छाल खवर
धरान,३० पुष ः नेपाली कांग्रेसका धरान उपमहानगर समिति सभापति श्याम पोख्रेलले चारतारे झण्डा जहा हुन्छ आफु त्यही रहने वताएकाछन् ।
उनले विशेष महाधिवेशनबाट पार्टी फुटन लागेको चर्चा चलिरहेको सन्दर्भमा प्रतिक्रिया दिदै आफू कांग्रेसको झण्डा र चुनाव चिन्ह र लागेकोले आफू त्यसैको पक्षमा रहने वताएका हुन् ।
काठमाडौमा पुष २७ गतेदेखि जारी विशेष महाधिवेशनले नेतृत्व चयन गरेपछि विवाद उत्पन्न भएको छ ।
विशेष महाधिवेशनमा धरानबाट ८० प्रतिशत प्रतिनिधि सहभागी भएको दावी आयोजकले दावी गरेपनि पोख्रेल भने सहभागी भएका छैनन् ।
उनले आफु कसैको मुख हेरेर कांग्रेस नभएको वताउदै उनले चारतारा र रुख चुनाव चिन्ह भएको कांग्रेसको पक्षमा स्पष्ट उभिने वताएकाछन् ।
उनले जो सुकैले गरेपनि पार्टी विभाजनको पक्षमा आफू नरहेको उनले स्पष्ट पारेकाछन् ।तर उनी सभापति भएको क्षेत्रबाट भने वहुसंख्यक महाधिवेशन प्रतिनिधि सहभागी भएकाछन् ।
विेशष महाधिवेशन आयोजक महामन्त्रद्धयी गगन थापा,विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्ला मन्सुरलाई संस्थापन पक्षले साधारण सदस्य समेत नरहने गरी कार्वाही गरेको निर्णय सुनाएको छ ।
Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved
Website By : Hash Tech Logic