मिडिया काउन्सिल विधेयक मार्फत न्यु मिडिया नियमन–मन्त्री शर्मा

  • पुस ७, २०८०
  • २,४७९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,७ पुषः सूचना तथा संचार प्रविधि मन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले मिडियालाई समय सापेक्षा वनाउदै लगिने नीति लिएको वताएकीछिन् ।

सञ्चार मन्त्री शर्माले नेपाल पत्रकार महासंघ सुनसरीको सभाहलमा शनिवार आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले सो कुरा वताएकी हुन् ।

पत्रकार भेटघाटमा वोल्दै शर्माले मिडिया काउन्सिल विधेयक मार्फत न्युमिडिया नियमन गर्ने नीति लिने बताईन ।
संचार क्षेत्रका समसामयिक विषयबारे पत्रकारका बीच बोल्दै मन्त्री शर्माले न्युमिडियालाई कानुनले चिन्नुपर्ने बताइन् ।

ुन्यु मिडिया पनि अनलाइन मिडियाका रुपमा विकास हुँदै गइरहेको छ, उनीहरुको पनि नियमन गर्ने, तिनीहरुलाई व्यवस्थापन गर्नु पर्ने जरुरी छ,ु मन्त्री शर्माले भनिन्, ुहाम्रा कानुनले उनीहरुलाई पनि चिन्नु पर्छ, यो पछिल्लो समयमा विकास भएको मिडिया हो, यसलाई मिडिया काउन्सिल विधेयकमा पनि समावेश गरिएको छ ।ु
प्रिन्ट मिडियाले डिजिटल मिडिया नचलाई एक्लै बाँच्न नसक्ने अवस्था रहेको भन्दै नयाँ प्रविधिको अङ्गिकार सबैले गर्नु पर्ने बताइन् ।

राज्यले कसरी संरक्षण गर्छ भन्ने एउटा पाटो भयो भने, अर्को सम्बन्धित मिडिया संचालकले पनि आफ्नो मिडिया सस्टेन्ड गर्न के गर्ने भन्ने विषय छ,ु मन्त्री शर्माले भनिन्, ुहाम्रा साप्ताहिक मिडिया, रेडियोलगायतका मिडियाले किन हेर्ने भन्ने विषयमा कन्टेन्टमा पनि विकास गर्नुपर्ने अवस्था छ ।

राज्य अलिकति आर्थिक सङ्कटको अवस्थामा रहेको बताउँदै मन्त्री शर्माले व्यापार, व्यवसाय र मिडिया क्षेत्र पनि सङ्कटको अवस्थामा पुगेको बताइन् । उनले मिडियालाई छुट दिने विषयमा सरकार अघि बढेकाले संचार क्षेत्रसँग सुझावको अपेक्षा गरिन् ।

मन्त्री शर्माले लोककल्याणकारी विज्ञापनका सन्दर्भमा समस्या पहिचान गर्ने बताइन् । जिल्लाका पत्रकारहरुले मन्त्री शर्मा समक्ष पत्रकार प्रज्ञा प्रतिष्ठान गठन गर्नु पर्ने मागसहित ज्ञापनपत्रसमेत बुझाएका छन् । भेटघाट कार्यक्रममा दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल लगायतको उपस्थिति थियो ।

पछिल्लो समय राजावादीहरु सल्बलाएको विषयमा मन्त्री शर्माले अहिले लोकतन्त्रमा सबैलाई बोल्ने छुट भएकाले राजावादीहरुले अहिले यही गणतन्त्रकै जगमा बसेर उचालेको बताइन ।

उहाँले लोकतन्त्रमा बोल्ने छुट भएको बताउदै संविधानभन्दा बाहिर बोल्ने, भ्रष्टार गर्ने कसैलाई छुट नहुने बताइन । उनले वर्तमान सरकारले जनताको पक्षमा काम गरिरहेको कारण जनताको विश्वास जितेको दावि गरे
संक्रमणकालीन न्यायको कुरालाई छिट्टै टुंटोमा पु¥याउने उनले बताइन ।

बुढासुब्बा गोल्डकप माघ २२ देखि हुने

छाल खवर धरान,१ माघः धरानको प्रतिष्ठित प्रतियोगिताको २६औँ अन्तर्राष्ट्रिय आम ...

म कसैको अनुहार हेरेर कांग्रेस भएको होइन धरान नगर

छाल खवर धरान,३० पुष ः नेपाली कांग्रेसका धरान उपमहानगर समिति सभापति श्याम पो ...

प्राईम भिजन कलेजका अभिषेक श्रेष्ठलाई ‘एसियन भिजिनर

छाल खवर धरान, २९ मङ्सिर ः धरान–१२ स्थित प्राईम भिजन इन्टरनेसनल हस्पिट ...

कुलुङ समुदायलाई छुट्टै जातिको रुपमा सूचिकरण गर्न

छाल खवर धरान,२८पुषः नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान सङ्घका अध्यक्ष द ...

जन्मोत्सवमा एल.के. विहानीद्धारा बालबिकास केन्द्रल

छाल खवर धरान,२७ पुषः जन्म दिन मनाउने मानिसका विभिन्न तरीका हुन्छन् । कसैले ...

निर्झर’ ः भावना, प्रकृति र पहिचानको संगम ः धरानमा

छाल खवर धरान,२६ पुषः नेपाली समकालीन कवितामा नयाँ स्वर र संवेदनाको उपस्थिति ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic