तालिम केन्द्रको शाखा कार्यालय उद्घाटनमा स्वास्थ्य शिविर

  • माघ १३, २०८१
  • ८,४९८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१२ माघः धरानमा महिला सीप विकास तालिम केन्द्रको शनिवारशाखा कार्यालय उद्घाटन भएको छ।

महिलाहरुलाई सीपमुलक तालिम दिएर आत्मनिर्भर बनाउने उद्देश्य रहेको तालिम केन्द्रको शाखा कार्यालय उद्घाटन भएको हो ।

लाङघाली चोकमा रहेको कार्यालयको कोशी प्रदेशसभा सदस्य मीना श्रेष्ठले रिबन काटेर उद्घाटन गरेकी थिइन् ।

HEALTH  CAMP copy इटहरीमा केन्द्रीय कार्यालय रहेको तालिम केन्द्रको पहिलो शाखा धरानमा विस्तार भएको संस्थापक एवं सञ्चालिका राधिका कार्कीले जानकारी दिइन् ।

महिलाहरुलाई आर्थिकरुपमा सवल सक्षम र आत्मनिर्भर बनाउन केन्द्रले विभिन्न सीपमुलक तालिमहरु दिदै आइरहेको संचालिका कार्कीको भनाई रहेको छ ।

केन्द्रले आत्मनिर्भर हुनका लागि महिलाहरु स्वास्थ्य हुनुका साथै शिक्षामा पनि सक्षम हुनु पर्दछ भन्ने उदेश्यका साथ शिक्षा र स्वास्थ्यमा पनि कार्य गर्दै आएको छ ।

प्रमुख अतिथि प्रदेश सांसद श्रेष्ठले केन्द्रले महिलाहरुलाई उद्यमशील बनाउने अपेक्षा रहेको वताउदै आफ्नो घरपरिवारलाई व्यवस्थापन गर्दे सामाजिक कार्यमा महिलाहरु अघि बढ्नुपर्ने मा जोड दिएकी थिइन् ।

महिलाहरुले पहिला आफ्नो घर, परिवारलाई व्यवस्थित गर्दै समाजमा बाहिर आउनुपर्ने र महिलाहरुको भोगाई बाहिरबाट देखेजस्तो नहुने श्रेष्ठले वताइन् ।

केन्द्रको धरान संचालक सुनिता श्रेष्ठलाई सांसद श्रेष्ठले आफ्नो तहबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेकी थिइन ।

सो अवसरमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा.समिक्षा पौडेल र डा.अस्मिता श्रेष्ठले स्तन क्यान्सर र पाठेघर क्यान्सर सम्बन्धी सचेतनामुलक जानकारी गराएका थिए ।

आगामी दिनहरुमा पनि संस्थाले विभिन्न सामाजिक कार्यहरु गर्दै जाने धरान शाखा संचालक सुनिता श्रेष्ठले वताइन ।

 

 

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

बुढासुब्बा गोल्डकप माघ २२ देखि हुने

छाल खवर धरान,१ माघः धरानको प्रतिष्ठित प्रतियोगिताको २६औँ अन्तर्राष्ट्रिय आम ...

म कसैको अनुहार हेरेर कांग्रेस भएको होइन धरान नगर

छाल खवर धरान,३० पुष ः नेपाली कांग्रेसका धरान उपमहानगर समिति सभापति श्याम पो ...

प्राईम भिजन कलेजका अभिषेक श्रेष्ठलाई ‘एसियन भिजिनर

छाल खवर धरान, २९ मङ्सिर ः धरान–१२ स्थित प्राईम भिजन इन्टरनेसनल हस्पिट ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic