भारतीय पेन्सन वितरण कार्यालय धरानद्धारा ३ सय ४ पिन्ट रगत सङकलन

  • पुस २१, २०८०
  • २,०४५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२१ पुुषः भारतीय राजदुतावास पेन्शन वितरण कार्यालय धरान लक्ष्य भन्दा वढी रगत संकलन गर्न सफल वनेको छ ।

शनिवार आयोजना गरेको तेस्रो रक्तदान कार्यक्रममा ३ सय ४ पिन्ट रगत सङ्कलन गर्दै लक्ष्य भन्दा भन्दा वढी संकलन गर्न सफल वनेको हो ।

कार्यालयले यस वर्ष ३ सय पिन्ट रगत संकलन गर्ने लक्ष्य लिएको थियो ।

सोही अवसरमा बिराट मेडिकल कलेज शिक्षण अस्पतालको संयोजकत्वमा महिलाहरुको पाठेघर तथा स्तन क्यान्सरको स्वास्थ्य शिविर पनि आयोजना गरीएको थियो ।

EMBESHI PHOTO

आयोजकका अनुुसार शिविरमा १ सय ९२ महिलाहरुले स्वास्थ्य परिक्षण गरएका थिए ।

धरानका प्रभारी अधिकारी मेंजर भरत कनोजियाले रक्तदान कार्यक्रम विगत वर्षहरुमा पनि गरीदै आएकोमा यस वर्ष दुुईवटा कार्यक्रम थप गरीएको थियो ।

स्तन क्यान्सर र पाठेघर खस्ने सम्वन्धि शिविर समेत आयोजना गरीएको थियो । यस्ता सामाजिक कामहरु आगामि वर्ष पनि आयोजना गरीने मेजर कनोजियाको भनाई रहेको छ ।

HEALTH CAMP

कार्यक्रममा भारतीय भूतपूर्व सैनिक,नेपाल प्रहरी, नेपाली सेना, सशत्र प्रहरी बलका जवानहरु, होप धरान,रोटरी क्लब, लाइन्स क्लब, महिला भूपू समिती, महिला सञ्जाल धरान लगायतका विभिन्न संघ संस्थाको उपस्थिति रहेको थियो ।

 

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic