छाल खवर जेठ २८ २८ जेठ, काठमाडौं । कुवेतमा आम माफी पाएका मध्ये ३ सय महिला स्वदेश फर्कने भएकाछन् ।बिहीबार बेलुका मात्र कुवेतबाट करिब ३ सय महिला श्रमिक फर्किने भएका हुन । कुवेतमा आममाफी पाएर आश्रय क्याम्पमा बसिरहेका महिलालाई कुवेतले काठमाडौं ल्याइदिन लागेको हो । सबै प्रक्रिया टुंग्याएर विहिवारका लागि दुई वटा उडान तय भएको कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले जानकारी दिएकाछन् । करिब २९ सय नेपाली कुवेतमा विभिन्न क्याम्पपमा आममाफीको प्रक्रिया पुरा गरेर बसेका छन् । क्वारेन्टाइन बनाइएका विभिन्न क्याम्पमा बसेर वैशाखको तेस्रो हप्तादेखि उनीहरु स्वदेश फर्किने अनुमति कुरिरहेका थिए । उनीहरूले छि
छाल खवर जेठ २८काठमाडौं । सरकारले लक डाउनको नयाँ मोडालिटी तय गरेर जनजीवन सहज बनाउने तयारी गरेको छ । बुधवार दिउँसो बस्ने मन्त्रिपरिषद बैठकले आगामी लकडाउनको ढाँचा टुंगो लगाउने भएको हो ।जनस्तरबाट लकडाउनको मोडालिटिको विरोध हुन थालेपछि सरकारले परिवर्तन गर्न लागेको हो ।बैठकमा लकडाउनको नयाँ मोडालिटी, जनस्वास्थ्य संकटकाल लगायतका विषयमा आवश्यक निर्णय हुने बुझिएको छ । यसअघि उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वको कोभिड १९ (कोरोना भाइरस) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले लकडाउन खुकुलो बनाउने प्रस्ताव तयार पारेर मन्त्रिपरिषदमा वुझाएको थियो ।दुई हप्ताको एक चरण गरी पाँच चरणमा लकडाउन क्रमशः खुकुलो बनाउ
छाल खवर २०७७ जेठ २८ गते प्रदेश १ सरकारले विदेशबाट फर्केका युवाहरुलाई स्वदेश मै स्वरोजगार वनाउनका लागि तथ्याङ्क संकलन गर्ने काम शुरु गरेको छ । प्रदेश न.ं १ सरकारले विदेशमा रहेकाहरुको तथ्यांक संकलन गर्न अनलाइन फारम खुला गरेको छ । विश्व महामारीको रुपमा रहेको कोरोना भाइरसका कारण विदेश रहेर घर फर्किन चाहने र स्वदेश फर्किएका नागरिकको तथ्यांक संकलनका लागि प्रदेश सरकारले अनलाइन फारम खुला गरेको हो ।प्रदेश नं. १ का मुख्य मन्त्री शेरधन राईले फारम भरेका प्रदेशवासीको सीपलाई प्रदेशको विकासमा प्रयोग गर्ने उद्देश्यसहित सरकारले अनलाइन फारम खुला गरेको बताए । मंगलबार अनलाइन फारम शुभारम्भ गर्दै उनले सबैलाई फारम
धरान/ धरानको प्रमुख तरकारी विक्रि केन्द्रको रुपमा रहेको धरान–९ स्थित नरेन्द्र पथको सव्जि वजारमा संयुक्त व्पापार एकता संघले निःशुल्क रुपमा हात धुने ट्याङकीको व्यवस्था गरेको छ । लक डाउन शुरुभएदेखि वन्द रहेको तरकारी विक्रि केन्द्र विहिवारदेखि सञ्चालन भएपछि विश्वव्यापि महामारीको रुपमा फैलिएको कोरोना (कोविड १९) को संक्रमणलाई न्युनिकरण गर्नको लागि संघले सो ट्याङकीको व्यवस्था गरेको हो । संघका अध्यक्ष रामकुमार दासले तरकारी विक्रि केन्द्रमा आउने र व्यवासायी दुवैलाई कोरोनाको संक्रमणबाट न्युनिकरण गर्नको लागि सावुन पानीको व्यवस्था गरीएको जानकारी दिए । सो क्षेत्र धरानको सवैभन्दा ठूलो तरकारी विक्र
पथरी / कानेपोखरी गाउँपालिकाको क्वारेन्टाइनबाट ६ जना घर फर्किएका छन् । ६ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि उनिहरु क्वारेन्टाइनबाट घर फर्किएका हुन । शुक्रबार गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्ले र उपाध्यक्ष राजमती इङ्नामले खदा लगाउँर्दै उनीहरुलाई विदा गरेको हो । वयरवन स्वास्थ चौकीको क्वारेन्टाइनमा बसेका वडा नं. ७ का ४ जना र जनसेवा माविको क्वारेन्टाइनमा बसेका २ जनालाई विदा गरिएको थियो । वयरवन स्वास्थ चौकीको क्वारेन्टाइनमा बसेका ४ जना १७ दिन पछि र जनसेवा माविको क्वारेन्टाइनमा बसेका २ जना १४ दिन पछि विदा भएको स्वास्थ संयोजक रोहिन्द्र कुमार राजभण्डारीले बताए । विदाई कार्यक्रममा उनिहरुले १७
धरान/ विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक बालिकामा कोरोना पोजेटिभ देखिएको छ । बराहक्षेत्र नगरपालिका वडा नं. ८ बाट खुट्टा भाँचिएर उपचार गर्न आएकी ८ वर्षिय बालिकामा कोरोना संक्रमण देखिएको हो । उनको अप्रेसन गर्ने तयारी स्वरुप गरिएको कोरोनाको पिसिआर परिक्षणमा पोजेटिभ देखिएको हो । उनलाई अर्थाे अब्जरवेशन वार्डबाट कोरोना उपचार केन्द्रमा सारिएपछि वार्डलाई पुरै सफा गरिएको प्रतिष्ठानका प्रबत्ता डा. निदेशकुमार सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार वार्डलाई पुरै सफाई गरेपछि सिल गर्ने आवश्यकता नभएको हो । तर कन्ट्र्याक ट्रेसिङ भने गर्ने तयारी थालिएको प्रवत्ता सापकोटाले बताउनुभयो
धरान/ धरानमा नयाँ डिएसपी सरुवा भएर आएका छन् । आज (शुक्रबार) डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेत सरुवा भएर धरान आएका हुन् । यसअघि डिएसपी बस्नेत प्रहरी प्रधान कार्यालय कानून शाखा नक्साल काठमाडौंमा कार्यरत रहेका थिए । यहाँ कार्यरत रहेका डिएसपी ढुण्डीराज न्यौपाने १३ महिना ५ दिनपछि सरुवा भएर प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान व्यूरो काठमाडौं गएका छन् । डिएसपी न्यौपानेले नयाँ सरुवा भएर आएका डिएसपी बस्नेतलाई स्वागत गर्दै जिम्मेवारी हस्तान्तरण गरेका थिए । नयाँ डिएसपीलाई इन्स्पेक्टर हेमराज वलीसहित इप्रका मातहत रहेका १३ वटा चौकीका इञ्चार्जहरूले स्वागत गरेका छन् । इलाका प्रहरी कार्यालय मातह
धरान/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा हालसम्म ५ हजार भन्दा बढी कोरोनाको पीसीआर परीक्षण गरी सकिएको छ । प्रतिष्ठान प्रशासनका अनुसार ५ हजार १३६ जनाको पीसीआर परीक्षण गरिएकोमा १२२ जना संक्रमण भएको (पोजेटिभ) रिपोर्ट आएको छ । अन्यमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । बीपी प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले कोरोना परीक्षणको आधारमा प्रतिष्ठानमा न्यून संख्यामा मात्रै कोरोना भएको रिपोर्ट आएको बताए । बीपीमा उपचाररत कोरोना संक्रमितमध्ये थप तीन जना कोरोना मुक्त बनेका छन् । यसअघि एक महिलासहित १८ जना कोरोना मुक्त बनेका थिए । झापा कचनकवलका तीनै जना १५ देखि ४५ वर्षका पुरुष रहेका छन्
विराटनगर/ आर्थिक वर्ष २०७७/७८ को लागि प्रदेश १ सरकारको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । नीति तथा कार्यक्रमले विषयगत रुपमा स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेको छ । यस्तै विदेशबाट रोजगारी गुमाएर घर फर्किएका युवाहरुको लागि उत्पादनशील रोजगारी व्यवस्था गर्न उद्योग र भौतिक पूर्वाधार विकास उच्च प्राथमिकतामा रहने कार्यक्रममा उल्लेख छ । यसका साथै शिक्षा, सुरक्षा, वन र वातावरण, सूचना प्रविधि, सुशासन, पुर्वाधार, पर्यटन, कृषिलगायतका क्षेत्रलाई तेस्रो प्राथमिकतामा राखेको छ । किसानहरुको लागि ४५ करोडको राहत घोषणा गरिएको छ । विदेशबाट आउने युवाहरुलाई अनलाइन फर्म भर्न लगाइ अद्यावधिक गरिने
धरान/ धरानमा थप एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर सुरेश मेहताले धरान उपमहानगरपालिकामा १ जना महिलामा कोरोना सङ्क्रमण भएको जानकारी मन्त्रालयलाई प्राप्त भएको बताए । धरानउपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताका अनुसार यसबारेमा धरान उपमहानगरलाई जानकारी नआएको
Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved
Website By : Hash Tech Logic