जरामा खट्ने अभियन्ताहरुलाई एमालेले अभिमुखिकरण गर्ने

  • फागुन ४, २०८१
  • ४१२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,४फागुनः नेकपा एमाले इटहरीले जरा अभियानमा खटिने नेता कार्यकर्ताहरुलाई अभिमुखीकरण गर्ने भएको छ ।

आगामी निर्वाचनहरु मार्फत देशको निर्णायक राष्ट्रिय शक्ति निर्माणका लागि नेकपा (एमाले) ले सञ्चालन गरिरहेको तीनमहिने जरा केन्द्रीत अभियानमा परिचालन गर्ने पार्टीका नेता कार्यकर्ताहरुलाई अभिमुखिकरण गर्ने भएको हो ।

आइतवार (आइतबार) इटहरीस्थित लायन्स क्ल्ब इटहरीको सभाहलमा जिल्लाभरीका करिव १ हजार २ सय अभियन्ताहरुलाई राखेर अभिमुखिकरण गर्न एमाले उपमहासचिव प्रदिप ज्ञवालीले उद्घाटन गरिसक्नुभएको एमाले कोशी प्रदेश सदस्य तथा प्रचार विभाग उपप्रमुख भीमज्वाला राईले जानकारी गराउनुभयो ।

प्रमुख प्रशिक्षकका रुपमा अभिमुखिकरण गर्नुहुने ज्ञवालीसंगै कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज शेरधन राई, पार्टी केन्द्रीय सदस्य जगदिश कुसियतले समेत विचार प्रस्तुत गर्नुहुने कार्यक्रम रहेकोछ ।

कार्यक्रम अपरान्ह साढे १२ बजेबाट सुरु भएको छ, अभिमुखिकरण ३ घण्टा सञ्चालन हुनेछ ।

मुख्यगरी अबको २५ वर्षमा पार्टी सय वर्ष पुग्नेछ त्यसबेला नेपाललाई समृद्ध बनाउने र त्यसका लागि अब आउने २०८४ लगायतका तीन तहकै सरकारमा एमालेको बहुमत सरकार बनाउने र एमालेलाई राष्ट्रिय शक्तिका रुपमा निर्माण गर्ने पार्टीको गत २०८१ बैशाख ८ देखि १० गतेसम्म सम्पन्न प्रतिनिधि परिषद् बैठकका दुई निष्कर्षहरुलाई कार्यान्वयन गर्न यतिवेला एमाले जरा अभियानमा केन्द्रित रहेको छ 

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic