जन्मोत्सवमा एल.के. विहानीद्धारा बालबिकास केन्द्रलाई सहयोग

  • पुस २७, २०८२
  • ५७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२७ पुषः जन्म दिन मनाउने मानिसका विभिन्न तरीका हुन्छन् । कसैले महंगो होटलमा पार्टी गरेर मनाउछन् भने कसैले फरक तरीकाले मनाउछन् तर धरानका युवा व्यवसायी तथा सामाजिक व्यक्तित्व लक्ष्मी कान्त विहानी (एल.के) ले भने फरक तरीकाले आफ्नो जन्म दिन मनाएकाछन् ।

विहानीले आफ्नो जन्म दिन धरान १५ काठेपुल नजिक रहेको सिलाम साक्मा बालविकास केन्द्रका नानीहरुसँग मनाएकाछन् ।

BALBIKASH NEWS PHOTO = 2 विहानीले जन्म दिनमा अवसरमा वालविकास केन्द्रका नानीहरुका लागि खाद्यान्न काठको ४ वटा कुर्सि, पुस्तक राख्ने ¥याग १ थान, किचनका लागि १ थान टेवल, फिल्टर र खाद्यान्न गरी करिव ३० हजार वरावरको गरेकाछन् ।

आफूले विगत वर्षदेखि नै जन्म दिनको अवसरमा काही न काही सहयोग गर्दै आएको र यस पटक बाल विकास केन्द्रलाई सहयोग गर्न पाउदा ज्यादै खुशी लागेको बताए ।उनले आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता जनाएकाछन् ।

बाल विकास केन्द्रका संरक्षक तथा शिवगंगा टोल विकास संस्थाका अध्यक्ष रत्न कुमार नेम्वाङले सहयोगप्रति धन्यवाद ज्ञापन गरेका थिए ।

धरान राउण्ड टेवल २६ का अध्यक्ष सुमित अग्रवाल लगायतका पदाधिकारीहरुको सहभागिता रहेको थियो । राउण्ड टेवलले साना सानीहरुका लागि जुत्ता सहयोग गरेको थियो । सवैको सानो सानो सहयोगबाट नै केन्द्रलाई समृद्ध वनाउन सकिन वताउदै सहयोगी दाताहरुलाई सहयोग गर्न आग्रह गरेकाछन् । यसै शैक्षिक शत्रबाट शुरु भएको बाल विकास केन्दमा हाल २५ जना नानीहरु रहेकाछन् ।

केन्द्रका संरक्षक गंगाराम राईले सहयोगी दाताहरुमा सहयोग गर्न आग्रह गरेकाछन् ।

 

 

 

 

 

 

निर्झर’ ः भावना, प्रकृति र पहिचानको संगम ः धरानमा

छाल खवर धरान,२६ पुषः नेपाली समकालीन कवितामा नयाँ स्वर र संवेदनाको उपस्थिति ...

युरेका स्कुलद्धारा पूर्व विद्यार्थीहरुलाई सम्मान

छाल खवर धरान,२२ पुषः युरेका रेसिडेन्सियल सेकेन्डरी स्कुल धरानले ३२औँ स्थापन ...

डिआइजिपी कपको उपाधी पुलिस स्कुललाई

छाल खवर धरान,२० पुषः सातौं कोशी प्रदेशस्तरीय अन्तर विद्यालय डिआइजिपी रनिङ फ ...

भेडेटार फुड फेस्टिभल शुरु ७० हजार पर्यटक भित्र्याउ

छाल खवर धरान,१६पुषः होटल एशोसियसन भेडेटारले आयोजना गरेको तीन दिने फुड ...

चिसो र शीतलहरका कारण धरानका विद्यालय तीन दिन बिदा

छाल खवर धरान,१६पुषः धरान उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालित सम्पूर्ण सामु ...

नेपाल पुलिस स्कुल (रातो) सिद्धार्थ सेकेण्डरी सेमि

छाल खवर धरान,१४ पुषः नेपाल पुलिस स्कुल रातो र सिद्धार्थ सेकेण्डरी स्कुल, सु ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic