दाङमा मतदाता नामावली दर्ता गराउनेको भीड

  • असोज २१, २०८२
  • ७०२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२१ असोजः सरकारले फागुन २१ गतेका लागि घोषणा गरेको निर्वाचनका लागि दाङमा मतदाता नामावलीमा नाम दर्ता गराउनेको भीड बढेको छ।

नयाँ नियम जारी भएसँगै मतदाता नामावलीमा नाम दर्ता गराउनेको संख्या बढेको हो ।

सरकारले मतदातासम्वन्धी नयाँ नियम जारी गरेसँगै मतदाता नामावलीमा नाम दर्ता गराउन आउनेको सङ्ख्यामा वृद्धि हुन थालेको घोराहीमा रहेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए ।

दसैँअघि दुई दिन र सोमबार पहिलो दिन गरी एक सय ३३ जना नयाँ मतादाता थपिएको कार्यालयले जनाएको छ ।

एक सय ६३ जनाले नयाँ मतदाता नामावलीमा नाम दर्ता गराउन अग्रिम फारम भरेको र बायोमेट्रिक बाँकी रहेको पनि कार्यालयको भनाइ छ ।

मतदाता नामवली दर्तालाई पालिकास्तरमा बढाउन सके जिल्लामा उल्लेख्य मात्रामा नयाँ मतदाता थपिने कार्यालयका सूचना अधिकारी कुँवरले बताए ।

पालिकास्तरमा मतदाता नामावली दर्ता सङ्कलनको माग गरेका कारण २०७९ को दाङमा निर्वाचनमा ५४ हजार नयाँ मतदाता थपिएका थिए ।

गत २०७९ को निर्वाचनमा दाङ क्षेत्र नम्बर १ बाट एक लाख ३४ हजार सात सय ३३ क्षेत्र नम्बर २ बाट एक लाख ३३ हजार सात सय ४८ र क्षेत्र नम्बर ३ बाट एक लाख ४६ हजार चार सय ७५ गरी कूल चार लाख १४ हजार नौ सय ५६ मतदाता रहेका थिए ।

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic