छाल खवर धरान,६ कार्तिक ः प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले वडा दशैंको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । भण्डारीले विहिवार शुभकामना सन्देश जारी गर्दै शुभकामना व्यक्त गर्नुभएको हो । राष्ट्रिय एकता र मानवीय सद्भाव जागृत गर्दै सकारात्मक सोचसहित पारस्पारिक सद्भाव, भातृत्व, सहकार्य, एक अर्का प्रति सम्मान र स्नेह सञ्चार गर्ने नेपाली साँस्कृतिक पर्व बडा दशैं २०७७ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु हुने सम्पूर्ण नेपाली दाजु–भाइ, दिदी–बहिनीहरुमा सुख, शान्ति, सु स्वास्थ्य, उत्तरोत्तर प्रगति, दिर्घायू एवंम् समृद्धिको कामना गर्दछु सन्देशमा भनिएको छ । बहुजातीय, बहुधार्मिक, बह
धरान,३ कार्तिक ः कैलालीको धनगढी उपमहानगरपालिका—१२ जुगेडामा रहेको अस्थायी प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक मृत फेला परेका छन् । शनिबार रातिदेखि बेपत्ता प्रहरी सहायक निरीक्षक गोविन्द बिक आइतबार बिहान नेपाल–भारत सीमा नाकामा मृत फेला परेका हुन् । उनीसंगै गस्तीमा गएका प्रहरी जवान रामबहादुर साउद बेपत्ता छन् । चौकीबाट मोटरसाईकलमा राति साढे ८ बजे गस्तीमा गएका बिक र साउद राति साढे १० बजेदेखि सम्पर्कबिहिन भएका थिए । आइतबार बिहान खोजी गर्दा प्रहरी सहायक निरीक्षक बिकको शव प्रहरी चौकीबाट तीन किलोमिटर टाढा मोहना नदी किनारामा फेला परेको छ । यस्तै उनीहरु सवार मोटरसाइकल भने एक किलोम
सन् २०२० को शुरुवातताका म निकै उत्साहित थिएँ । नयाँ युगको सिनेमाक्षेत्र भएकाले दोस्रो चरणको प्रवेशजस्तो भएको थियो । त्यसैले केही नर्भस, आशावादी थिएँ । नयाँ प्रविधिमा आधारित सिनेमासँगको मेरो सहकार्य दिवेकर बनर्जीसँग थियो । निर्देशक बनर्जी सिनेक्षेत्रका तीक्ष्ण व्यक्तिका रुपमा चिनिन्छन् । उनका कामको प्रशंसा नयाँ शैलीका सिनेमामा रुचि राख्नेहरुले मुक्त कण्ठले गर्दछन् । नेटफिल्क्ससँग मेरो तेस्रो प्रोजेक्ट थियो । मलाई थाहा थियो, सिनेमाको स्क्रिप्ट विलक्षण प्रकारको थियो । अघिल्ला प्रोजेक्टहरु जसरी उही निर्देशकको काममा सहभागी हुनुले नर्भस र उत्साहित दुवैले भरिएकी थिएँ
छाल खवर धरान,३० असोज ः दिनप्रतिदिन कोरोना संक्रमितको संख्यामा वृद्धि हुन थालेपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लामा लागु हुने गरी निषेधाज्ञा जारी गरेको छ । प्रशासनले शुक्रवार सूचना जारी गरी जिल्ला भित्र लागु हुने गरी विभिन्न क्षेत्र तोकी निषेधाज्ञा जारी गरेको हो । प्रशासनको निर्णयसँगै अब सुनसरीमा दलीय कार्यक्रम गर्न पाइने छैन् । प्रशासनले दिएको जानकारी अनुसार जिल्लामा सभा, सम्मेलन, शुभकामना आदान प्रदानका साथै सामूहिक रुपमा भेलाजम्मा भई कुनै पनि कार्य गर्न पाइने छैन् । सुनसरी प्रशासनले उद्घाटन, शिलान्यास, मेला, जात्रा जस्ता कार्य समेतमा रोक लगाइएको जनाएको छ । त्यसै गरी मन्दिर, शक्ति
छाल खवर धरान,२४ असोज ः कोरोनामा संक्रमितको संख्या दिनप्रतिदिन वढन थालेपछि चाडपर्वलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालय सुनसरीले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । नजिकिदै गरेको प्रमुख चाडालई लक्षित गरी सुरक्षा योजना सार्वजनिक गरेको हो । विगतका वर्षहरुमा मठ मन्दिरमा गरीदै आएको पूजाआजा यस पटक निषेध गरीएको र शक्ति पीठहरु वन्द गर्न निर्देशन दिइएको प्रशासनले जनाएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले मठ मन्दिरहरुमा एकजना पुजारी मात्रले पूजा गर्न पाउने व्यवस्था गरीएको जानकारी दिएकाछन् । दशैं तिहार र छठ पर्वमा मठ मन्दिरमा भक्तजनको भीड लाग्ने हुँदा त्यसले को
छाल खवर धरान,२३ असोजः बालिकालाई जबरजस्ति करणी गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालयका डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले का अनुसार पक्राउ पर्नेहरूमा धरान ४ का ३१ वर्षीय शेर बहादुर श्रेष्ठ र धरान १६ का ४२ वर्षीय बिकाश मण्डल रहेकाछन् । डिएसपी बस्नेतले धरान ४ का श्रेष्ठले नाता पर्ने १७ वर्षीय बालिकालाई धम्की दिएर पटक पटक करणी गरेको भन्द उजुरी परेकोले पक्राउ गरीएको वताएकाछन् । जबरजस्ताी करणी मुद्दामा सुनसरी जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी श्रेष्ठमाथी अनुसन्धान भईरहेको डिएसपी बस्नेतले जानकारी दिएकाछन् ।
छाल खवर धरान,२२ असोज ः दिनप्रतिदिन कोरोना संक्रमण बढन थालेपछि र जनप्रतिनिधी र कर्मचारीहरु समेत नै संक्रमित हुन थालेपछि धरान उपमहानगरपालिकाका अतिआवस्यक बाहेक सवै सेवा एक हप्ताका लागि वन्द गर्ने निर्णय गरेको छ । धरान उपमहागनरपालिकाको कार्यालय र वडा कार्यालयहरु आजबाट एक सातासम्मका लागि वन्द गर्ने निर्णय भएको हो । नगर कार्यापालिका र वडाका कर्मचारी तथा जनप्रतिधिहिरु एकपछि अर्को गरेर संक्रतिम हुन थालेपछि उपमहागनरपालिकाले यस्तो निर्णय गरेको हो । दिउसो सर्वदलीय र सर्वपक्षीय भेलाबाट सुझावहरु लिएपछि लकडाउन नगरि उपमहानगरपालिकाले यस्तो निर्णय लिएको हो । बुधवार दिनभर धरानमा लकडाउन हुने हल्ला चलेको थियो
धरान,२० असोज ः नेपाल पञ्चाङ्ग निर्णायक समितिले विसं २०७७ को विजयादशमीलगायत दशैँका विभिन्न साइत सार्वजनिक गरेको छ । विसं २०७७ कात्तिक १ गते शनिबारदेखि नेपालीको महान् चाड बडादशैँ शुरु हुँदैछ । दुर्गा पक्षसमेत भनिने दशैँको पहिलो दिन वैदिक सनातन धर्मावलम्बीले घरघरमा दियो, कलश र गणेश स्थापना गरी विशेष पूजासहित घटस्थापना गर्छन् । घटस्थापनाको साइत कात्तिक १ गते शनिबार बिहान ११ः४६ बजे शुभ रहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । यस वर्ष घटस्थापनाका दिन चित्रा नक्षत्र परेकाले दोष नाश गर्ने अभिजित् मुहूर्त दिनुपर्दा ११ः४६ बजेको साइत निस्किएको समितिले जनाएको छ । नवरात्र शुरु हुने घट
छाल खवर धरान,१८ असोज ः सुनसरीको पर्यटन तथा होटल व्यवसायी संगठित वनेकाछन् । जिल्ला भित्रका होटल तथा पर्यटन व्यवसायीहरुको शनिवार इटहरीमा भएको भेलाले व्यवासायीहरुलाई संगठित गरेको हो । भेलाले इटहरीका होटल व्यवसायी ओम पाथिभरा होटलका सञ्चालक तेजबहादुर पुरीको अध्यक्षतामा समिति गठन गरेको छ । नव गठित समितिको बरिष्ठ उपाध्यक्षमा सेछ होटल धरानका सञ्चालक तथा धरान होटल व्यवसायी समितिको महासचिव समेत रहेका बासु बराल चयन भएकाछन् । समितिको उपाध्यक्षमा इटहरीका प्रिमियर होटल स्कुलका सिईओ सुनिल भुषाल चयन भए भने महासचिवमा सफल पौडेल, सचिवमा धरान गजुर होटलका सञ्चालक गोपाल आचार्य र कोषाध्यक्षमा इटहरीका होटल इस्टन
छाल खवर धरान,१७ असोज ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल धरान– ७ को आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । स्थानीय पानमार वसपार्कमा शनिवार आयोजना गरीएको सो रक्तदान कार्यक्रममा ७२ पिन्ट रगत संकलन भएको संघले जनाएको छ । कोविडको महामारीको समयमा कुनैपनि विरामीले रगतको अभावमा अकालमा ज्यान गुमाउन नपरोस भन्ने उदेृश्यले रक्तदान कार्यक्रमको आयोजना गरीएको कार्यक्रम संयोजक तथा राष्ट्रिय युवा संघ नेपाल ७ नं वडा कमिटी अध्यक्ष भरत श्रेष्ठले वताए । संघले कोविडको समयमा विपन्न परिवारका लागि नियमित रुपमा खाद्यान्न समेत वितरण गरेको थियो । आगामी दिनहरुमा पनि यस
Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved
Website By : Hash Tech Logic