समाचार

    Showing १,३८१-१,३९० of १,५९० items.
  • धरानमा १९७ जना कोरोना संक्रमित

    छाल खवर धरान,२७ असोज ः धरानमा बुधवार थप १ सय ९७ जना कोरोना संक्रमित थपिएका छन् । धरान उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसा संक्रमितहरूमध्ये धरान १७ स्थित एन्फा एकेडेमीको क्वारेन्टाइमा १९० जनाको स्वाब लिइएकाहरूमध्ये १०४ जनामा संक्रमण देखिएको हो । जसमा ३ जना रिजाँच गरेकाहरू हुन् । ११ जनाले रिजाँच गरेका थिए । यस्तै ९३ जना बीपी स्वास्थ विज्ञान प्रतिष्ठानमा स्वाब संकलन गराएकाहरू रहेको उपमहानगरका स्वास्थ महाशाखा प्रमुख उमेश मेहताले बताए । यो संगै धरानमा कुल संक्रमितको संख्या १ हजार ३७९ पुगेको छ भने धरानमा हालसम्म १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  

    • प्रकाशित मितिः असोज २७, २०७७
    • ६६१ पटक पढिएको
    • छाल खबर
  • कर्णालीका मुख्यमन्त्रीविरुद्ध नेकपामा अविश्वासको प्रस्ताव

    छाल खवरअसोज,२५ सुर्खेत ः कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्ध सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा अविश्वासको प्रस्ताव दर्ता भएको छ । शाहीलाई स‌ंसदीय दलको नेताबाट हटाउन माग गर्दै आइतबार १८ जनाको हस्ताक्षर संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहलाई बुझाएका हुन् । अविश्वासको प्रस्तावमा प्रदेशसभा सदस्यहरु यामलाल कँडेल, प्रदेश सरकारकी उपसभामुख पुष्पा घर्तीमगर र नेकपाका कर्णाली प्रदेशका संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाह लगायत रहेका छन् । नेकपा सं‌सदीय दलको नेतामा शाही निर्वाचित भएपछि पार्टीको प्रभावकारितामा ह्रास आएको, पार्टी र सरकारको कामकारबाह

    • प्रकाशित मितिः असोज २५, २०७७
    • २,९०२ पटक पढिएको
    • छाल खबर
  • सुनसरी प्रशासनको चाडपर्व लक्षित योजना

    छाल खवर धरान,२४ असोज ः कोरोनामा संक्रमितको संख्या दिनप्रतिदिन वढन थालेपछि चाडपर्वलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालय सुनसरीले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । नजिकिदै गरेको प्रमुख चाडालई लक्षित गरी सुरक्षा योजना सार्वजनिक गरेको हो । विगतका वर्षहरुमा मठ मन्दिरमा गरीदै आएको पूजाआजा यस पटक निषेध गरीएको र शक्ति पीठहरु वन्द गर्न निर्देशन दिइएको प्रशासनले जनाएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले मठ मन्दिरहरुमा एकजना पुजारी मात्रले पूजा गर्न पाउने व्यवस्था गरीएको जानकारी दिएकाछन् । दशैं तिहार र छठ पर्वमा मठ मन्दिरमा भक्तजनको भीड लाग्ने हुँदा त्यसले को

    • प्रकाशित मितिः असोज २४, २०७७
    • १,५११ पटक पढिएको
    • छाल खबर
  • करणीको आरोपमा श्रेष्ठ पक्राउ

    छाल खवर धरान,२३ असोजः बालिकालाई जबरजस्ति करणी गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालयका डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले का अनुसार पक्राउ पर्नेहरूमा धरान ४ का ३१ वर्षीय शेर बहादुर श्रेष्ठ र धरान १६ का ४२ वर्षीय बिकाश मण्डल रहेकाछन् । डिएसपी बस्नेतले धरान ४ का श्रेष्ठले नाता पर्ने १७ वर्षीय बालिकालाई धम्की दिएर पटक पटक करणी गरेको भन्द उजुरी परेकोले पक्राउ गरीएको वताएकाछन् । जबरजस्ताी करणी मुद्दामा सुनसरी जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी श्रेष्ठमाथी अनुसन्धान भईरहेको डिएसपी बस्नेतले जानकारी दिएकाछन् ।

    • प्रकाशित मितिः असोज २३, २०७७
    • १,१६८ पटक पढिएको
    • छाल खबर
  • पत्रकार दम्पत्ति सहित ४८ जना कोरोना संक्रमित थपिए

    छाल खवरधरान,२२ असोज ः धरानमा कोरोना संक्रमितहरु बढनेक्रम तिव्र वन्दै गएको छ । धरानमा विहिवार (आज) बिहानै धरानका पत्रकार दम्पती सहित ४८ जना कोरोना संक्रमित थपिएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेल्प डेस्कमा स्वाब संकलन गरिएकाहरु ४८ जनाको रिपोर्ट पोजेटिभ आएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिएकाछन् । मेहताका अनुसार संक्रमितहरुमा प्रतिष्ठानका स्वास्थ्यकर्मी, कर्मचारीहरु पनि छन् ।

    • प्रकाशित मितिः असोज २२, २०७७
    • ६९१ पटक पढिएको
    • छाल खबर
  • आजबाट असोज २८ गतेसम्म धरान उपमहागनरपालिका र वडा कार्यालयहरु बन्द

    छाल खवर धरान,२२ असोज ः दिनप्रतिदिन कोरोना संक्रमण बढन थालेपछि र जनप्रतिनिधी र कर्मचारीहरु समेत नै संक्रमित हुन थालेपछि धरान उपमहानगरपालिकाका अतिआवस्यक बाहेक सवै सेवा एक हप्ताका लागि वन्द गर्ने निर्णय गरेको छ । धरान उपमहागनरपालिकाको कार्यालय र वडा कार्यालयहरु आजबाट एक सातासम्मका लागि वन्द गर्ने निर्णय भएको हो । नगर कार्यापालिका र वडाका कर्मचारी तथा जनप्रतिधिहिरु एकपछि अर्को गरेर संक्रतिम हुन थालेपछि उपमहागनरपालिकाले यस्तो निर्णय गरेको हो । दिउसो सर्वदलीय र सर्वपक्षीय भेलाबाट सुझावहरु लिएपछि लकडाउन नगरि उपमहानगरपालिकाले यस्तो निर्णय लिएको हो । बुधवार दिनभर धरानमा लकडाउन हुने हल्ला चलेको थियो

    • प्रकाशित मितिः असोज २२, २०७७
    • २,६७८ पटक पढिएको
    • छाल खबर
  • धरानका दुई वडाध्यक्ष सहित मंगलवार ७९ जना कोरोना सङ्क्रमित

    छाल खवर धरान,२१ असोज ः धरानमा दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढदै जान थालेको छ । धरानमा मङ्गलवार साँझ दुइ जना वडाध्यक्ष सहित ७९ जना कोरोना सङ्क्रमित थपिएका हुन। सोमबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेल्प डेस्कमा र धरान(१७ को एन्फा क्वारेनटाइनमा स्वाब लिएका स्वाब लिइएका मध्येबाट मङ्गलवार साँझ ७९ जनाको रिपोर्ट पोजेटिभ आएको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाले जनाएको छ । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताका अनुसार कोरोना सङ्क्रमित हुनेहरूमा दुई जना वडाध्यक्ष, २० नम्बर वडा कार्यालयका एक जना कर्मचारी, ३ नम्बर वडाको कर्मचारी, धरान उपमहानगरपालिकाको शि

    • प्रकाशित मितिः असोज २१, २०७७
    • २,०४२ पटक पढिएको
    • छाल खबर
  • नेविसंघका केन्द्रीय अध्यक्ष राजिव ढुङ्गानालाई कोरोना पोजेटिभ

    छाल खवर धरान,२० असोज ःनेपाल विधार्थी संघका केन्द्रिय अध्यक्ष राजिव ढुङ्गानालाई कोरोना पोजेटिभ भएको छ । धरान स्थित वि. पि.स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाव परिक्षण गर्दा पोजेटिभ देखिएको पारिवारिक श्रोतले जनाएको छ । ढुङ्गानले आफ्नो फेसबुकमा लेखि सबैलाई जानकारी गराएकाछन् । उनले आफ्नो सम्पर्कमा आएका सवै जनालाई स्वास्थ्य सतर्कता अपनाउन आग्रह समेत गरेकाछन् । मंगलवारसम्म इटहरीमा ६ सय १२ जनामा कोरोना संक्रमण भएको इटहरी स्वास्थ्य महाशाखाले जनाएको छ । कोरोनाको कारण इटहरीमा ४ जनाको ज्यान गएको छ ।

    • प्रकाशित मितिः असोज २०, २०७७
    • १,४४३ पटक पढिएको
    • छाल खबर
  • नेपाली कांग्रेस र संघिय समाजवादीका नेता, कार्यकर्ता नेकपामा प्रवेश

    छाल खवर धरान,२० असोज ःनेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य तथा प्रदेश इन्चार्ज भीम आचार्यले संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहको सरकारको तालमेलबाट समृद्धि र विकास हुने बताउनु भएको छ । आचार्यले दक्षिणवर्ती क्षेत्रमा कांग्रेसले अन्य दुई तहका सरकारसँग तालमेल नगर्दा सुनसरीको दक्षिण क्षेत्रको विकासमा पछि परेको आचार्यले दावी गर्नुभयो । पञ्चायत कालमा पनि काम्दै काम्दै टिकेकै हो टिकेको दावी गर्दै कम्युनिष्टहरु आएपछि कांग्रेस कम्जोर हुदै गएको उल्लेख गर्नुभयो । २८ बर्ष शासन गर्दा कांग्रेसले कुनै उल्लेख्य काम गर्न नसकेको जिकिर गर्दै देश र जनताको निम्ति नेकपाले आमूल परिवर्तनको नि

    • प्रकाशित मितिः असोज २०, २०७७
    • १,९६८ पटक पढिएको
    • छाल खबर
  • दशैँको टीकाको उत्तम साइत सार्वजनिक

    धरान,२० असोज ः नेपाल पञ्चाङ्ग निर्णायक समितिले विसं २०७७ को विजयादशमीलगायत दशैँका विभिन्न साइत सार्वजनिक गरेको छ । विसं २०७७ कात्तिक १ गते शनिबारदेखि नेपालीको महान् चाड बडादशैँ शुरु हुँदैछ । दुर्गा पक्षसमेत भनिने दशैँको पहिलो दिन वैदिक सनातन धर्मावलम्बीले घरघरमा दियो, कलश र गणेश स्थापना गरी विशेष पूजासहित घटस्थापना गर्छन् । घटस्थापनाको साइत कात्तिक १ गते शनिबार बिहान ११ः४६ बजे शुभ रहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । यस वर्ष घटस्थापनाका दिन चित्रा नक्षत्र परेकाले दोष नाश गर्ने अभिजित् मुहूर्त दिनुपर्दा ११ः४६ बजेको साइत निस्किएको समितिले जनाएको छ । नवरात्र शुरु हुने घट

    • प्रकाशित मितिः असोज २०, २०७७
    • १३५ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic