समाचार

    Showing ४१-५० of १,७२१ items.
  • एक्वा सेकेण्डरी र विजयपुर हस्पिटलवीच स्वास्थ्य सहुलियत सम्झौता

    छाल खवर धरान,२४ चैत्रःएक्वा सेकेण्डरी वोडिङ स्कुल धरान–१७ र विजयपुर हस्पिटल प्रा.लि.धरान–१० बीच सहुलियत स्वास्थ्य सेवा प्रदान गर्ने विषयमा सहकार्यको सम्झौता भएको छ । विद्यालयको पहलमा भएको यस सम्झौताले विद्यार्थी, शिक्षक, अभिभावक तथा कर्मचारीलाई सहज र सुलभ स्वास्थ्य सेवा उपलब्ध हुने स्कुलको अपेक्षा रहेको छ । सम्झौतामा अस्पतालका तर्फबाट हाडजोर्नी विभाग प्रमुख जनक दास तथा प्रमुख प्रशासक इन्दु नेपाल योन्जन र विद्यालयका तर्फबाट निर्देशक अनिश राईको सहभागिता रहेको थियो। सम्झौता अनुसार विद्यालयसँग आवद्ध सबै व्यक्तिहरूले विभिन्न सेवामा आकर्षक छुट पाउनेछन्। जसअन्तर्गत औषधि सेवामा १० प्रत

    • प्रकाशित मितिः चैत २५, २०८२
    • २७३ पटक पढिएको
    • छाल खबर
  • धरान मन्टेश्वरी एकेडेमीको दिक्षान्त समारोह सम्पन्न

    छाल खवर धरान,२३ चैत्रः धरान मन्टेश्वरी एकेडेमी धरान–१ को वार्षिक कार्यक्रम तथा दिक्षान्त समारोह मंगलवार सम्पन्न भएको छ । मन्टेश्वरीले सोमवार र मंगलवार गरी दुइ दिन सैनिक भवन सभाहलमा वार्षिक उत्सव तथा दीक्षान्त समारोह सम्पन्न गरेको हो । कक्षा ५ उत्तीर्ण गरी कक्षा ६ मा प्रवेश गरेका २३ जना विद्यार्थीहरूलाई औपचारिक रूपमा दिक्षित गरिएको थियो । दिक्षित विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्रालयका मन्त्री प्रदिप कुमार सुनुवारले विद्यार्थीहरुलाई प्रमाण पत्र र दिक्षान्तको कालो टोली लगाएर हौसला प्रदान गर्नु भएको थियो । मन्त्री सुनुवारले आजका ब

    • प्रकाशित मितिः चैत २४, २०८२
    • ३४७ पटक पढिएको
    • छाल खबर
  • मुन्दुम ट्रेल अल्ट्रा रेसकाे उपाधी  विनोद र निर्मला प्रथम

    छाल खवर धरान,२३ चैत्रः भोजपुर जिल्लामा आयोजिक पहिलो मुन्दुम ट्रेल अल्ट्रा रेस–२०८२’ को उपाधी विनोद थापामगर र निर्मला राईले हात पारेकाछन् । पुरुषतर्फ ओखलढुङ्गाका विनोद थापामगर र महिलातर्फ खोटाङकी निर्मला राईले उपाधी हात पारेकी हुन । आइतबार सम्पन्न प्रतियोगितामा महिलारपुरुष ६० किलोमिटर खुला अल्ट्रा रेस प्रतियोगितामा विनोदले ६ घण्टा ५० मिनेट र निर्मलाले ८ घण्टा २० मिनेटमा दूरी पार गर्दै उपाधि प्राप्त गरेका थिए । पुरुषतर्फ सोलुखुम्बुका अर्जुन कुलुङ ६ घण्टा ५६ मिनेटसहित दोस्रो र सोही जिल्लाका मिलन कुलुङ ७ घण्टा ६ मिनेटमा दूरी पार गर्दै तेस्रो भएका थिए । यता महिलातर्फ रोल्पाकी आश्मा व

    • प्रकाशित मितिः चैत २३, २०८२
    • ७२९ पटक पढिएको
    • छाल खबर
  • उद्योग वाणिज्य महासंघ कोशी अध्यक्षमा राजेन्द्र

    छाल खवर धरान,२३ चैत्र ः नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत निर्वाचित भएकाछन् ।आइतवार विराटनगरमा भएको निर्वाचनमा राउत दोस्रो कार्यकालका लागि पुनः निर्वाचित भएका हुन । राउतले १४२ मत प्राप्त गरी निर्वाचित हुदा निकटतम प्रतिद्धन्द्धी नविन रिजालले भने ५८ मत पाएका थिए ।अध्यक्षबाहेक ४ जना पदाधिकारी र एसोसिएट्स सदस्यहरू निर्विरोध निर्वाचित भएका छन्। तीन वर्षअघि झापामा भएको निर्वाचनमा राउत अध्यक्षमा निर्विरोध निर्वाचित भएका थिए । शिवम् अर्गनाइजेसनका अध्यक्ष राउत महासंघ कोशीका संस्थापक सदस्य हुन् । उनको कार्यकालमा प्रदेश कार्यालय भवन निर्माण भइरहेको छ । उनीसँग प्रतिस्पर

    • प्रकाशित मितिः चैत २३, २०८२
    • १५७ पटक पढिएको
    • छाल खबर
  • शैक्षिक संस्था र सरकारी कार्यालय शनिबार र आइतबार बिदा

    छाल खवर धरान,२२ चैत्रः सरकारले हप्तामा दुइदिन शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ। आइतवार वसेको मन्त्री परिषद वैठकले सो निर्णय गरेको हो । सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा लागू हुने सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए। पेट्रालियम आपूर्तीमा उत्पन्न असहजताका कारण यो निर्णय गरेको उनले बताए । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय लिएको हो । प्रवक्ता पोखरेलका अनुसार, भोलि चैत २३ गते देखि यो समयावधि लागू हुनेछ ।  

    • प्रकाशित मितिः चैत २२, २०८२
    • १८८ पटक पढिएको
    • छाल खबर
  • व्लसम मन्टेश्वरीको दिक्षान्त समारोह सम्पन्न

    छाल खवरधरान,२२ चैत्रः व्लसम मन्टेश्वरी धरान–१२ को वार्षिक कार्यक्रम तथा दिक्षान्त समारोह सम्पन्न भएको छ । मन्टेश्वरीले शनिबार सैनिक भवन सभाहलमा वार्षिक उत्सव तथा दीक्षान्त समारोह सम्पन्न गरेको हो । कार्यक्रम कक्षा युकेजी उत्तीर्ण गरेका विद्यार्थीहरूलाई औपचारिक रूपमा दीक्षान्त प्रदान गरिएको थियो । समारोहमा विद्यार्थीहरूले गायन,नृत्य, तथा विविध कार्यक्रम प्रस्तुत गर्दै अभिभावक तथा अतिथिहरूलाई मनोरन्जन दिलाएका थिए । विद्यालयकी प्रिन्सिपल टिना (केसी) गुरुङले बालबालिकाको समग्र विकासमा यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने वताउनु भयो । बालबालिकाको भविष्य निर्माण गर्ने विद्यालयको उद्द

    • प्रकाशित मितिः चैत २२, २०८२
    • २९१ पटक पढिएको
    • छाल खबर
  • सुमेधा वक्तृत्वकला प्रतियोगिताको उपाधी सन्जिनाको हातमा

    छाल खवर धरान,२१चैत्रः धरानमा सम्पन्न “धरान प्लस टु स्तरीय सुमेधा वक्तृत्वकला प्रतियोगिता–२०८२” मा धरान मेघा हिमालयन कलेजकी छात्रा सन्जिना राई प्रथम स्थान हासिल गरेकी छन्। ¥याडिकल लाइट नेपाल प्रा.लि. धरानको आयोजनामा भएको सो प्रतियोगितामा अन्य १७ प्रतिष्पधीलाई पछी पार्दै उनी प्रथम वनेकी हुन । संस्थाको कार्याल हलमा भएको प्रतियोगितामा धरानका विभिन्न प्लस टु बाट फाइनल चरणमा पुगेका १८ जना विद्यार्थीहरू सहभागी भएका थिए। प्रतियोगितामा सहिद स्मृति मा.वि.की झरना राई फस्ट रनरअप र पब्लिक हाईस्कुलकी गुन्जन लुइँटेल सेकेन्ड रनरअप बनेकी थिइन ।त्यस्तै, डिपोट सेकेन्डरी स्कुलकी क्यासी रा

    • प्रकाशित मितिः चैत २१, २०८२
    • २७१ पटक पढिएको
    • छाल खबर
  • होली गार्डेन एकेडेमीले ५ जना विद्यार्थीलाई ३ वर्ष आमा बुवा स्मृति छात्रवृत्ति दिने

    छाल खवर धरान,२० चैत्र ः होली गार्डेन एकेडेमी धरान–१ ले आफ्नो विद्यालयभन्दा बाहिरबाट आउने ५ जना विद्यार्थीलाई विशेष छात्रवृत्ति प्रदान गर्ने भएको छ । विद्यालयले शैक्षिक सत्र २०८३ का लागि कक्षा ८ मा भर्ना हुन चाहने उत्कृष्ट विद्यार्थीहरूका लागि आमा बुवा स्मृति छात्रवृत्ति प्रदान गर्ने भएको हो । सामाजिक उत्तरदायित्व र जेहेन्दार विद्यार्थीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले विशेष छात्रवृत्ति कार्यक्रमको घोषणा गरीएको एकेडेमीका प्रिन्सिपल राजेन्द्र गुरुङले वताए । आफ्नो विद्यालय भन्दा वाहिरबाट आएका विद्यार्थीहरु मध्येबाट उत्कृष्ट नतिजा ल्याउने ५ जना विद्यार्थीहरूले कक्षा ८ देखि १० कक्षासम्म ३

    • प्रकाशित मितिः चैत २०, २०८२
    • २,९२२ पटक पढिएको
    • छाल खबर
  • पेट्रोलमा अहिलेसम्म कै उच्च मुल्यवृद्धि

    छाल खवर काठमाडौं,२० चैत्रः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा अत्याधिक मात्रामा वृद्धि गरेको छ । मूल्यवृद्धिसँगै पेट्रोलको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । निगमको सञ्चालक समितिले चैत १९ गते बिहीबार लिएको निर्णयअनुसार नयाँ मूल्य शुक्रबार राति १२ बजेदेखि लागू भएको हो ।नयाँ मूल्यसूचीअनुसार अब काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर २०२ रुपैयाँ पुगेको छ ।यसअघि कायम रहेको मूल्यभन्दा प्रतिलिटर १५ रुपैयाँले वृद्धि गरिएको हो । त्यस्तै, डिजेल र मट्टीतेलको मूल्य पनि समान रूपमा प्रतिलिटर १५ रुपैयाँले बढाएर १७२ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ । निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा इन्

    • प्रकाशित मितिः चैत २०, २०८२
    • १७९ पटक पढिएको
    • छाल खबर
  • चौथो गोर्खा ट्रेल दौडकाे उपाधी उमेश थापा र प्रिया तामाङलाई

    छाल खवरधरान,१४चैतः धरानमा आयोजित चौथो संस्करणको गोर्खा ट्रेल ब्लेजर दौड प्रतियोगिता २०८२ सम्पन्न भएको छ । गोर्खा सिमेट्रीज ट्रष्ट नेपालको आयोजनामा शनिवार धरानमा प्रतियोगिता सम्पन्न भएको हो । गोर्खा ट्रेल ब्लेजर दौड प्रतियोगितामा पुरुषतर्फ धरानका उमेश थापा र महिलातर्फ भारतको दार्जिलिङकी प्रिया तामाङ विजेता बनेका छन् । १० किलोमिटर दूरीको प्रतिस्पर्धामा उमेश थापाले २५ मिनेट ५१ सेकेन्डमा दौड पूरा गर्दै पहिलो स्थान हासिल गरे । उनले उपाधिसहित नगद २० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । महिलातर्फ प्रिया तामाङले ३० मिनेट ४६ सेकेन्डमा दूरी पार गर्दै पहिलो स्थान हात पारिन् । उनले पनि २० हजार रुपैयाँ

    • प्रकाशित मितिः चैत १५, २०८२
    • १५७ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic