छाल खवर धरान,२३ पुष ःकिरातिहरुको नया वर्ष यलम्वर संवत ५०८२ (यलेदोङ)को अवसरमा अन्तर प्लस टु लेवल महिला थ्री वाइ थ्री बास्केटवल प्रतियोगिता आयोजना हुने भएको छ । किरात राई यायोक्खा सुनसरीको आयोजनामा शनिवार (भोली) धरान १९ स्थित हरियालि बास्केटवल कोर्टमा एक दिने बास्केटवल प्रतियोगिता आयोजना हुने भएको हो । प्रतितियोगितामा धरानका दश टिमले सहभागिता जनाएकाछन् । सहभागि विद्यालयहरुमा सुनाखरी,डिपोट,विष्णु मेमोरियल ए र वि, धरान आर्दश ए र वि, सिओन,होलिल्याण्ड स्कुल,हिमालयन मेघा ए र वि रहेको आयोजकले जनाएको छ । विजेता खेलाडिहरुले ५ हजार रुपैया, उपविजेताले ३ हजार रुपैया, ट्रफि र प्रमाण पत्र प्राप्त गर्नेछन
छाल खवर धरान,२० पुष ःडिजाइर्नस व्रान्डको आयोजना तथा अन्नपुर्ण युवा परिवारको संयोजनमा च्यरिटेवल १९ औ अन्नपुर्ण साझ आयोजना हुने भएको छ । पौष २७ गते आयोजना हुन लागेको सो साझमा नेपालको चर्चित गायक सविन राई एण्ड द फराओ र पहेलो वतिm मुनि व्याण्डको प्रस्तुति रहने आयोजकले सोमवार पत्रकार सम्मेलन गरी जानकारी गराएकाछन् । स्थानिय युवाहरुलाई सामाजिक कार्यमा सहभागि गराउने उद्धेश्यले लामो समय देखि सो साझ आयोजना हुदै आएको छ । १९ औ अन्नपुर्ण साझको विषयमा जानकारी गराउन सोमवार पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।संयोजनको रुपमा रहेको अन्नपुर्ण युवा परिवारले १९ औ अन्नपुर्ण साझलाई एक दिने उत्सवको रुपमा मनाउन ल
छाल खवर धरान,२० पुष ःधरान–१३ स्थित चिरञ्जीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०७७÷०७८ मा १ अर्व ४४ करोड भन्दा माथि कारोवार गरेको छ । संस्थाले सोमवार आयोजना गरेको १० औँ वार्षिक साधारणसभा पेस गरेको आर्थिक प्रतिवेदनमा सो कुराको जानकारी दिइएको हो । धरान–८ स्थित लाङ्घाली सामुदायिक वन उपभोक्ता समितिको सभाहलमा भएको साधारण सभामा संस्थाका अध्यक्ष खेम बहादुर माझिले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन सो कुरा उल्लेख गरीएको थियो । अध्यक्ष माझिले आर्थिक वर्ष २०७७÷७८ मा संस्थाले १ अर्ब ४४ करोड ७३ लाख १४ हजार १ सय ३० रुपैयाँको कुल कारोबार गरेको जानकारी दिएका
छाल खवर धरान,१३ पुष ः नेकपा एकिकृत समाजवादि पार्टी निकट विद्यार्थिहरुको संगठन अनेरास्ववियुको धरान स्थित महेन्द्र बहुमुखि क्याम्पसमा कार्यसमिति गठन भएको छ । नव गठित समितिको अध्यक्ष,उपाध्यक्ष,सचिव,सहसचिव र कोषाध्यक्षमा क्रमस सन्देश आङ्गवुहाङ्ग, रेगन राई,खेमराज गुरुङ्ग, पुजा कार्कि र सम्झना धिमाल रहेकाछन् । सम्पुर्ण प्रगतिशील,देशभक्त , बामपन्थी विद्यार्थीहरु एक हौँ भन्ने नाराका साथ क्याम्पसमा कमिटि गठन गरिएको संगठनले जनाएको छ । कमिटी गठन पश्चात संगठनले क्याम्पस प्रमुखलाई जानकारी गराएको अनेरास्ववियु सुनसरीका अध्यक्ष अतित किरण नेपालले बताएका छन् ।
छाल खवर धरान,१२ पुष ः नेपाल वन पैदावर उद्योग व्यवसायी संघ सुनसरीको साधारण सभाले युवराज वस्नेतको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको छ । सोमवार धरानको हरीयालीमा भएको २१ औं साधारण सभा तथा ८ औ अधिवेशनले वस्नेतलाई अध्यक्षमा चयन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा डिकबहादुर भुजेल र उपाध्यक्षमा रोहित सुव्वा निर्वाचित भएकाछन् । त्यसैगरी सचिव,सहसचिव,कोषाध्यक्ष र सहकोषाध्यक्षमा क्रमस ज्ञानबहादुर बस्नेत,कुमार तामाङ,प्रमोद श्रेष्ठ र प्रमेश्वर चौधरी निर्वाचित भएकाछन् । त्यसैगरी अन्य सदस्यहरुमा सुवर्ण सम्सेर राई,विनोद पौडेल,राजकुमार तामाङ,विनोद चौधरी,कृष्ण खड्का, मेघराज पौडेल,इश्वरी भट्टराई र झइ
छाल खवर धरान,१२ पुष ः पूर्वको प्रमुख पर्यटकीय क्षेत्रको रुपमा रहेको भेडेटारमा तीन दिने फुट फेस्टिवल आयोजना गरीने भएको छ । आयोजक भेडेटार होटल एशोसिएशनले सोमवार पत्रकार सम्मेलन आयोजना गरी सो वारेमा जानकारी दिएको हो । आयोजकले दिएको जानकारी अनुसार पुष १६ गतेदेखि १८ गतेसम्म ९ औं फुड फेस्टिवल आयोजना गरीने छ । हरेक अंग्रेजी नयाँ वर्षको अवसर पारेर त्याहा आउने पर्यटकहरुलाई लक्षित गरेर फेस्टिवल आयोजना गरीदै आएको छ । छिमेकी मुलुक भारतका पर्यटकहरुलाई लक्षित गरेर हुदै आएको फुड फेस्टिवल गत वर्षमा भने कोरोना महामारीको कारण हुन सकेको थिएन । कोरोना महामारीका कारण केही समय घरमा नै केन्द्रीत रहेका पर्यटकहरु
छाल खवर धरान,१२ पुष ःआवाज प्रदेश १ को खोजी प्रतिभाको भन्ने मुल उदेश्यका साथ प्रदेश १ स्तरीय गायन प्रतियोगीता हुने भएको छ । लाइभ टिभि नेटवर्क प्रा.लि.धरानको आयोजनमा पुष १५ गते देखि प्रदेश १ को १४ जिल्लाको विभिन्ना ठाँउमा अडिसन हुन् लागेको हो । सो प्रतियोगिताको अडिसन धरान १ स्थित उद्योग बाणिज्य सघको सभाहलबाट शुरु गर्न लागेको आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटन प्रदेश १ का माननीय मुख्यमन्त्री राजेन्द्र कुमार राइले विेशेष कार्यक्रमका साथ गर्ने कार्यक्रम संयोजक खेम दाहालले जानकारी दिएकाछन् । आयोजकले दिएको जानकारी अनुसार अडिसन पुस १५ गते धरान,पुस २१ गते इटहरी ,पुस २४ गते इनरुवा,पुस २८ गते ब
छाल खवर धरान,११ पुष ः कृषि उपज बजार व्यवस्थापन समिति धरान–१३ को अध्यक्षमा पुनः पर्शुराम कटुवाल निर्वाचित भएका छन् । शनिबार कृषि उपज बजारस्थलको सभा हलमा सम्पन्न निर्वाचनमा तीन वर्षे कार्यकालका लागि अध्यक्षमा कटुवालसहित ५ जना सदस्यहरू निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । निर्वाचित कार्यसमितिको सदस्यहरुमा व्यापारी प्रतिनिधिका तर्फबाट भक्तिकुमार राई (विनोद), रमेशकुमार शाह, कृषक समूहबाट झुमादेवी राई, राजेश मेहेता, पदम लिम्बू निर्वाचित भएका छन् । यस्तै, वडाध्यक्ष सदस्य रहने प्रावधान अनुसार १३ नम्बर वडाध्यक्ष नेत्रप्रसाद काफ्ले सदस्य रहनेछन् । विकासको फड्को मार्दै आएको कृषि बजारले कटुव
छाल खवर धरान,७ पुष ःप्रदेश नम्बर १ का मुख्यमन्त्री माननीय राजेन्द्रकुमार राईलाई प्रदेश नंं १ सरकारको न्यूनतम साझा कार्यक्रमका लागि गठित ५ दलीय न्यूनतम साझा कार्यक्रम तयारी कार्यदलले कार्यक्रमको मस्यौदा बुझाएको छ । समितिका संयोजक माननीय प्रदेश सांसद शेखरचन्द्र थापाले मुख्यमन्त्रीको कार्यकक्षमा मस्यौदा बुझाउनुभएको हो । उक्त कार्यदलमा प्रदेश सांसदहरू माननीय राजन राई माननीय धीरेन्द्र शर्मा, माननीय रामचन्द्र लिम्बू, अशोक चेम्जोङ्ग सदस्य रहनुभएको छ । त्यस्तै प्रदेश योजना आयोगका पूर्वसदस्य डा. पूर्ण लोक्सोम कार्यदलको सदस्य सचिव हुनुहुन्छ । कार्यदलका तर्फबाट मस्यौदा ग्रहण गर्दै प्रदेश नं १ मुख्
छाल खवर धरान,७ पुष ः२०५८ सालबाट प्लस टु संञ्चालन गरिरहको नेशनल एकेडेमीले यसै शैक्षिक सत्रबाट प्रदेश नं. १ मा पहिलो र एकमात्र स्कूलको रुपमा अन्तराट्रिय गुणस्तर चिन्ह आईएसओ प्राप्त गरेपछि मन्टेश्वरी पनि संञ्चालनमा ल्याएको छ । यस संगै स्कुलले आफ्ना शिक्षक तथा कर्मचारीहरुलाई पहिलो चरणको मन्टेश्वरी तालिम दिएको छ । पहिलो चरणको तालिममा मन्टेश्वरी अभिमुखीकरण तथा आर्ट एण्ड क्राफ्टको तालिम आफ्ना कर्मचारीहरुलाई दिने दिईरहेको छ । आज देखि शुरु भएको तालिम ४ दिनसम्म संञ्चालन हुनेछ । आर्ट एण्ड क्राफ्टका लागिमन्टेश्वरी ट्रेनर शिखा लिम्बु र नरमाया लिम्बुले सहजीकरण गरिरहेका छन । अभिमुखीकरणका लागि स्कुलका सिईओ
Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved
Website By : Hash Tech Logic