नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ले  उम्मेदवार

  • माघ ३, २०८२
  • ३९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरान १७ का वडाध्यक्ष सुर्य बहादुर भट्टराई (मनोज)ले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट सुनसरी क्षेत्र नम्बर १ को प्रतिनिधिसभा निर्वाचनकालागि उम्मेदवार वन्ने भएकाछन् ।

भट्टराईलाई पार्टीले टिकट दिने भएपछि उनी उम्मेदवार वन्ने पक्का भएका हुन ।

शनिवार नेकपा कोशी प्रदेश कमिटीले भट्टराईलाई प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारीको टिकट दिएको हो।

भट्टराईले पार्टीको तर्फबाट औपचारिक टिकट पाएको जानकारी नेकपा धरान संयोजक उद्धव लिम्बुले दिएकाछन् ।

धरान उपमहानगरपालिका–१७ मा दुई कार्यकालसम्म निर्वाचित वडाअध्यक्ष रहेका भट्टराईले २०७४ र २०७९ सालको स्थानीय तह निर्वाचनमा अत्यधिक मत ल्याउँदै लगातार दुई पटक विजय बनेका थिए ।

स्थानीय तहमा लामो समयदेखि सक्रिय भट्टराईको उम्मेदवारीलाई राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ ।

सुनसरी–१ मा भट्टराईसँग धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राई, तत्कालीन माओवादीका युवा नेता तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष सुदन किराती पनि मैदानमा देखिएकाछन् ।

नेपाली काँग्रेस र नेकपा एमालेले भने हालसम्म आधिकारिक उम्मेदवार सार्वजनिक गरेका छैनन्।

नेपाली कांग्रेसबाट प्रदेश महामन्त्री उमेश थापाको चर्चा रहेको छ भने नेकपा एमालेबाट धरानकी पूर्व उपमेयर तथा केन्द्रीय सदस्य मञ्जु भण्डारी, पूर्व प्रतिनिधि सभा सदस्य जय कुमार राई र जिल्ला कमिटी सदस्य टिका माङ्लेको चर्चा रहेको छ ।

केन्द्रीय सदस्य मञ्जु भण्डारीले उम्मेद्वार वन्ने मनसाय नराखेको अवस्थामा जय कुमार राईको नाम सुनिश्चित रहेको पार्टी स्रोतको भनाई रहेको छ । धरानका २० वटा वडा,बराहक्षेत्र नगरपालिकाको ५ वटा वडा र रामधुनी नगरपालिकाको २ वटा वडा रह्ेको सुनसरी क्षेत्र नं. १ मा धरानमा मात्र नभएर वराहक्षेत्र र रामधुनी समेत राम्रो पकड भएकाले चुनाव जित्ने विश्लेषण रहेकोले राईलाई नै टिकट दिनसक्ने उनी निकट स्रोतको दावी रहेको छ ।

यस अघिको निर्वाचनमा यस क्षेत्रबाट नेकपा एमालेको समर्थनमा जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता अशोककुमार राई निर्वाचित भएका थिए ।

यस पटक भने राईले आफ्नो उम्मेदवारी दिने नदिने भन्ने अन्यौल नै रहेको छ । राई हाल जसपा नेपालबाट अलग भई जनता समाजवादी पार्टीको अध्यक्ष रहेकाछन् ।

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

बुढासुब्बा गोल्डकप माघ २२ देखि हुने

छाल खवर धरान,१ माघः धरानको प्रतिष्ठित प्रतियोगिताको २६औँ अन्तर्राष्ट्रिय आम ...

म कसैको अनुहार हेरेर कांग्रेस भएको होइन धरान नगर

छाल खवर धरान,३० पुष ः नेपाली कांग्रेसका धरान उपमहानगर समिति सभापति श्याम पो ...

प्राईम भिजन कलेजका अभिषेक श्रेष्ठलाई ‘एसियन भिजिनर

छाल खवर धरान, २९ मङ्सिर ः धरान–१२ स्थित प्राईम भिजन इन्टरनेसनल हस्पिट ...

कुलुङ समुदायलाई छुट्टै जातिको रुपमा सूचिकरण गर्न

छाल खवर धरान,२८पुषः नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान सङ्घका अध्यक्ष द ...

जन्मोत्सवमा एल.के. विहानीद्धारा बालबिकास केन्द्रल

छाल खवर धरान,२७ पुषः जन्म दिन मनाउने मानिसका विभिन्न तरीका हुन्छन् । कसैले ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic