बहुमतको बलमा पेल्न खोजे विष्फोट हुन सक्छ ः अध्यक्ष उपेन्द्र यादव

  • वैशाख २०, २०८२
  • ६८६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२० वैशाखः पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कुनैपनि परिवर्तन जनताको बलमा मात्र भएको वताएकाछन् ।

जनता समाजवादी पार्टी (जसपा) नेपालले धरानमा शनिबार कोशी नाम र केबलकार खारेजी तथा पहिचानको आन्दोलनको कार्यदिशा विषयक गोष्ठीमा बोल्दै अध्यक्ष यादवले सो कुरा बताएका हुन् ।

शक्ति र बहुमतको बलमा जवरजस्त पेल्न खोजे जनताको आवज सामान्य र कमजोर छ भन्नेलाई भोली तेहि आवाजले विस्फोट हुदा खरानी वनाइदिने चेतावनि समेत दिएकाछन् ।

JASAPA NEWS PHOTO = 2 कोशी नामलाई खारेज गरी ऐतिहासिक पृष्ठभूमि र पहिचानलाई समेत सम्बोधन हुने गरी पुनःनामकरण यात्रा अगाडी बढने अध्यक्ष यादवको दावी रहेको छ ।

प्रदेश नामाकरण कुनै खोला,नाला कुल कुलेसोको आधारमा नामाकरण गर्नु नहुने बताए ।

पहिचान विनाको मानव सभ्यता र समुदाय नहुने तर्क गर्दै तर्क गर्दै नेकपा एमाले र कांग्रेसले पहिचान मेटाउने प्रयास गरेको आरोप समेत लगाएका थिए ।

अव्यवहारीक र अवैज्ञानिक नामाकरण र सिमाङकनलाई पुनःसंरचना आयोगले संरचनाको आधारमा नामाकरण र सिमाङकन गर्ने दावी समेत अध्यक्ष यादवले गरेकाछन् ।

यादवले प्रदेश नामाकरण मात्र होईन ७ वटै प्रदेशको सिमाङकन समेत गलत भएको जिकिर समेत गरेकाछन् ।
यादवले केवलकार निर्माण गरेर मुक्कुलुमको पहिचान मेटाउनु हुदैन भन्ने आफ्नो पार्टीको धारणा रहेको वताउदै केबलकार निर्माण गरे आन्दोलनको विगुल जसपाबाट अझै सशक्त्त हुने चेतावनि समेत दिएकाछन् ।

कोशी नाम र केबलकार खारेज तथा पहिचान कार्यदिशा बिषयक विचार गोष्ठीले पहिचान प्रतिनिधित्व र सामाजीक न्यायको आन्दोलनको बल दिदै बाटो दर्शाउने यादवको भनाई रहेको छ ।

गोष्ठीका अर्का व्यक्ता खगेन्द्र संग्रौलाले प्रदेश पुन नामाकरण गर्न बहुमत हुनु पर्ने बताए ।

संग्रौलाले कोशी नामाकरण खारेजी गर्न कि ठुलै मानव सागरको आन्दोलन भए मात्र कोशी नामाकरण खारेज हुने नत्र २०८४ मा पार्टीले बहुमत ल्याएमात्र सम्भव हुने स्पष्ट पारेका थिए ।

यादवले पहिचानवादी शक्ति एक ठाउमा उभिएर बुहमत ल्याउन आवश्यक रहेको वताए । पार्टीका सह–अध्यक्ष रकम चेम्जोङले १ नं प्रदेश पुनः नामाङ्कन नभएसम्म आन्दोलन जारी रहने वताए ।

गोष्ठीमा वक्ताहरु पहिचानवादी नेता, लेखक तथा अभियन्ताहरु रहेका थिए । कार्यक्रम सञ्चालन जसपा नेपालका धरान अध्यक्ष ताजुव लिम्बुले गरेका थिए ।

बुढासुब्बा गोल्डकप माघ २२ देखि हुने

छाल खवर धरान,१ माघः धरानको प्रतिष्ठित प्रतियोगिताको २६औँ अन्तर्राष्ट्रिय आम ...

म कसैको अनुहार हेरेर कांग्रेस भएको होइन धरान नगर

छाल खवर धरान,३० पुष ः नेपाली कांग्रेसका धरान उपमहानगर समिति सभापति श्याम पो ...

प्राईम भिजन कलेजका अभिषेक श्रेष्ठलाई ‘एसियन भिजिनर

छाल खवर धरान, २९ मङ्सिर ः धरान–१२ स्थित प्राईम भिजन इन्टरनेसनल हस्पिट ...

कुलुङ समुदायलाई छुट्टै जातिको रुपमा सूचिकरण गर्न

छाल खवर धरान,२८पुषः नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान सङ्घका अध्यक्ष द ...

जन्मोत्सवमा एल.के. विहानीद्धारा बालबिकास केन्द्रल

छाल खवर धरान,२७ पुषः जन्म दिन मनाउने मानिसका विभिन्न तरीका हुन्छन् । कसैले ...

निर्झर’ ः भावना, प्रकृति र पहिचानको संगम ः धरानमा

छाल खवर धरान,२६ पुषः नेपाली समकालीन कवितामा नयाँ स्वर र संवेदनाको उपस्थिति ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic