उमेश जिमिधरान,९ फागुन ःहाङ्थुम क्लव मूलखर्कले आयोजना गरेको खुल्ला पुरुष फुटवल प्रतियोगिता आइतवार सम्पन्न भएको छ ।श्री पञ्चमीको अवसर पारेर २०३६ साल देखि हरेक वर्ष आयोजना हुँदै आईरहेको फुटवल प्रतियोगिता मादी नगरको लोकप्रिय प्रतियोगिता बन्दै आएको छ । विगत वर्षहरुमा मादी नगर आमन्त्रण कप गरिँदै आएकोमा यो वर्ष नगर खेल समिति र हाङ्थुम क्लव विचको विवाद नमिलेपछी हाङ्थुम कपको रुपमा क्लवले सञ्चालन गरेको क्लवका अध्यक्ष अशिम जिमीले वताए। प्रतियोगिता गत फागुन ४ गतेवाट सुरु गरिएको थियो । प्रतियोगितामा १० वटा टिम सहभागी भएका थिए । फाईनल खेलमा न्यु युवा क्लव आखिभुईले पञ्चकन्या युवा क्लव कुन्ताङलाई ३–
छाल खवर धरान,५ फागुन ः मुल्यवृद्धि गरेको एकसाता नपुग्दै नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । नेपाल आयल नियगले मंगलबार (हिजो)राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजल, मट्टितेल र हवाइ इन्धन (आन्तरिकतर्फ)को मूल्य बढाएको हो । नयाँ मूल्य सुची अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ सय १४ रुपैयाँ पुगेको छ । यस्तै डिजल र मट्टितेलको मूल्य ९७ रुपैयाँ प्रतिलिटर पर्नेछ । भारतीय आयल निगमले पठाएको नयाँ मूल्य सूचीअनुसार घाटाअझै चुलिने भएपछि तेलको मूल्य बढाएको हो । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको कच्चा तेलको मूल्य बढेर घाटा चुलिएकाले मूल्य समायोजन गर्नुपरेको निगमले जन
छाल खवर काठमाडौँ – माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व मंगलबार विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरि मनाईँदैछ । विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् । विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरि साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्ध
छाल खवर धरान, ३० माघ ः युएन नवोदय कलेजले कलेज धरानले बिएचएममा प्रदेश १ प्रथम बन्न सफल विद्यार्थीलाई सम्मान कार्यक्रम आयोजना गरेको छ । कलेजले शुक्रवार एक कार्यक्रमको आयोजना गरी विद्याथीहरुलाई पुरस्कृत र सम्मान गरेको हो । बिएचएम प्रथम सेमेष्टरकी छात्रा रितु राई, दोस्रो सेमेष्टरकी छात्रा स्टेला मेन्याङ्बो र दोस्रो सेमेष्टरकी छात्रा दिला नेम्वाङ लाई सम्मान गरीएको थियो । उनीहरु प्रदेश १ कै उत्कृष्ठ रहेको विद्यालयको दावी रहेको छ । कलेजले दिएको जानकारी अनुसार रितु र स्टेलाले प्रदेश प्रथम र दिलाले प्रदेश तृतीयको नतिजा हात पार्न सफल वनेकी छिन् । रितुले २०१९ मा ३.६९ जिपिए, स्टेलाले २०२० मा ३.६९ ज
छाल खवर धरान,२६ माघ ःनेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय समितिको स्थानीय आर्थिक विभागमा शिवराज श्रेष्ठ मनोनित भएकाछन् । महासंघको स्थानीय आर्थिक विकास समितिमा सुनसरी उद्योग वाणिज्यस संघका प्रथम उपाध्यक्ष श्रेष्ठ मनोनयन भएका हुन् । सुरकृष्ण वैद्य सभापति रहेको उपसमितिको सदस्यमा मनोनयन गरीएको संघका अध्यक्ष शेखर गोल्छाले मनोनयन पत्रमा उल्लेख गरेकाछन् । महासंघलाई शसक्त रुपमा अगाडी बढाउने कार्यमा महत्वपूर्ण योगदान पु¥याउने कुरामा महासंघ विस्वस्त रहेको गोल्छाद्धारा पठाईको पत्रमा उल्लेख गरीएको छ । समितिलाई क्रियाशिल गराउने कार्यमा पूर्ण सहयोग हुने कुरामा म विस्वस्त छु गोल्छाले पत्रमा जनाएका
छाल खवर धरान,२५ माघ ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का धरानका प्रचार विभाग प्रमुख तारा लामगादेले पार्टी परित्याग गरेकाछन् । जनता समाजवादीद्धारा आइतवार धरानमा आयोजित अन्तक्रिया कार्यक्रममा लामगादे नेकपा परित्याग गरी जसपामा प्रवेश गरेको घोषणा गरेका हुन् । पार्टी प्रवेशसँगै जनयुद्धदेखि उठाउदै आएको मुद्दा पार्टीमा विलय हुदै गएकोले आफू पार्टी परित्याग गरेको लामगादेको भनाई रहेको थियो । लामगादेलाई पार्टी अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता डा.बाबुराम भट्टराई लगायत शीर्ष नेताहरुले पार्टीमा स्वागत गरेका थिए । लामगादे धरानमा कार्यरत सकृय पत्रकार हुन् । क्रिष्टियन पत्रकार संघका केन्द्रीय अध्यक्ष समे
छाल खवर धरान,२२ माघ ः सरकारले गैरकानुनी ढंगले गरेको संवैधानिक निकायको नियुक्तीको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले विहिवार) गरेको आम हडतालका क्रममा तोडफोड गरेको आरोपमा धरान प्रहरीले २ जना आन्दोलनकारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा युवा संघका धरान नगर सहसंयोजक विजय लामा तामाङ र वन्दकर्ता खडग बहादुर पौडेल रहेको प्रहरीले जनाएको छ । बन्दकर्ताले टेम्पो रोकेर अभद्र व्यवहार गरेको आरोपमा मजदुरहरु आक्रोशित वनेका थिए । यातायात अवरुद्ध गरेको आरोपमा उनीहरुलाई पक्राउ गरीएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र वस्नेतले जानकारी दिएका छन् । घटनाको घोर भत्सना गर्दै पक्राउ परेक
छाल खवर धरान,२० माघ ः धरान देखि हर्दिया हुदै कन्यापोखरी सडक निर्माणको ठेकेदार कम्पनीले ढुवानी व्यवासायी र कामदारलाई भुक्तानीमा दिएको चेक वाउन्स हुने गरेको छ । ठेकेदार कम्पनी मार्फत काम गर्दै आएको मिक्सन विल्डर कम्पनीले दिएको चेक वाउन्स हुने गरेको हो । कम्पनीले ढुवानी र कामदारका लागि भुक्तानी वापत दिएको एनएमवि वैंकको चेकको खातामा रकम नभएको ढुवानी व्यवसायीले वताएका छन् । सो वाटोको ठेक्का गजुरमुखी कन्ट्रक्सन र लुम्बिनी कन्ट्रक्सनले पारेको थियो । उनीहरुलाई केही कमिसन दिएर हाल मिक्सन विल्डर कम्पनीले काम गर्दै आएको छ । विल्डरले दिएको ढुवानी र कामदारको भुक्तानी वापतको चेकमा वैंकजादा खातामा पैसा न
छाल खवर धरान,१९ माघ ः धरानमा आयोजित एक कार्यक्रमका वक्ताहरुले संविधानको माथिको हस्तक्षेत्र कुनै हालतमा पनि स्विकार्य नहुने धारण व्यक्त गरेकाछन् । प्रेस संगठन नेपाल सुनसरीले आयोजना गरेको सुनसरी भेला तथा अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले सो धारणा व्यक्त गरेका हुन् । कार्यक्रममा वोल्दै अग्रज पत्रकार हर्ष सुब्बाले प्रतिनिधि सभा विघटन एउटा प्रतिनिधि घटना मात्र भएको वताउदै अव एकपछि अर्को गरेर मौलिक हक समेत प्रतिवन्ध लगाउदै प्रेश माथि नै अंकुश लाग्न सक्ने वताउनु भयो । त्यसैगरी जनजाति पत्रकार संघ सुनसरीका सल्लाहकार जनकऋषि राईले संविधानको मौलिक हकको धारा खारेज गरी प्रेसमाथि अंकुश लगाउने प्रयत
छाल खवर धरान,१९ माघ ः म्यानमारमा सेनाले ‘कू’ गरेर सत्ता आफ्नो हातमा लिएको छ । स्थानीय समय अनुसार सोमबार बिहानै सेनाले सत्ताधारी पार्टी नेशनल लिग फर डेमोक्रेसीकी नेतृ आङ साङ सूकीसहित शीर्ष नेताहरुलाई नियन्त्रणमा लिएर सत्ता आफ्नो हातमा लिएको हो । सेनाले एक वर्षका लागि म्यानमारमा संकटकालको घोषणा समेत गरेको छ । गएको नोभेम्बर ८ मा भएको चुनावमा सूकीको पार्टीले सरकार बनाउनका लागि आवश्यक सिटमा जित हाँसिल गरेको थियो । तर सो चुनावमा धाँधली भएको आरोप लगाउँदै आएको सेनाले त्यसकै प्रतिक्रिया स्वरुप सत्ता आफ्नो हातमा लिएको बताएको छ । सेनाका प्रमुख मिन आङ हलाइङ्गलाई सत्ताको जिम्मेवारी दिइएको
Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved
Website By : Hash Tech Logic