समाचार

    Showing १,२७१-१,२८० of १,६४९ items.
  • आमाको मुख हेर्ने पर्व आज

    प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ। शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइन्छ। छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ। आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्

    • प्रकाशित मितिः वैशाख २८, २०७८
    • १,७२७ पटक पढिएको
    • छाल खबर
  • कोविडका कारण एसइई र कक्षा १२ को परीक्षा स्थगित

    छाल खवर धरान,२७ वैशाख ः कोविडको संक्रमणका कारण एसइई र जेठ २६ गतेदेखि हुने कक्षा १२ को परीक्षा स्थगित गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले अर्को निर्णय नभएसम्मका लागि आगामी जेठ १३ गतेदेखि सञ्चालन हुनेदुवै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । कोभिड–१९ को महामारी बढिरहेको र सरकारले पनि यथास्थितिमा परीक्षा सञ्चालन नगर भनेकाले यही अवस्थामा परीक्षा सञ्चालन गर्न सक्ने अवस्था नरहेकाले तत्कालका लागि दुवै परीक्षा स्थगन गरिएको परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले जानकारी दिए । परीक्षा अब कहिले हुन्छ भन्ने बारेमा पुनःछलफल गरी अर्को सूचना प्रकाशन गरी जानकारी गराइने उनले ब

    • प्रकाशित मितिः वैशाख २७, २०७८
    • १,५३५ पटक पढिएको
    • छाल खबर
  • कालोबजारी र महगी विरूद्ध युवा संघ र अनेरास्ववियु

    छाल खवर धरान,२७ वैशाख ः नेकपा एमाले सम्वद्ध युवा संघ र अनेरास्ववियु धरान नगर कमिटीले कोरोना कहरको मौका छोपेर बजारमा भएको कृतिम,कालाबजारी र महगी विरूद्ध आन्दोलन गर्ने चेतावनि दिएको छ । सुनसरी उद्योग बाणिज्य संघलाई ज्ञापन पत्र बुझाउदै दवै संगठनहरुले कृतिम अभाव,कालाबजारी र महंगी विरुद्ध आन्दोलन गर्ने चेतावनि दिएका हुन् । युवा संघका धरान अध्यक्ष जगतबहादुर भारती र अनेरास्ववियु नगर अध्यक्ष अर्जुन कार्कीले छुट्टा छुट्टै ज्ञापन पत्र बुझाएर तीन दिन भित्र कृतिम अभाव र कालावजारी नियन्त्रण गर्न अल्टिमेटम दिएकाछन् । तीन दिन भित्र बजारमा बढेको अराजकता नियन्त्रण गर्न बेवास्ता गरे कडा आन्दोलनमा उत्रने य

    • प्रकाशित मितिः वैशाख २७, २०७८
    • ४,५३३ पटक पढिएको
    • छाल खबर
  • गण्डकी प्रदेशका मुख्यमन्त्रीको राजीनामा स्वीकृत

    छाल खवर धरान,२६ वैशाख ः गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । प्रदेश प्रमुख सीता कुमारी पौडेलले संविधानको धारा १६९ को उपधारा १ (क) बमोजिम गुरुङले दिएको राजीनामा स्वीकृत गरेकी हुन् । प्रदेश प्रमुखको कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिमा अर्को सरकार गठन नहुँदासम्म संविधानको धारा १६९ को उपधारा ३ बमोजिम मौजुदा मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्ने जिम्मेवारी गुरुङ नेतृत्वको सरकारलाई नै दिएकी छिन् । यस्तै उनले ३ दिनभित्र नयाँ सरकार गठन गर्न आह्वान पनि गरेकी छिन् । गुरुङमाथि प्रदेशसभामा अविश्वास प्रस्ताव पेस भएको थियो भने सो प्रस्तावमाथि भोलि

    • प्रकाशित मितिः वैशाख २६, २०७८
    • १,५३८ पटक पढिएको
    • छाल खबर
  • डकैतीमा संलग्न ३ जना पक्राउ

    छाल खवर धरान,२६ वैशाख ःसाताअघि धरान १५ मा डकैटी गरी एक वृद्धको हत्या गरी नगद समेत लुटेर फरार भएको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानले दिएको जानकारी अनुसार घटनामा संलग्न हुनेहरुमा मोरङको पथरी ३ घर भई हाल धरान १५ सुनगाभा मार्ग बस्दै आएका ३८ बर्षीय सन्षोष भन्ने वीरवहादुर परियार, पथरी शनिश्चरे ५ पिपलडाँडा घर भई हाल धरान १० पुतली लाईन बस्ने ३५ बर्षीय सोनी राई र धरान १३ अमरहाटका २९ बर्षीया लक्ष्मी लिम्बु रहेकाछन् । उनीहरुले डकैती गरिएको गहनाहरु सोनी राईको बहिनी नाता पर्ने लक्ष्मी लिम्बुलाई लुकाएर राख्न दिएको प्रहरी अनुसन्धानबाट खुलेको थियो । उनको कोठामा खानतलासी

    • प्रकाशित मितिः वैशाख २६, २०७८
    • २,४३५ पटक पढिएको
    • छाल खबर
  • महासंघ सुनसरीको तीन महत्त्वपूर्ण निर्णय

    छाल खवर धरान,२५ वैशाख ः नेपाल पत्रकार महासंघ सुुनसरीले तीन वटा महत्वपूर्ण निर्णय गरेकोछ । आज भएको भर्चुअल (जुम) मार्फत भएको बैठकले जिल्लाका पत्रकारको हितमा तीन महत्त्वपूर्ण निर्णय गरेको हो । वैठकले जिल्लामा कार्यरत पत्रकार कोरोना संक्रमित भएमा उद्धार गर्नलाई सहजीकरण गर्ने समिति निर्णय गरेको छ । सो कार्यका लागि अध्यक्ष जनकऋषि राईको संयोजकत्वमा सह–सचिव भोला श्रेष्ठ, सदस्य वीरेन्द्र साह, आरबी कट्वाल, सुुस्मिता राई र सुुबिन बिश्वकर्मा सदस्य रहेको उद्धार तथा सहजीकरण समिति निर्माण गरेको हो । त्यस्तै, बैठकले उपाध्यक्ष गणेश निरौलाको संयोजकत्वमा कोषाध्यक्ष अजित झा, सदस्यहरु विवेक विवश रेग्मी,

    • प्रकाशित मितिः वैशाख २५, २०७८
    • ३,९७३ पटक पढिएको
    • छाल खबर
  • धरान उपमहानगरपालिकाद्धारा आज शोक विदा

    धरान । धरान उपमहानगरपालिकाले विहिवार शोक विदा दिने निर्णय गरेको छ । धरान वडा नं.१४ निवासी पूर्व प्रधानपञ्च एवं समाजसेवी ईन्द्र प्रसाद श्रेष्ठको निधनमा उपमहानगरपालिकाले शोक विदा दिने निर्णय गरेको हो । श्रेष्ठको हिजो बुधबार उपचारको क्रममा काठमाडौंको ग्राण्डी अस्पतालमा निधन भएको थियो । श्रेष्ठको ८० वर्षको उमेरमा हिजो निधन भएको हो । उहाँको श्रीमतीको दश दिन अघिमात्र निधन भएको थियो । श्रेष्ठ महेन्द्र बहुमुखी क्याम्पस धरानका पूर्व प्राध्यापक पनि हुन भने हाल नेपाली कांग्रेस सुनसरीका सल्लाहकार हुन । श्रेष्ठकै अध्यक्षतामा कोरोना महामारीको (बन्दाबन्दीको बेला) समयमा धरानका सडक आश्रित मानिसहरुलाई धरान

    • प्रकाशित मितिः वैशाख २३, २०७८
    • २,००५ पटक पढिएको
    • छाल खबर
  • अनावश्यक हिडडुलमा कडाई गर्दै प्रहरी

    छाल खवर धरान,२२ वैशाख ः जिल्ला प्रशासन कार्यालय सुसनरीले कोरोना संक्रमण तीब्रगतिमा फैलिन थालेपछि आजदेखि लागु हुने गरि हिडडुलमा कडाई गरेको छ । बैशाख ३१ गते राती १२ बजेसम्मको लागि प्रशासनले जिल्लाभर थप कडा लकडाउन जारी गरेको हो । जिल्ला प्रशासन कार्यालयले दिएको जानकारी अनुसार अत्यावश्यक सेवा बाहेक अन्य सबै प्रकारका सवारीसाधनहरु सञ्चालनमा बन्द गरेको छ । त्यसैगरी तरकारीका पसलहरु तथा खाद्यान्नका पसलहरु दैनिक बिहान १० बजेसम्म मात्र खोल्न अनुमति दिएको छ । प्रशासनले बिहान १० बजेसम्म मात्र स्वास्थ्य सुरक्षा अपनाएर खाद्यान्न तथा तरकारी खरिद गर्न सर्वसाधारण जनतालाई छुट दिइएको छ । ईलाका प्रहरी कार्या

    • प्रकाशित मितिः वैशाख २२, २०७८
    • १,९२४ पटक पढिएको
    • छाल खबर
  • सुनसरीमा निषेधाज्ञाको समय वैशाख ३१ गतेसम्म थप

    छाल खवर धरान,२० वैशाख ः जिल्ला भित्रमा कोरोना संक्रमितको संख्या दैनिक बढ्दै जानथालेपछि जिल्ला प्रशासन कार्यालय सुनरीले मंगलवारबाट पूर्ण निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यलयले मंगलवार सूचना जारी गरी आजका मितिबाट बैशाख ३१ गते सम्मकालागी पूर्ण निषेधाज्ञा जारी गरेको हो । प्रशासन कार्यालयले यस अघि जारी गरेको यातायात सञ्चालनको जोर बिजोर प्रणालि सेवा पूर्ण रूपमा बन्द गर्ने भएको छ । यस अघि भएको वैठकले ११ वजेसम्म संञ्चालन गर्न दिएको खाद्यान्न लगायत अत्यावश्यक बस्तुका पसलहरू संञ्चालन गर्ने समयअवधी १ घण्टा घटाएर १० बजे सम्म मात्र संञ्चालन गर्न दिने निर्णय भएको कार्यालयले जनाएको छ । ब

    • प्रकाशित मितिः वैशाख २१, २०७८
    • ३,०१२ पटक पढिएको
    • छाल खबर
  • आज विश्व प्रेस स्वतन्त्रता दिवस

    छाल खवर धरान,२० वैशाख ः विश्वभर सोमबार प्रेस स्वतन्त्रता दिवस मनाएको छ । सार्वजनिक सम्पत्तिका रूपमा सूचना’ भन्ने मूल नाराका साथ यस वर्षको स्वतन्त्रता दिवस मनाउन लागिएको हो । ‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा हरेक मे ३ तारिखलाई प्रेस स्वतन्त्रता दिवसको रुपमा मनाउने गरिएको पाइन्छ । सन् १९९३ मा युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक शहरमा भएको वरिष्ठ पत्रकार, पत्रकारिताका प्राध्यापकहरू र स्वतन्त्रताका पक्षपातीहरूको सहभागितामा यो घोषणापत्र जारी गरिएको थियो । घोषणापत्रमा प्रेस तथा अभिव्यक्ति स्वन्त्रताको पक्षमा बल

    • प्रकाशित मितिः वैशाख २०, २०७८
    • १,७६३ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic