आन्तरीक पर्यटनको गन्तव्य बन्दै चिन्डेडाडा भ्यूटावर

  • असार २८, २०७७
  • ३,५१० पटक पढिएको
  • भोला श्रेष्ठ
alt तस्विरः सम्फर तामाङ

असार,२८ धरान ः धरानको आन्तरीक पर्यटनको गन्तव्य मध्ये धरान २० स्थित चिन्डेडाडामा निर्माण गरीएको भ्यू टावर रहेको छ ।

प्रदेश सरकारले त्यस क्षेत्रको पर्यटकीय संभावनालाई मध्यनजर गर्दै भ्यूटावरको अवधारण लिएको थियो । प्रदेश सरकारले भ्यू टावर निर्माणका लागि ५० लाख रुपैया विनियोजन गरेको थियो ।

करिव ८ कठ्ठा क्षेत्रफलमा रहेको सो भ्यू टावर निर्माणका लागि प्रदेश सरकारबाट ५० लाख र उपभोक्ता समितिबाट ५ लाख ८९ हजार ८सय ९ रुपैया लगानी भएको निर्माण समिति चिण्डेडाडा पर्यटन तथा सुचना पूर्वाधार विकास केन्द्र नेपाल धरानका अध्यक्ष सम्फर तामाङले जानकारी दिएकाछन् ।

उनका अनुसार कम्पाउण्ड वाल लगाउन र तयारी अवस्थामा पुग्नको लागि भने अझै केही रकम आवस्यक हुने छ ।
धरानको भानुचोकबाट करिव ३ किलो मिटरको दुरीमा रहेको सो भ्यूटावरबाट धरानको समग्र दुश्यवलोकन समेत गर्न सकिन्छ ।केही वर्ष यता सो क्षेत्रमा पैदलयात्रा गर्नेहुरुको समेत भीड हुने गरेको छ ।

सो क्षेत्रमा दैनिक रुपमा विहान मर्निङवाक र वेलुका इभिनिङ वाक ९पैदल०मा पनि धरानका सयौं युवा युवतिहरु जाने गरेकाछन् जानका लागि बाटो सहज र त्याहा पुगेपछि धरानको सम्पूर्ण मनोरम दृश्याअवलोकन गर्न सकिने भएकोले त्यस क्षेत्रमा पैदल यात्रा गर्नेहरुको संख्या दैनिक रुपमा वृद्धि हुदै आएको छ ।

भ्यू टावरले त्यस क्षेत्रको विकास र त्याहाका स्थानीय वासिन्दाको आयस्तरमा वृद्धि गर्नका लागि ठूलो टेवा पुग्ने धरान–२० का जनप्रतिनिधि तथा स्थानीय वासिन्दा कर्ण तामाङको भनाई रहेको छ ।

चिण्डेडाडा आफैमा धरान हेर्नका लागि भ्यू भएपनि भ्यू टावरले त्यसक्षेत्रको सौन्र्दय वढाउने कार्य गरेको उहाले वताउनभयो ।

view tower

तस्विरः सम्फर तामाङ

पछिल्लो केही वर्ष यता चिण्डेडाडा आन्तरकि पर्यटनको गन्तव्य वन्दै गएको छ । यस क्षेत्रमा धरानका युवायुवतिहरु दैनिक रुपमा आवतजावत गर्ने गरेका छन् । शनिवार अन्य दिनको तुलनामा निकै भीड लाग्ने गरेको स्थानीय वासिन्दा तामाङको भनाई रहेको छ ।

यस क्षेत्रको भौतिक पूर्वाधारको विकासका लागि सहयोग गर्नको लागि स्थानीय सरकार,प्रदेश सरकार र केन्द्रीय सरकार र सरकारका प्रतिनिधि समक्ष उहाले आग्रह समेत गर्नुभएको छ ।

उहाका अनुसार त्यसक्षेत्रको पूर्वाधारको विकास भएमा व्यवासयिक हिसावले फड्को मार्न सक्ने छ । राणाकालमा समाजमा अपराध गर्नेलाई सुलि चढाउने प्रचलन रहेका थियो । जनु सुलि चढाउने स्थान समेत सोही क्षेत्रमा रहेको छ । चिण्डेडाडा भन्दा माथिबाट धनकुटाको महाभारा,सागुगरीगढी लगायतका क्षेत्रमा जानका लागि सडक सञ्जाल समेत जोडिएको छ ।

त्यसक्षेत्रमा आगामी हिउदे सिजनमा भने वनभोज खाने आउनेहरुको भीड लाग्ने स्थानीयको भनाई रहेको छ । वनभोजको रमाइलो पनि टावरबाट रमाइलो दृश्य अवलोकन पनि गर्न सकिने भएकोले पनि त्यसक्षेत्रमा वनभोज खान आउनेहरुको भीड लाग्नेछ ।धरान बजारबाट नजिकको दुरी तथा बाटोको सुविधा भएकोले पनि त्याहा जान सहज रहेकोछ । पक्कि सडक नभएपनि त्यसक्षेत्रमा जानको लागि कच्चि सडक भने सच्चालनमा रहेको छ ।

धरान –२० का वडाध्यक्ष मणिराम राईले २० नं। वडा धार्मिक हिसावले पनि परिचित भएपनि भौतिक पूर्वाधारको विकास हुन नसकेको कारणले पछि परेको वताउदै पूर्वाधारको विकास भएमा यस क्षेत्रले विकासमा ठूलो फड्को मार्ने दावी गर्नुभयो ।

चिण्डेडाडाको विकास गर्दै,सुलिकोटाको संरक्षण र लिंक रोडको विकास गर्न सकेमा यस क्षेत्रमा विकासले गति लिने वताउनुभयो ।

पर्यटकीय संभावना
वडा नं २० मा पर्यटनको निकै धेरै संभावना रहेको छ । त्यस क्षेत्रमा होम स्टे,कृषि पर्यटन,धार्मिक पर्यटनको संभावना रहेको छ ।धरानको नजिक उच्च स्थानमा भएकोले स्वच्छ हावापानी, मनोरम दृश्य अवलोकन गर्न सकिने ठाउँ यहाका विशेषता रहेको छ ।त्यस वडाका केही स्थानमा केही वर्ष अगाडी देखि होमस्टे सञ्चालनमा आएकाछन् भने अन्य केही स्थानमा सञ्चालनको तयारीमा रहेकाछन् ।

धार्मिक हिसावले पनि विष्णुपादुका मन्दिर पनि यसै क्षेत्रमा पर्ने भएकोले यहा धार्मिक पर्यटकहरु आउने गरेकाछन् । यसलाई अझ धेरै प्रचार प्रसार गर्न सकेको खण्डमा पर्यटनको ज्यादै संभावना रहेको छ। यस क्षेत्रक विशेषताहरुलाई प्रचार गनसके आन्तरीक तथा वाह्य पर्यटनको विकास भई आयआर्जनमा वृद्धि गर्न सकिने प्रवल संभावना रहेको वडाध्यक्ष मणिराम राईको भनाई रहेको छ ।

 

 

 

 

 

 

 

प्रथम हलेदे पुरुष भलिवल प्रतियोगिताको तयारी हुदै

छाल खवर धरान,३१ असोजः भोजपुरको हतुवागढी–९ हलेदे टारमा पुरुष भलिवल प्र ...

ओली निर्भरता तोडौँ, एमाले बचाऔँ

प्रकाश थापा देश, दल र व्यक्तिभित्र को ठूलो हुन्छ भनेर खोज्दा पङ्क्तिकारको ठ ...

जसपा नेपालको प्रदेश अध्यक्षमा याक्खा

छाल खवर धरान,२८ असोजः जनता समाजवादी पार्टी नेपाल, प्रदेश समिति, प्रदेश न. १ ...

टङ्कबहादुर पत्रकारिता पुरस्कार सञ्चारकर्मी स्नेहा

छाल खवर धरान,२४ असोजः धरान–१ स्थित आमा चन्द्रकुमारी प्रधान स्मृति प्र ...

माइतीघरबाट डा. निकोलस भुसाल सहित १४ जना पक्राउ

छाल खवर धरान,२३, असोजः जेन जिका माग पुरा नभएको भन्दै माइतीघर मण्डलामा आन्दो ...

श्रम संस्कृति पार्टीको अध्यक्षमा हर्क साम्पाङ

छाल खवर धरान,२१ असोजः फागुन २१ गते हुने भनि घोषणा गरीएको निर्वाचनमा भाग लि ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic