प्रधानमन्त्री मेरो लागि प्रमुख विषय होइन ः माधवकुमार नेपाल

  • जेठ ३०, २०८१
  • ५३८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
काठमाडौं,३० जेठः प्रधानमन्त्री पदका लागि जे गर्न पनि तयार हुने नेताको लागि आरोप लाग्दै आएका नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफू प्रधानमन्त्री पदका लागि मरिहत्ते नगर्ने बताएका छन् ।

मंगलवार पोखरामा पत्रकार भेटमा कुरा गर्दै अध्यक्ष नेपालले ‘जनताको चाहना र अपेक्षालाई, राष्ट्रका मागलाई ध्यानमा राखेर चल्नुपर्छ भन्ने आफ्नो भावना रहेको उल्लेख गरेकाछन् ।

उनले प्रधानमन्त्री बन्छु कि बन्दिनँ भनेर २४ घन्टा त्यसमा सोचेर आफूले वस्ने नगरेको जिकिर समेत गरेकाछन् ।

जनताको हितलाई केन्द्रबिन्दुमा राखेर हिँडेकाले त्यसबारे आफूले नसोचेको जिकिर गरे ।
नेपालले यसअघि पनि आफू रहरले नभई परिस्थितिले प्रधामन्त्री बनेको सुनाए । ‘प्रधानमन्त्री मैले मागेको होइन, परिस्थितिले मेरो माग गर्‍यो ।

गिरिजाप्रसाद कोइरालाजीले मलाई अफर गर्नुभयो, नेपाली कांग्रेसले अफर गर्‍यो अनिमात्रै बनेको हो’,उनले स्मरण गराएका थिए ।

बुढासुब्बा गोल्डकप माघ २२ देखि हुने

छाल खवर धरान,१ माघः धरानको प्रतिष्ठित प्रतियोगिताको २६औँ अन्तर्राष्ट्रिय आम ...

म कसैको अनुहार हेरेर कांग्रेस भएको होइन धरान नगर

छाल खवर धरान,३० पुष ः नेपाली कांग्रेसका धरान उपमहानगर समिति सभापति श्याम पो ...

प्राईम भिजन कलेजका अभिषेक श्रेष्ठलाई ‘एसियन भिजिनर

छाल खवर धरान, २९ मङ्सिर ः धरान–१२ स्थित प्राईम भिजन इन्टरनेसनल हस्पिट ...

कुलुङ समुदायलाई छुट्टै जातिको रुपमा सूचिकरण गर्न

छाल खवर धरान,२८पुषः नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान सङ्घका अध्यक्ष द ...

जन्मोत्सवमा एल.के. विहानीद्धारा बालबिकास केन्द्रल

छाल खवर धरान,२७ पुषः जन्म दिन मनाउने मानिसका विभिन्न तरीका हुन्छन् । कसैले ...

निर्झर’ ः भावना, प्रकृति र पहिचानको संगम ः धरानमा

छाल खवर धरान,२६ पुषः नेपाली समकालीन कवितामा नयाँ स्वर र संवेदनाको उपस्थिति ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic