माधव नेपालका ६ शर्त, ओलीले पूरा गर्लान् ?

  • मंसिर २६, २०७७
  • ३,४५६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
काठमाडौं ,२६ मंसिर ःसत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालको साथ पाउने आशा मारिसकेका छैनन् ।

तिक्ततापूर्ण सम्बन्धमा रहेका नेपालको मन लामो समयका सहयोद्धाको अनुनयले पग्लिहाल्ला कि भन्ने आशाले ओलीले स्वयं र आफू निकट नेताहरुमार्फत सहकार्यको प्रस्ताव राखिरहेकै छन् ।

तत्कालीन एमालेको नवौं महाधिवेशनयता लगातार किनारमा पारिँदै आएका नेपालसँग २०७५ जेठ ३ मा माओवादी र एमालेबीच पार्टी एकतापछि लगभग संवादहीनताकै अवस्था थियो । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सहकार्य गरेर अगाडि बढेका उनले वरिष्ठ नेताको वरियता हेरफेर गरेर ‘अपमानित’ गर्ने, फरक मतलाई बहुमतले पेलेर जाने काम गरेका थिए ।

तर प्रचण्डसँग दुरी बढ्यो, पार्टीमा संकटमा पर्न थाले, लगातार नेपाललाई फकाउने प्रयासमा छन्, ओली । गत वैशाखमा अध्यादेश प्रकरणका कारण संकटमा परेका ओलीले प्रधानमन्त्री पद छोड्नु परे पूर्वएमाले (माधव नेपाल )लाई नै छोड्छु भनेर वरिष्ठ नेता नेपालको मन फर्काउने कोशिस गरेका थिए । त्यसबेला नेता नेपाललाई नेकपाको तेस्रो अध्यक्ष बन्न प्रस्ताव गरेका थिए ।

पछिल्लो विवादित राजनीतिक कोर्समा माधव नेपालले मुलतः ६ शर्त राखेका छन्, जसले ओलीका फकाउने प्रयासलाई निस्फल बनाइरहेको छ । नेपाल आफ्नो अडानमा कठोर भइरहे प्रचण्डतिरै हात बढाउने मनसाय देखिन्छ, ओलीमा ।
तर त्यतिबेला बामदेव गौतमको साथ पाएपछि प्रधानमन्त्री एवं नेकपा ओलीको सत्ता संकट टर्‍यो । १० असारबाट शुरु भएको स्थायी कमिटी बैठकमा फेरि अल्पमतमा परेपछि ९ साउनमा नेपालसँग लामै कुराकानी गरेका थिए । प्रचण्डसँग गठबन्धन गरिरहेका नेता नेपाललाई मिल्न प्रस्ताव गर्दै उनले आगामी महाधिवेशनपछि पार्टी अध्यक्ष र आम चुनावपछि प्रधानमन्त्री बन्ने अफर गरे ।

प्रचण्डसँगै सहमति भएपछि ओलीको सत्ता संकट दोस्रो पटक टर्‍यो । र, २६ भदौमा स्थायी कमिटीले ओली र प्रचण्डबीच भएको सहमतिअनुसार नै निर्णय गर्‍यो ।

तर स्थायी कमिटीको निर्णय सुक्न नपाउँदै फेरि ओली र प्रचण्डबीच खटपट सुरु भयो । अहिले प्रधानमन्त्री समेत रहेका ओली नेकपाभित्र गम्भीर संकटमा परेका छन् ।

यो पटक पनि उनले फेरि कहिले प्रचण्डलाई त कहिले नेता नेपाललाई फकाउने प्रयास गरेका छन् । ओलीले कात्तिकमा मात्र ४, ११ र २३ गते तीनपटक नेपालसँग संवाद गरे । एक साता अगाडि मात्र ओलीले विष्णुप्रसाद पौडेल, शंकर पोखरेल, सुवास नेम्वाङ, भानुभक्त ढकाल, कर्ण थापालगायत नेताहरूलाई नेता नेपालको निवास कोटेश्वर पठाएर सहकार्यको प्रस्ताव राखेका थिए । तर, नेता नेपालको मन पग्लिएको छैन ।

नेपालले पुरानै अडान सुनाउँदै आएका छन्– जे गर्ने हो, पार्टी कमिटीको निर्णयबाट हुन्छ ।

पछिल्लो विवादित राजनीतिक कोर्समा माधव नेपालले मुलतः ६ शर्त राखेका छन्, जसले ओलीका फकाउने प्रयासलाई निस्फल बनाइरहेको छ । नेपाल आफ्नो अडानमा कठोर भइरहे प्रचण्डतिरै हात बढाउने मनसाय देखिन्छ, ओलीमा ।
उनले बुधबार प्रचण्डलाई भेटेर ‘माधव नेपालले धोका दिन्छन्, हामी मिलौं’’ भन्ने प्रस्ताव राखे । तर यो पटक माधव नेपाल जस्तै प्रचण्ड पनि पग्लिने छाँट देखिएको छैन ।

नेपाल निकट नेता जगनाथ खतिवडा ओलीकै कारण यस्तो परिस्थिति बनेको बताउँछन् । ‘एक होइन, अनेक पटक यस्ता मिठा प्रतिबद्धता आएका छन्, तर कुनै पनि कार्यान्वयन भएको छैन’, उनी भन्छन्, ‘नेतृत्वको रुपमा ओलीमा सधैं पूर्वाग्रही, अहंकारी र स्वच्छेचारी प्रवृत्ति रहेकाले पार्टीमा नयाँ–नयाँ संकट आएको हो भन्नेमा माधव कमरेड प्रष्ट हुनुहुन्छ ।

नेताहरुका अनुसार ओली लक्षित माधव नेपालको ६ शर्तमध्ये पहिलो हो– पार्टी फुटाउने उद्देश्यले राखिएको प्रस्ताव अस्वीकार्य छ । अध्यक्ष वा प्रधानमन्त्री पदको प्रस्ताव पार्टी विभाजनको उद्देश्यले आउनु हुन्न । पूर्वएमाले मिलेर पूर्वमाओवादीलाई पेल्ने नियत राख्नै हुन्न ।

जनताको बहुदलीय जनवाद (जबज) को कार्ड फालेर पूर्वमाओवादीलाई पेल्ने रणनीति कार्यान्वयन गर्न ओलीले पदको लोभ देखाएको नेपालको निष्कर्ष छ । नेता नेपालले पार्टी एकता प्रक्रिया पूरा नभइसकेको अवस्थामा प्रचण्डलाई अप्ठ्यारोमा पारेर आफू प्रधानमन्त्री बन्न नसक्ने निकटस्थहरुलाई बताउने गरेका छन् । सबै पक्षलाई समेटेर पार्टी एकता कायम गर्नेगरी प्रस्ताव आउनुपर्ने उनको अडान छ ।

दोस्रो– हाताहाती गरौं, उधारो सहमति हुँदैन । सत्तामा शक्ति सन्तुलन मिलाउनेदेखि पार्टीलाई क्रियाशील बनाउनेसम्मका विषयका सहमति उधारो हुन नहुने नेपालको अडान छ । उनले भनेका छन्–जे गर्ने हो, अहिले नै गर्नुपर्छ । उधारो हुँदैन ।

तेस्रो– मौखिक हुन्न, लिखित हुनुपर्छ । विगतका लिखित सहमतिहरु नै अलपत्र पारेर पार्टीलाई संकटतिर धकेल्ने काम भएकाले अबको सहमति लिखित हुनुपर्ने नेपालको अडान छ । उनका अनुसार, यो शर्त माने मात्र थप छलफल हुन्छ । अब अनौपचारिक हैन, पार्टी कमिटीको लिखतमा निर्णय हुनुपर्छ र त्यो कार्यान्वयनमा जानुपर्छ ।

चौथो– न्यायको प्रत्याभूति, पूर्वाग्रहको अन्त्य । तत्कालीन एमालेको नवौं महाधिवेशनयता लगातार पार्टीको नेतृत्वबाट पूर्वाग्राही निर्णय भएको नेपालको धारणा छ । पार्टी जिम्मेवारी र राजकीय भूमिकामा ओलीले इतर समूहलाई लगातार किनारा पार्ने र नामै सुन्न नचाहने प्रवृत्ति देखाएको नेता नेपालको निष्कर्ष छ ।

उनको भनाइ छ, पार्टीमा गुट छ । कुनै गुट नजिक भएकै कारण कसैले संरक्षण नपाउने भन्ने हुँदैन । केपी ओलीलाई साथ दिनेमध्ये पनि सवैले संरक्षण नपाएकाले न्यायको प्रत्याभूति र पूर्वाग्रहको अन्त्य हुनपर्छ ।

पाँचौं– सहमतिरनिर्णय नमान्नेको विपक्षमा उभिनुपर्छ । सहमतिको प्रस्ताव लिएर आउने नेताहरुलाई नेपालले सोध्ने गरेका छन्–ओलीले सहमति पालना गरेनन् भने तपाईंहरु मेरो एजेण्डाको पक्षमा सार्वजनिक रुपमा बोल्नुहुन्छ रु त्यो सकिँदैन भने पहिले केपीजीको विश्वास जितेर आउनुहोस् ।

नेता नेपालको भनाइ छ– सहमतिरनिर्णय नमान्ने जुनसुकै नेताको विपक्षमा बोल्न सक्नुपर्छ । जुनसुकै खेमामा संलग्न भएपनि पार्टी निर्णय उल्लङ्घन गर्नेविरुद्व बोल्न तयार हुनुपर्छ ।

माधव नेपालको अन्तिम शर्त छ– सहकर्मी कमरेडहरुलाई धोका दिन्न । आफ्नो एजेण्डा, कार्यक्रम र अडानको पक्षमा रहेका नेताहरुलाई धोका दिएर अर्को कुनै प्रस्ताव स्वीकार गर्दिनँ ।

उनले भन्ने गरेका छन्, ‘पार्टीलाई विधि–पद्दतिमा चलाउनुपर्छ, गतिशील बनाउनुपर्छ भन्ने एजेण्डामा साथ दिने कमरेडहरुलाई धोका दिएर कुनै सहमति गर्दिनँ । कसैलाई अन्याय हुन दिन्न ।

अनलाइन खवरबाट

हिविसकस वोडिङ स्कुलमा वादविवाद प्रतियोगिता सम्पन्न

छाल खवर धरान,७ मंसिरः हिविसकस इङलिस वोडिङ स्कुल धरान–१५ मा अन्तर क्ला ...

पर्यटन प्रवर्द्धन गर्न नेपाल–मकाउ हवाई यातायात आवस

छाल खवर धरान,७ मंसिरः मकाउनका लागि नेपालको अवैतनिक पर्यटन प्रवर्द्धक आनन्द ...

गाजा खेतीमा प्रहरीको कडाई , गाँजा नष्ट अभियानमा प्

छाल खवरधरान,३मंसिरः अवैध रुपमा गाउ गाउमा लगाइएको गाँजा नियन्त्रणमा प्रहरीले ...

पहिलो पटक सुनाखरी एकेडेमी स्कुल कप आयोजना हुने

छाल खवर धरान,३ मंसिर ः सुनाखरी एकेडेमी धरान–१२ ले पहिलो पटक सुनाखरी ए ...

माओवादी र एकीकृत समाजवादीको काठमाडौमा चुनावी तालम

छाल खवर काठमाडौं,१ मंसिर ःनेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले १६ मंस ...

एन्फा एकेडेमीलाई वार्षिक ३० लाख सहयोग गर्ने मुख्य

छाल खवर धरान,१ मंसिर ः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एन्फ ...

Copyright © 2020 / 2024 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic