बुधवार, जेष्ठ २८छाल खवर आगामी आर्थिक वर्षभित्र करीब एक हजार ३०० सय मेगावाट थप विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ । प्रतिनिधिसभाको मंगलवारको बैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका विभिन्न शीर्षकमाथि उठेका प्रश्नको जवाफ दिँदै ऊर्जामन्त्री वर्षमान पुनले आगामी आवमा सरकार तथा निजी लगानीबाट प्रवद्र्धित आयोजना सम्पन्न भई सो परिणामको विद्युत् केन्द्रीय प्रसारणमा जोडिने बताउनुभयो ।उहाँले आगामी आर्थिक वर्षमा ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका साथै निर्माणाधीन रसुवागढी, माथिल्लो साञ्जेन, मध्य भोटेकोशी र निजी लगानीबाट प्रवद्र्धित अन
काठमाडौं, जेठ २६करिव तीन महिनाको लक डाउनपछि सरकारले सार्वजनिक यातायात सञ्चालन गर्ने तयारी शुरु गरेको छ । भाडा बढाएर भए पनि सार्वजनिक यातायात सञ्चालन शुरु गर्नको लागि तयारीमा सरकार जुटेको हो ।यातायात मन्त्रालयका अनुसार सिट क्षमताको आधा संख्यामा मात्रै यात्रु राख्ने गरि नयाँ निर्देशिका तयार भएकाले सवारी सञ्चालकलाई मर्कामा पर्न नदिन भाडा बढाएर भए पनि सार्वजनिक यातायात सञ्चालनको तयारी गरिएको हो । यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालका अनुसार यात्रुको स्वास्थ्य सुरक्षाका लागि यातायात व्यवसायी र स्वयम यात्रुलाई जिम्मेवार बनाउने गरि निर्देशिका लगभग तयार गरिएको छ । प्रस्तावित मापदण्ड
विराटनगर/ आर्थिक वर्ष २०७७/७८ को लागि प्रदेश १ सरकारको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । नीति तथा कार्यक्रमले विषयगत रुपमा स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेको छ । यस्तै विदेशबाट रोजगारी गुमाएर घर फर्किएका युवाहरुको लागि उत्पादनशील रोजगारी व्यवस्था गर्न उद्योग र भौतिक पूर्वाधार विकास उच्च प्राथमिकतामा रहने कार्यक्रममा उल्लेख छ । यसका साथै शिक्षा, सुरक्षा, वन र वातावरण, सूचना प्रविधि, सुशासन, पुर्वाधार, पर्यटन, कृषिलगायतका क्षेत्रलाई तेस्रो प्राथमिकतामा राखेको छ । किसानहरुको लागि ४५ करोडको राहत घोषणा गरिएको छ । विदेशबाट आउने युवाहरुलाई अनलाइन फर्म भर्न लगाइ अद्यावधिक गरिने
Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved
Website By : Hash Tech Logic