खनाल–नेपाल सहित ११ जना एमालेबाट निष्कासित (बैठकको निर्णय सहित)

  • जेठ १०, २०७८
  • १,१५३ पटक पढिएको
  • छाल खबर
alt

छाल खबर
धरान, १० जेष्ठः नेकपा एमालेले वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनालसहित ११ जना नेताहरूलाई पार्टीको साधारण सदस्य नै नरहने गरि निष्कासन गरेको छ ।

सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटीको बैठकले उक्त निर्णय गरेको हो ।

पार्टीको अनुशासन उल्लंघन गरेको र विपक्षी पार्टीका नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको अभियोगमा निष्कासन गरिएको हो ।

यसअघि शनिबार बसेको स्थायी कमिटीको बैठकले संसदीय दलका नेता केपी ओलीलाई असहयोग गर्दै विपक्षी दलका नेता शेरबहादुर देउवालाई सहयोग गर्ने नेपालसहित ११ सांसदलाई २४ घण्टे समयावधी दिएर स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । निर्णयानुसार उनीहरुलाई केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले २४ घण्टाभित्र स्पष्टीकरण दिन पत्र पठाएका थिए ।

स्पष्टीकरण पत्रमा तिन प्रश्न सोधिएको थियो । पहिलो, २७ वैशाखको प्रतिनिधिसभा बैठकमा अनुपस्थित रहनुको कारण ? दोस्रो, सूर्य चिन्ह लिएर मैदानमा उत्रिएका रामबहादुर थापा बादललाई मतदान नगर्नुको कारण ? र तेस्रो, पार्टीको नेतृत्वमा सरकार हुँदाहुँदै विपक्षी दलको नेतालाई प्रधामन्त्री बनाउन हस्ताक्षर किन गरिएको ?भनी सोधिएको थियो ।

बैशाख २७ गते प्रधानमन्त्री ओलीले संसदमका विश्वासको मत लिई रहदा खनाल–नेपाल पक्षका २८ सांसद अनुपस्थित थिए । त्यस पश्चात ओली र नेपालबीच ३० र ३१ वैशाख, २ जेठ मा तीन पटक वार्ता भएको थियो ।

पार्टी भित्र रहेको विवाद समाधान गरि एकताबद्ध बनाउने वार्ताले निश्कर्ष निकाल्दै त्यसै प्रयोजनका लागि दुवै पक्षबाट ५–५ जना सम्मिलित कार्यदल गठन गरेको थियो । तर स्पष्टीकरणमा भने २७ वैशाखमा विश्वासको मत नदिने गरी अनुपस्थित हुनुको कारण पनि सोधिएको थियो । नेता नेपाल सहित स्पष्टिकरण सोधिएका एघार जनाले अध्यक्ष केपी शर्मा ओलीलाई स्पष्टीकरणको जवाफ नदिने बताएका थिए ।

नेकपा एमाले केन्द्रिय कार्यालयका कार्यालय सचिव शेरबहादुर तामाङले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेर पार्टीको अनुशासन उल्लंघन गरेकाले नेपालसहित ११ जना नेतालाई पार्टी सदस्यबाटै निष्कासन गर्ने निर्णय गरेको जानकारी दिएका छन ।

जानकारुी अनुसार पार्टीबाट निष्कासनमा पर्नेमा नेताहरूमा नेपालसहित झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, निरादेवी जैरु, रामकुमारी झाँक्री, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मीकुमारी चौधरी, कल्याणी खड्का र कलिला खान रहेका छन ।

उक्त बैठकले खनाल–नेपाल समूहका सुरेन्द्र पाण्डे, घनश्याम भुषाल सहित थप १२ जनालाई २४ घण्टे स्पष्टिकरण सोध्ने निर्णय पनि गरेको छ ।

नेता पाण्डेसहित १२ जना सांसदले पनि कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गर्नुका साथै सोमबार सर्वोच्च अदालतमा परेको संसद विघटनविरुद्धको रिट निवदेनमा हस्ताक्षर गरेका थिए ।

बैठकको निर्णय अनुसार स्पष्टिकरण सोधिएका थप १२ जनामा पाण्डेसहित घनश्याम भुषाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ, यज्ञराज सुनुवार, मेटमणि चौधरी, दिपक प्रकाश भट्ट र नारायण खतिवडा रहेका छन ।

पार्टीबाट निष्कासन गरिएको निर्णय बाहिरिए सँगै एमालेका पूर्वअध्यक्ष नेता झलनाथ खनालले प्रतिक्रिया दिदै अध्यक्ष केपी ओलीले आफूहरूलाई गरेको निष्कासनको कुनै अर्थ नहुने बताएका छन ।

नेता खनालले ओली प्रतिगामी कदममार्फत संविधान लोकतान्त्रिक पद्धति र कम्युनिस्ट आचरणको पार्टी सिध्याउने खेलमा लागेको, एमालेलाई पनि सिध्याउने मनसायले अघि बढेको उल्लेख गर्दै ओलीको यस्तो कदमविरुद्ध नयाँ पार्टी खोलेर संविधान र लोकन्त्रका पक्षधरहरूलाई समाहित गर्दै प्रतिगमनको सशक्त प्रतिवाद गर्ने बताए ।

अर्का नेता भिम रावले सामाजिक सञ्जालका प्रतिक्रिया व्यक्त गर्दै उनले आफूहरूलाई कारबाही गरेर ओलीले फुटवादलाई निरन्तरता दिएको बताए ।

पार्टी विधान मिच्दै मनपरी गर्ने, संविधान उल्लङ्घन गर्ने, देशको अस्मिता र अस्तित्वमा आघात पार्ने नागरिकता वितरण लगायतका राष्ट्रघाती कुकृत्य गर्ने र देशलाई अस्तव्यस्त बनाउने केपी गुटले हामीलाई पार्टी सदस्यबाट निष्कासित गरियो भन्नु हास्याँस्पद छ भन्दै यो केपी गुटको फुटवादकै निरन्तरता भएको उल्लेख गरेका छन ।

कारबाहीमा परेका अर्का नेता मुकुन्द न्यौपानेले मुलुकको संविधान, लोकतान्त्रिक प्रणालीप्रति प्रतिबद्ध कार्यकर्तालाई एमालेमा निषेध गर्ने रणनीति अनुसार गैरसंवैधानिक क्रियाकलापको विरोध गर्नेहरूमाथि अध्यक्ष ओलीले बदलाभाव राखेको प्रतिक्रिया दिएका छन ।

अध्यक्षको गलत कदममा हाम्रो समर्थन कहिल्यै भएन प्रतिगमनको विरोध गर्नेहरूलाई एमालेमा निषेध गर्ने मनसायसहित कारबाही गरिएको हो यसविरुद्धको लडाई सशक्त पार्ने बताएका छन ।

decision-uml-

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल य

छाल खवर धरान,१५ फागुनः सुनसरी क्षेत्र नम्बर १ मा आगामी फागुन २१ गते हुन गइर ...

वि लभ यु फाउण्डेशनद्धारा १ सय पिन्ट रगत संकलन

छाल खवर धरान,१४ फागुन ः वी लभ यु फाउण्डेशनले ८८२ औं विश्वव्यापि रक्तदान कार ...

अफ्ठ्यारोमा परेर ऋण तिर्न नसक्नेहरु कालोसूचीमा नप

छाल खवर धरान,१४ फागुन ः अबदेखि परिस्थितिजन्य कारणले ऋण चुक्ता गर्न नसक्ने ऋ ...

सिद्धार्थ शिशु सदनमा अत्याधुनिक शैक्षिक पूर्वाधार

छाल खवर धरान,१३ फागुनःः सिद्धार्थ शिशु सदन धरान–१६ ले शैक्षिक गुणस्तर ...

एमाले भोजपुरका उम्मेदवार शेरधन राइको प्रतिबद्धता स

छाल खवर धरान,१३, फागुन ः नेकपा (एमाले)को तर्फबाट भोजपुरका प्रतिनिधि सभा सदस ...

सुनसरी १ मा एमालेको प्रतिबद्धता शिक्षा, स्वास्थ्य

छाल खवर धरान,१२फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ ले आफ्नो चुनावी घोष ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic