बिपीको का.मु उपकुलपति कार्कीलाई कालो मोसो दलेको आरोपमा ३ जना पक्राउ

  • माघ १६, २०८०
  • १,०२३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१६ माघः बिपी प्रतिष्ठानका कामु उपकुलपति प्रा.डा.प्रह्लाद कार्कीलाई कालोमोसो दलेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा मोहन वैद्य किरण नेतृत्वको भातृ संगठन निकट भीम बहादुर सार्की, शेर बहादुर कटुवाल, खेम थापा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी नवीन राज भण्डारीले मंगलबार दिउँसो कामु उपकुलपति कार्कीलाई कार्यालय परिसरमा कालोमोसो दल्ने प्रयास गर्ने ३ जनालाई पक्राउ गरिएको जानकारी दिएकाछन् ।

क्रान्तिकारी युवा संगठनका अध्यक्ष हरिस भट्टले फेसबुक स्ट्याटसमा ‘प्रतिष्ठानको समस्या समाधान गर्न चासो नदिएको, कर्मचारीहरूको बढुवा रोकेको, औषधि, मेशिन खरिद लगायतका खरिद प्रक्रियामा करोडौँ अनियमितता गरेको, निर्दोष कर्मचारीलाई षड्यन्त्र पूर्वक झुटा मुद्दा लगाएकाले कालो मोसो दलेको’ लेखेका छन् ।

कार्की कामु उपकुलपति भएर आएदेखि प्रतिष्ठानमा एकपछि अर्को गरेर आन्दोलन हुने गरेको छ । समस्या समाधानका लागि कार्कीले कुनै चासो देखाएका छैनन् ।

 

 

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic