सुनसरी क्षेत्र नम्वर १ मा निर्वाचन तयारी तीव्र– निर्वाचन कार्यालय

  • माघ १३, २०८२
  • १३६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१३ माघः निर्वाचन अधिकृतको कार्यालय सुनसरी १ ले सुनसरी क्षेत्र नं १ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी तीव्र रुपमा अगाडि बढेको जनाएको छ ।

कार्यालयले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी निर्वाचन सम्बन्धी समग्र जानकारी सार्वजनिक गरेको हो ।

१ लाख ५० हजार ३सय ९३ मतदाता रहेको सुनसरी १ मा ४१ मतदानस्थल, १६१ मतदान केन्द्र रहेको निर्वाचन अधिकृतको कार्यालयका अधिकृत दिव्यराज घिमिरेले जानकारी दिएका छन् ।

घिमिरेका अनुसार यस निर्वाचन क्षेत्रमा धरान उपमहानगरपालिकाका २० वटा वडा, बराहक्षेत्र नगरपालिकाका वडा नं.१ देखि ५ सम्म तथा रामधुनी नगरपालिकाका वडा नं. ६ र ७ समेटिएका छन् ।

कार्यालयले सर्वदलीय वैठक गरी निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, मर्यादित र भयमुक्त वातावरणमा सम्पन्न गर्ने तथा आचारसंहिता पूर्ण रूपमा पालना गर्ने सहमति गरिएको समेत जानकारी दिएकाछन् ।

निर्वाचन अधिकृतको कार्यलयका अनुसार पहिलो मनोनयनपत्र नेपाल मजदुर किसान पार्टीका महेश श्रेष्ठले दर्ता गराएका थिए भने अन्तिम मनोनयन मितेरी पार्टी नेपालका डा. रक्ष कुमार राईले दर्ता गराएका थिए । पार्टीतर्फबाट १९ जना र स्वतन्त्र ७ जना गरी जम्मा २६ जना उम्मेदवारको मनोनयन दर्ता भएको छ ।

मनोनयनका क्रममा कुनै पनि उम्मेदवारविरुद्ध उजुरी नपरेको, सबै उम्मेदवारको योग्यता पूरा भएको र कसैले पनि उम्मेदवारी फिर्ता नलिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

माघ ९ गते सबै २६ जना उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरी निर्वाचन चिन्ह प्रदान गरिएको थियो भने माघ १० गते उम्मेदवारलाई परिचयपत्र वितरण गरिएको थियो ।

अब माघ १२ गतेपछि उम्मेदवार तथा उनीहरूका प्रतिनिधिसँग आचारसंहिता सम्बन्धी अन्तरक्रिया, मतदान केन्द्रको अनुगमन तथा निरीक्षण, समस्या पहिचान र समाधानका उपाय अवलम्बन गर्ने कार्य अघि बढाइने अधिकृत अधिकारीले जनाए । त्यो कुन दिन गरिने भन्ने कुरा ठोस रुपमा बताएनन् ।

निर्वाचनका लागि मतदान अधिकृत १६१, सहायक मतदान अधिकृत १६१, सहायक कर्मचारी ४८३, सहयोगी कर्मचारी १६१ र स्वयंसेवक ४८३ गरी जम्मा १,४४९ जना कर्मचारी खटाइनेछन् । सुरक्षाको व्यवस्था भने जिल्ला सुरक्षा समितिले गर्नेछ ।

राजनीतिक दलहरु सौहार्दापूर्ण सहयोग गरेको अधिकृत अधिकारीले बताए । उनले आचारसंहिता र अनुगमन जस्ता क्रिया अब अघि बढाईने समेत बताए ।

बहुमत ल्याउन सक्रिय हुन पार्टी सदस्यहरुलाई अध्यक्ष

छाल खवर धरान,११ माघः नेकपा एमालेले पार्टी सदस्यहरूलाई बहुमत ल्याउने गरी चुन ...

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic