तालिम केन्द्रको शाखा कार्यालय उद्घाटनमा स्वास्थ्य शिविर

  • माघ १३, २०८१
  • ८,६०६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१२ माघः धरानमा महिला सीप विकास तालिम केन्द्रको शनिवारशाखा कार्यालय उद्घाटन भएको छ।

महिलाहरुलाई सीपमुलक तालिम दिएर आत्मनिर्भर बनाउने उद्देश्य रहेको तालिम केन्द्रको शाखा कार्यालय उद्घाटन भएको हो ।

लाङघाली चोकमा रहेको कार्यालयको कोशी प्रदेशसभा सदस्य मीना श्रेष्ठले रिबन काटेर उद्घाटन गरेकी थिइन् ।

HEALTH  CAMP copy इटहरीमा केन्द्रीय कार्यालय रहेको तालिम केन्द्रको पहिलो शाखा धरानमा विस्तार भएको संस्थापक एवं सञ्चालिका राधिका कार्कीले जानकारी दिइन् ।

महिलाहरुलाई आर्थिकरुपमा सवल सक्षम र आत्मनिर्भर बनाउन केन्द्रले विभिन्न सीपमुलक तालिमहरु दिदै आइरहेको संचालिका कार्कीको भनाई रहेको छ ।

केन्द्रले आत्मनिर्भर हुनका लागि महिलाहरु स्वास्थ्य हुनुका साथै शिक्षामा पनि सक्षम हुनु पर्दछ भन्ने उदेश्यका साथ शिक्षा र स्वास्थ्यमा पनि कार्य गर्दै आएको छ ।

प्रमुख अतिथि प्रदेश सांसद श्रेष्ठले केन्द्रले महिलाहरुलाई उद्यमशील बनाउने अपेक्षा रहेको वताउदै आफ्नो घरपरिवारलाई व्यवस्थापन गर्दे सामाजिक कार्यमा महिलाहरु अघि बढ्नुपर्ने मा जोड दिएकी थिइन् ।

महिलाहरुले पहिला आफ्नो घर, परिवारलाई व्यवस्थित गर्दै समाजमा बाहिर आउनुपर्ने र महिलाहरुको भोगाई बाहिरबाट देखेजस्तो नहुने श्रेष्ठले वताइन् ।

केन्द्रको धरान संचालक सुनिता श्रेष्ठलाई सांसद श्रेष्ठले आफ्नो तहबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेकी थिइन ।

सो अवसरमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा.समिक्षा पौडेल र डा.अस्मिता श्रेष्ठले स्तन क्यान्सर र पाठेघर क्यान्सर सम्बन्धी सचेतनामुलक जानकारी गराएका थिए ।

आगामी दिनहरुमा पनि संस्थाले विभिन्न सामाजिक कार्यहरु गर्दै जाने धरान शाखा संचालक सुनिता श्रेष्ठले वताइन ।

 

 

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic