छाल खवर
धरान,११ माघः नेकपा एमालेले पार्टी सदस्यहरूलाई बहुमत ल्याउने गरी चुनावमा होमिन अपिल सहितको पत्र पठाएको छ ।
अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षर सहितको पत्र पठाउँदै एमालेले पार्टी सदस्यहरूलाई बहुमत सिट ल्याउने गरी चुनावमा होमिन आग्रह गरेको हो ।
‘देश निर्माणका लागि हाम्रो पार्टीलाई बहुमत आवश्यक छ । अत बहुमतका लागि अपरिहार्य पार्टीका उम्मेदवारहरूको विजय सुनिश्चित गर्न उच्च मनोबल र सक्रिय सहयोगको हार्दिक अपेक्षा गर्दछु,’ अपिलमा भनिएको छ ।
एमालेको यस्तो पत्र पार्टीका ६ लाख ६३ हजार पार्टी सदस्यलाई पठाइएको छ । पार्टीको यो अपिल पार्टीका सदस्यहरूका लागि मात्रै नभएर आम मतदातालाई पनि भएको प्रचार विभाग संयोजक मीनबहादुर शाहीको भनाई रहेको छ ।
Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved
Website By : Hash Tech Logic