म कसैको अनुहार हेरेर कांग्रेस भएको होइन धरान नगर सभापति श्याम पोख्रेल

  • पुस ३०, २०८२
  • १,५६९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३० पुष ः नेपाली कांग्रेसका धरान उपमहानगर समिति सभापति श्याम पोख्रेलले चारतारे झण्डा जहा हुन्छ आफु त्यही रहने वताएकाछन् ।

उनले विशेष महाधिवेशनबाट पार्टी फुटन लागेको चर्चा चलिरहेको सन्दर्भमा प्रतिक्रिया दिदै आफू कांग्रेसको झण्डा र चुनाव चिन्ह र लागेकोले आफू त्यसैको पक्षमा रहने वताएका हुन् ।

काठमाडौमा पुष २७ गतेदेखि जारी विशेष महाधिवेशनले नेतृत्व चयन गरेपछि विवाद उत्पन्न भएको छ ।

विशेष महाधिवेशनमा धरानबाट ८० प्रतिशत प्रतिनिधि सहभागी भएको दावी आयोजकले दावी गरेपनि पोख्रेल भने सहभागी भएका छैनन् ।

उनले आफु कसैको मुख हेरेर कांग्रेस नभएको वताउदै उनले चारतारा र रुख चुनाव चिन्ह भएको कांग्रेसको पक्षमा स्पष्ट उभिने वताएकाछन् ।

उनले जो सुकैले गरेपनि पार्टी विभाजनको पक्षमा आफू नरहेको उनले स्पष्ट पारेकाछन् ।तर उनी सभापति भएको क्षेत्रबाट भने वहुसंख्यक महाधिवेशन प्रतिनिधि सहभागी भएकाछन् ।

विेशष महाधिवेशन आयोजक महामन्त्रद्धयी गगन थापा,विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्ला मन्सुरलाई संस्थापन पक्षले साधारण सदस्य समेत नरहने गरी कार्वाही गरेको निर्णय सुनाएको छ ।

 

 

 

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic