मेदवारी

  • पुस ४, २०८०
  • २,२०६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,४ पुषः नेपाल शैक्षिक परामर्श संघ (इक्यान) पुर्वाञ्चल अध्यक्षमा पारामाउन्ट ईन्टरनेशनल एजुकेसन प्राली प्रबन्ध निर्देशक भिम बहादुर लिङ्थेपले ईक्यान पूर्वाञ्चलमा उम्मेदवारी दावी गर्दै उम्मेदवारी घोषणा गरेका छ्न ।

शैक्षिक क्षेत्रलाई मर्यादित, सु सस्कृत र व्यवसायीमैत्री बनाउन क्रियाशिल एकमात्र सस्था नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) पुर्वान्चलमा अध्यक्षमा लिङ्थेपले उम्मेदवारी दावी गरेका छ्न ।

पूर्वी नेपालका शैक्षिक परामर्श व्यवसायीहरूका व्यवसायिक लागि प्राप्ति गर्न साथै इक्यान पुर्वाञ्चललाई अझ बलियो, परिस्कृत, प्रविधिमैत्री र व्यवसायीमैत्री बनाउनु ईक्यान पुर्वान्चलमा लिङ्थेपको उम्मेदवारी रहेको बताए ।

ईक्यान पुर्वाञ्चलमा हाल २४ सदस्य संस्था आबद्ध छन् भने केन्द्रीय तहमा हालसम्म २२० जना सदस्य रहेका छन्।
ईक्यान पुर्वाञ्चलमा पुर्वका २ जिल्ला सुनसरी र मोरङ आवद्ध रहेका छ्न ।

ईक्यान पुर्वाञ्चलको यहि पौष ९ गते, धरानको गजुर होटलमा निर्वाचन हुने भएको छ ।

सक्षम नेतृत्वबाट नै सस्था गतिशिल हुन्छ भने प्रतिबद्धताका साथ इक्यान पूर्वाञ्चलमा लिङ्थेपको अध्यक्षको पदमा बुधबार पत्रकार सम्मेलन आयोजना गरि उम्मेदवारी घोषणा गरेका छ्न ।

अध्यक्षका उम्मेदवार लिङथेप पारामाउन्ट ईन्टरनेशनल एजुकेसन प्राली प्रबन्ध निर्देशक साथै ईक्यान पुर्वाञ्चल तदर्थ समितिका सदस्य तथा सस्थापक सचिव समेत रहेका थिए ।

उनले शैक्षिक परामर्श व्यवसायमा रहि १५ बर्ष देखि मोफसलमा रहेर कार्य गरेको अनुभव रहेकोले सम्पूर्ण ईक्यान पुर्वाञ्चलमा सदस्य रहेका शैक्षिक परामर्शदाताहरुलाई अत्याधिक मत दिएर जिताउन आग्रह समेत गरेका थिए ।

अध्यक्षका उम्मेदवार लिङ्थेपको निम्न अनुसारका एजेण्डाहरु रहेका छ्न ।

१. ईक्यान पूर्वाञ्चललाई आर्थिक रूपमा सवल बनाउन विभिन्न कार्यक्रम गर्ने साथै पारदर्शी र सक्षम बनाउने
२.ईक्यान पूर्वाञ्चलको छुट्टै वेबसाईट बनाएर सञ्चालन गर्ने।
३. इक्यान पूर्वाञ्चलको सचिवालयलाई व्यवस्थित गर्ने र कर्मचारी नियुक्त गरी नियमित रूपमा कार्यालय सन्चालन गर्ने।
४.प्रत्येक ३र३ महिनाको क्यालेण्डर बनाई शैक्षिक परामर्श सेमिनार, वर्कसप र तालिमहरूजस्तै भ्याट तथा लेखा परीक्षण गर्ने आईएलटिस ,पिटिई तथा जापनीज भाषा बादी सन्चालन गरी व्यवसायीहरूलाई प्रविधिमैत्री बनाउन
५. विश्वका प्रतिष्ठित कलेज तथा विश्वविद्यालयहरूसँग शैक्षिक सहकार्य गरी डाइरेक्टर एजेन्सी दिलाउन प्रयास गर्ने ।
६. नयाँ शैक्षिक गन्तब्य देशहरू पहिल्याई उक्त देशमा रहेका अभिनन र युनिभर्सिटीहरू संग सहकार्य गर्न
७.विद्यमान शैक्षिक परामर्श ऐनलाई व्यवसायी मैत्री बनाउन इक्यान केन्द्रसँग सहकार्य गरी पहन गर्ने ।
८. शैक्षिक परामर्श व्यवसायीहरू विष व्यवसायीक हक अधिकार र समस्याहरूका बारेमा नियमित छलफल गरी समाधानको बाटो पहिल्याउन ।
९.नेपाल सरकार तथा सम्बन्धीत निकायसँग सहकार्य, मध्यस्तता गरी शैक्षिक परामर्श व्यवसायीका कानुनी तथा व्यवहारिक समस्याहरू हल गर्न लागि पर्ने ।
१०. इक्यानमा सदस्यहरूको सख्या वृद्धिमा जोड दिन
११.बैंक तथा वित्तीय संस्थासँग सहकार्य गरी सुलभ व्यावसाय कर्जाको लागि पहल गर्ने।
१२. इक्यान पूर्वान्चलको आफ्नै अक्षयकोष स्थापना गरी गरिब, जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्ने।
१३.शैक्षिक परामर्श व्यवसायीहरूको म्यादी जीवन बिमा गराउने सबै सम्पूर्ण कार्यरत कर्मचारीहरूका वार्षिक अभिलेख राख्ने ।
१४.इक्यानको केन्द्र तथा अन्य शाखाहरूसँग नियमित सहकार्य, समन्वय गर्ने गराउने ।
१५. इक्यान पूर्वाञ्चलको वार्षिक कार्यक्रम तयार पारेर सबैको अपनत्व हुनेगरी अगाडी बढ्ने ।

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

बुढासुब्बा गोल्डकप माघ २२ देखि हुने

छाल खवर धरान,१ माघः धरानको प्रतिष्ठित प्रतियोगिताको २६औँ अन्तर्राष्ट्रिय आम ...

म कसैको अनुहार हेरेर कांग्रेस भएको होइन धरान नगर

छाल खवर धरान,३० पुष ः नेपाली कांग्रेसका धरान उपमहानगर समिति सभापति श्याम पो ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic