एन प्याव्सन क्विजको उपाधि हिविसकस स्कुललाई

  • माघ ४, २०७९
  • ४,७९९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,४ माघ ःराष्ट्रिय नीजि तथा आवासीय विद्यालय एसोसिएन नेपाल (एन प्याव्सन) धरान नगर समितिको आयोजनामा भएको खेलकुद सप्ताह अन्तर्गग अन्तर धरान नगर स्तरीय हाजिरी जवाफ प्रतियोगिताको उपाधि धरान– १५ स्थित हिविसकस इङलिस वोडिङ स्कुलले हात पारेको छ ।

सप्ताह खेलकुद अन्तर्गत बुधवार भएको हाजिरी जवाफ प्रतियोगितामा अन्य स्कुललाई पछि पार्दै हिविसकसले उपाधि हात पारेको हो ।

हिविसकसका तर्फबाट कक्षा ६ का सिद्धार्थ श्रेष्ठ, कक्षा ३ का लाभान्य अग्रवाल र कक्षा ३ का विद्यार्थी आयुष लिम्वु सहभागी भएका थिए ।

प्रतियोगितामा युरेका आवासीय माध्यामिक विद्यालय धरान १ दोस्रो हुन सफल भएको थियो ।

प्रतियोगितामा जुनियर पाइनियर वोडिङ स्कुल धरान–८ तेस्रो भएको थियो ।

प्रतियोगितामा पहिलो चरणमा धरान क्षेत्रका १० वटा स्कुलहरुले सहभागिता जनाएका थिए ।

फाइनल चरणमा हिविसकस वोडिङ स्कुल,वुद्ध आर्दश वोडिङ स्कुल,सुनाखरी एकेडेमी, लोटस विद्या विहार इङ्लिस स्कुल,जुनियर पाइनियर वोडिङ स्कुल, आवरहोम वोडिङ स्कुल,देउराली चिल्ड्रेन एकेडेमी, ज्ञानकुञ्ज एकेडेमी र सुम्निमा इङलिस स्कुल सहभागी भएका थिए ।

सप्ताह अन्तर्गत भलिवल,वास्केटवल लगायतको खेलकुद प्रतियोगिता जारी रहेको छ ।

विजेता स्कुललाई ट्रफि,मेडल र प्रमाण–पत्र पुरस्कार प्रदान गरीने आयोजकले जनाएको छ । सप्ताहको समापन कार्यक्रम माघ ६ गते हुनेछ ।

प्रतियोगिताको संयोजक विजय सिं थेवे, र कुरन चेम्जोङ र सुमिति राई सदस्य रहेका थिए ।

क्रियटिभ स्कुल सर्कलको खेलकुद सप्ताहको दुइ उपाधि

छाल खवर धरान,६ पुष ः धरान,६ पुषः क्रियटिभ स्कुल सर्कल (सिएससि)ले आयोजना गरे ...

स्विट्जरल्याण्डबाट आएका शिक्षक जेन डेभिस र हिबिस्

छाल खवर धरान,२ पुषः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५ का बिद्यार् ...

धरानमा माओवादी केन्द्रको सर्वसम्मत नेतृत्व चयन

छाल खवर धरान,१ पुषः नेकपा (माओवादी केन्द्र) धरान उपमहानगर समितिले सर्वसम्मत ...

वन पैदावर उद्योग व्यवसायी संघ सुनसरीको अध्यक्षमा ड

छाल खवर धरान,२७ मंसिर ः नेपाल वन पैदावार उद्योग व्यवसायी संघ सुनसरीको अध्यक ...

पत्रकारद्धयलाई चन्द्र प्रसाद श्रेष्ठ पत्रकारिता प

छाल खवर धरान,२५ मंसिरः सिद्धी नेवाः परिषदद्वारा प्रदान गरीने चन्द्रप्रसाद श ...

धरानमा पत्रकारहरूको मौन जुलुस प्रदर्शन

छाल खवर धरान,२४ंमंसिरःप्रेस स्वतन्त्रको माग गर्दै गर्दै धरानमा पत्रकारहरुले ...

Copyright © 2020 / 2024 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic