सुच्चा राईद्धारा साकेला पर्वको अवसरमा स्वास्थ्य शिविर

  • जेठ ४, २०८२
  • २,०५० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,४ जेठः सुच्चा राई कल्याण समाजले साकेला उभौली पर्वको अवसरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

राई समुदायभित्रको एक विशेष शाखा किरात सुच्चा राईले पञ्चमी तिथिमा पितृको सम्झनामा थान पूजा गरी धार्मिक विधिअनुसार पर्व मनाउदै सो अवसरमा स्वास्थ्य शिविर सम्पन्न गरेको हो ।

धरान–११ मा रहेको सुच्चा राई कल्याण समाजको भवन परिसरमा सामूहिक पूजा आयोजना गर्दै आफ्ना सुच्चा पितृलाई सम्झेका थिए ।

सुच्चा राई कल्याणकारी समाजको संयोजनमा तथा धरान सिटी हस्पिटलको प्राविधिक सहकार्यमा एकदिने निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरिएको थियो ।

SUCHA RAI NEWS PHOTO = 2 शिविरमा सुगर, प्रेसर, थाइराइड, बालरोग र स्त्रीरोग सम्बन्धी जाँच तथा निशुल्क औषधि वितरण गरिएको थियो । शिविरबाट करिव १सय जनाले स्वास्थ्य सेवाको लाभ लिएका थिए ।

ढुगा र रुखको थानमा ‘होमेबाजे’ ९पुजारी बाजे० द्वारा विधिपूर्वक पूजाआजा गरि २ सय भन्दा बढी कुखुराको बलि दिदै आफ्ना पितृहरुलाई सम्झदै पुजा गरेका हुन् । धरान लगायत विभिन्न जिल्लाका करिब ३ सय ८० जना सुच्चा राई परिवारको उपस्थिति रहेको थियो ।

जमिन्दार र जमिन्दार्नीलाई पुकारेर बाली–नाली सप्रियोस् भनी कामना गर्ने परम्परागत विधिहरू पालना गर्दै आर्शिवाद लिएको समाजका उपाध्यक्ष विनोश राईले जानकारी दिए ।

धरानमा सुच्चा राईका करिब २ सय घरधुरी रहेको छ भने नेपालभर करिब ५ हजार घरपरिवार रहेको समाजका उपाध्यक्ष विनोश राईको भनाई रहेको छ ।

कार्यक्रममा कोशी प्रदेश सभा सदस्यद्वय रमेश कुमार बस्नेत, र विजय कुमार राई लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको संचालन समाजका अध्यक्ष बिनोद राईले संचालन गरेका थिए

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic