कुलुङ समुदायलाई छुट्टै जातिको रुपमा सूचिकरण गर्न माग

  • पुस २८, २०८२
  • २,६४६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२८पुषः नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान सङ्घका अध्यक्ष दौलथ कुलुङले कुलुङ समुदायलाई जातिको रुपमा सुचिकरण गर्न माग गरेकाछन् ।

संघको धरानमा सम्पन्न अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुको पत्रकार सम्मेलनमा वोल्दै कुलुङले सो कुरा वताएका हुन ।

सोमबार धरान–१५ स्थित हिबिस्कस इङलिस बोर्डिङ स्कुलको सभा कक्षमा पत्रकार सम्मेलनमा उनले सवै समुदायको भावनालाई सम्मान गर्दै आफ्नो अधिकारको लागि लडने वताए ।

सङ्घको छैटौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित रहेका अध्यक्ष कुलुङले मौलिक भाषा, संस्कृतिको संरक्षण नगरे देश सांस्कृतिक रूपमा विघटन तर्फ जान सक्ने बताउदै त्यसको संरक्षण अपरिहार्य रहेको बताए।

उनले कुलुङ समुदायको आफ्नै भाषा, संस्कार, संस्कृति र इतिहास रहेकाले राज्यले छुट्टै जातिको रूपमा सूचिकरण गर्नुपर्नेमा जोड दिएका थिए ।

अध्यक्ष कुलुङले छुट्टै जातिको रूपमा मान्यता पाउनका लागि आवश्यक आधार भनेको आफ्नो भाषा, संस्कार र संस्कृति भएको र त्यो सवै आधार कुलुङ समुदायसँग भएको दावी समेत गरेकाछन् ।

उनले २०६६ सालमा नै सुचिकरणका लागि सिफारीस भएपनि हालसम्म राज्यले वेवास्ता गरेको गुनासो गरेकाछन् ।

संघीय सरकारले आफ्नो जाति र समुदायको माग वेवास्त गरेपनि स्थानीय सरकारबाट भने सूचिकरणको शुरुवात भएको वताउदै संखुवासभाको साल्पासिलिचुङलगायत विभिन्न जिल्लाका सात स्थानीय तहमा कुलुङ जाति सूचिकृत भइसकेको जानकारी दिए ।

सङ्घीय सरकारसमक्ष आफ्ना माग राखिएको र सरकार सकारात्मक देखिए पनि अहिलेसम्म माग कार्यान्वयन नभएको उनको भनाई रहेको छ ।

यसैगरी सङ्घका महासचिव दिपेन्द्र कुमार थोरेप्पाले कुलुङले समुदाय शान्ति, अहिंसा र मानव अधिकारको रक्षाको पक्षमा रहेको उल्लेख गर्दै लोकतान्त्रिक मूल्य मान्ने सबै पक्षलाई कुलुङ सङ्घको अभियानमा साथ दिन आग्रह गरेका छन् ।

जनसंख्याका आधारमा कुलुङ जाति र थर

पत्रकार सम्मेलनमा दिएको जानकारी अुनसार कुलुङ जातिका जनसंख्या १ लाख ६० हजार भन्दा बढि र २६० भन्दा बढी थर रहेकाछन् ।

आफ्नै मातृभाषाले सम्पन्न कुलुङ समुदायको बाक्लो बसोवास सोलुखुम्बुको महाकुलुङ र सोताङ गाउँपालिकामा रहेको छ । यस बाहेक संखुवासभा, भोजपुर, सुनसरी, ईलाम, झापा, सुनसरी, मोरङ, तेहर्‍थुम, चितवन, धनकुटा, ताप्लेजुङ, पाँचथर, उदयपुर, सिराहा, कास्की, खोटाङ, काठमाण्डौ, ललितपुर, भक्तपुर, मुस्ताङ र धनुषा लगायतमा समेत रहेको छ ।

छुट्टै संस्कार, संस्कृति, रितिरिवाज र भेषभुषाले सुसज्जित कुलुङ समुदायको २०६८ को जनगणना अनुसार २८ हजार ६ सय ३१ र ३३ हजार १७० रहेको छ ।

त्यसैगरी २०७८ को १२ औं राष्ट्रिय जनगणनामा कुलुङ जातिको जनसंख्या ३३ हजार ३८८ र कुलुङ मातृभाषीको संख्या ३७ हजार ९१२ र आफ्नो पूर्खाको भाषा ‘कुलुङ’ भनी लेखाउनेको संख्या ४० हजार ४७९ रहेको छ । तर आन्तरिक जनगणना अनुसार कुलुङ जातिको जनसंख्या एक लाख ६० हजारभन्दा पनि बढी संख्यामा रहेको दावी गरिएको छ ।

२ सय ६० वटाभन्दा बढी कुलुङ समुदायभित्र थर उपथरहरु रहेका छन् । यसैगरी उनीहरुको भाषामा २१ वटा व्यन्जन वर्ण र १२ वटा स्वर वर्ण पहिचान गरिएको महासचिव कुलुङले जानकारी दिएकाछन् ।

अधिवेशनबाट दौलथ कुलुङको अध्यक्षतामा ३१ सदस्यीय समिति चयन

पुस २६ र २७ गते धरानमा सम्पन्न नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान सङ्घको छैटौँ राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत रूपमा दौलथ कुलुङको अध्यक्षतामा ३१ सदस्यीय केन्द्रीय समिति चयन भएको छ।

समितिको वरिष्ठ उपाध्यक्षमा लाकपद सोम्फोरु चयन भएका छन् भने उपाध्यक्षहरूमा राम बहादुर कुलुङ, अजय अलङ्कार कुलुङ र सम्झना बान्तवा कुलुङ रहेका छन्।

महासचिवमा दिपेन्द्र कुमार थोरेप्पा, सचिवहरूमा सम्योगान्त कुलुङ, प्रदिप होङेलु र यमकला कुलुङ चयन भएका छन्।

कोषाध्यक्षमा डिल्ली कुमारी कुलुङ र सह–कोषाध्यक्षमा कमान सिंह कुलुङ चयन भएका छन्।

त्यस्तै सदस्यहरूमा गङ्गाराम कुलुङ,चन्द्रलाल कुलुङ, जयनारायन कुलुङ, हरि कुमार दावार कुलुङ, होम बहादुर कुलुङ, प्रेम कुलुङ, सीता बालाखाम कुलुङ, भीम बहादुर कुलुङ, सन्देस कुलुङ, दिलमाया कुलुङ, सुबास कुलुङ, टंक राज कुलुङ, हेमराज थिम्रा कुलुङ र भगत कुमार गदोहो कुलुङ रहेका छन्।

टोल टोलबाट जनतालाई उत्साहित गर्दै सुनसरी १ मा एमाल

छाल खवर धरान,१८ फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ निर्वाचन परिचालन स ...

सुकुम्बासी समस्या समाधान पहिलो प्राथमिकता हो उम्मे

छाल खवर धरान,१७ फागुन ः नेपाली कम्युनिष्ट पार्टी सुनसरी क्षेत्र नं. १ प्रति ...

पत्रमार्फत सुझाव दिन मनोज भट्टराईको युवालाई आह्वा

छाल खवर धरान,१६ फागुन ः नेपाली कम्युनिस्ट पार्टीबाट सुनसरी क्षेत्र नम्बर १ ...

सुनसरी–१ मा एमालेको इतिहास दोहोरिने नेताहरुको  दाव

छाल खवर धरान,१६ फागुन ःनेकपा एमालेले सुनसरी क्षेत्र नं.१ मा आफ्नो पार्टीले ...

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल य

छाल खवर धरान,१५ फागुनः सुनसरी क्षेत्र नम्बर १ मा आगामी फागुन २१ गते हुन गइर ...

वि लभ यु फाउण्डेशनद्धारा १ सय पिन्ट रगत संकलन

छाल खवर धरान,१४ फागुन ः वी लभ यु फाउण्डेशनले ८८२ औं विश्वव्यापि रक्तदान कार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic