सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

  • माघ ६, २०८२
  • २,९१९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट २८ जनाको उम्मेद्वारी दर्ता भएको छ ।

नेकपा एमाल,नेपाली काँग्रेस, नेपाली कम्युनिस्ट पार्टी, नेपाल मजदुर किसान मजदुर पार्टी,राप्रपा, श्रम संस्कृति पार्टी, स्वतन्त्र लगायत कुल २८ जनाले उम्मेद्वारी दर्ता गराएको धरान–८ स्थित निर्वाचन कार्यालयले जनाएको छ ।

धरानका निवर्तमान नगर प्रमुख तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क राज राईले पनि उम्मेदवारी दर्ता गराएकाछन् ।

निर्वाचन अधिकृतको कार्यालयलेले दिएको जानकारी अुनुसार नेकपा एमालेबाट टिकाराम माङ्लेन लिम्वु,नेपाली काँग्रेसका तर्फबाट सुजेन्द्र तामाङ, नेपाली कम्युनिस्ट पार्टीका सूर्यबहादुर भट्टराई (मनोज) राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका गोमा सरिन तामाङ, नेपाल मजदुर किसान पार्टीका महेश श्रेष्ठ, स्वतन्त्र उम्मेदवार देउमान लिम्बू, मङ्गोल नेशनल अर्गनाइजेसनका राजेन्द्र गुरुङ र राष्ट्रिय साझा पार्टीबाट भूपी राईले मनोनयन दर्ता गराएकाछन् ।

त्यसैगरी सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका राजकुमार लिम्बू, नेकपा माओवादीका दिलकुमार बास्तोला, नेपाली जनश्रमदान संस्कृति पार्टीका राजकुमार राई, जनता समाजवादी पार्टी सञ्जय राई, राप्रपाबाट उद्धव श्रेष्ठ, संयुक्त नागरिक पार्टीका नरेश बिक, उज्यालो नेपाल पार्टीबाट डम्बर लावती (जेन्टल) नेकपा संयुक्तबाट श्याम नारायण राजधामी, संयुक्त नागरिक पार्टीका नरेश बिक, नेपाल जनमुक्ति पार्टी याम बहादुर लिम्बू, आम जनता पार्टीका राम बहादुर विष्ट,जनता समाज वादी पार्टी नगेन्द्र बहादुर लिम्बुले उम्मेदवारी दर्ता गरेका छन् ।

स्वतन्त्र शेष प्रसाद रेग्मी, स्वतन्त्र ओम कृष्ण उदास, स्वतन्त्र सुवास विश्वकर्मा स्वतन्त्र अजय विश्वकर्मा, स्वतन्त्र चेत बहादुर राई, स्वतन्त्र जीवनकला राई, मितेरी पार्टी नेपालका डा. रक्ष कुमार राईले मनोनयन दर्ता गराएका छन् ।

सुनसरी १ मा स्वतन्त्र उम्मेदवारका रूपमा ८ जनाले मनोनयन पत्र दर्ता गराएको निर्वाचन आयोग प्रमुख दिव्य राज घिमिरेले बताए । निर्वाचन कार्य तालिका अनुसार उम्मेदवारी जाँच, दाबी–विरोध र अन्तिम नामावली प्रकाशन पछि उम्मेदवारलाई चुनाव चिन्ह वितरण हुनेछ ।

निर्वाचन कार्यालय प्रमुख घिमिरेका अनुसार सुनसरी निर्वाचन क्षेत्र १ मा कुल १ लाख ५० हजार ३९३ जना मतदाता छन् ।

यस निर्वाचन क्षेत्रबाट २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा एमालेको समर्थनमा जनता समाजवादी पार्टीका अशोक राई विजयी भएका थिए ।

राई निर्वाचित हुदा रास्वपाकी गोमा तामाङ दोस्रो वनेकी थिइन । यस पटक पनि पुनः सोही पार्टीबाट मनोनयन दर्ता गरेकी छिन् ।

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic