समाचार

    Showing १६१-१७० of १,७२१ items.
  • धरान १० के रन फागुन ९ गते हुने

    छाल खवर धरान,३ मंसिरः धरानमा संचालन हुदै आएको नेपाल कै प्रतिष्ठित दौड प्रतियोगिताको रुपमा रहेको धरान १० के रन यसपालि विश्व भर्चुअल रनको रूपमा हुने भएको छ ।आयोजक धरान रनका अध्यक्ष हेमन सुनुवारले सो विषयमा जानकारी दिएका हुन ।आयोजकले पत्रकार सम्मेलन मार्फत दिएको जानकारी अनुसार प्रतियोगिता फागुन ९ गते आयोजना हुने रन १४ औं संस्करण हो ।रनमा नेपालका अधिकतम धावक धाविका सहभागी गराइने धरान रनका अध्यक्ष हेमन सुनुवारले जानकारी दिएकाछन् ।दौड प्रतियोगितामा अन्तर्राष्ट्रिय धावक धाविकाहरू पनि सहभागी हुनेछन्। यसपालि १६–३९ वर्ष समूहलाई खुल्ला दौड समूहमा समावेश गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो

    • प्रकाशित मितिः मंसिर ३, २०८२
    • ४३५ पटक पढिएको
    • छाल खबर
  • विश्व वैज्ञानिकको सूचिमा परेका डा.सञ्जीव शर्माको धरानलाई सम्मान

    धरान,२ मंसिरः विश्वको शीर्ष वैज्ञानिक सूचिमा पर्नुमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धराने जनता र आफ्नो अध्ययन टिमको ठुलो योगदान रहेको प्रा.डा. सञ्जीव शर्माले बताउनु भएको छ । मंगलबार धरानमा पत्रकारहरुसंग कुराकानी गर्नुहुँदै प्रा.डा.शर्माले भन्नुभयो मैले करिव २० वर्षदेखि सर्पदंश उपचार पद्धतिमा सुधार, मुटु रोग तथा मिर्गौला रोगका विषयमा काम गरेँ ।मलाई प्रतिष्ठानले त्यो स्पोजर दियो, मेरो टिमले सहयोग गर्नुभयो र जहिल्यै धरान र पूर्वका जनताको माया पाएँ त्यसैको प्रतिफल नै यो उपलब्धि प्राप्त भएको हो । प्रा.डा. शर्माले भन्नुभयो काम हामी सबै मिलेर टिमले गरेका हौ । तर, नाम मात्रै मेरो आएको हो

    • प्रकाशित मितिः मंसिर २, २०८२
    • १,४९९ पटक पढिएको
    • छाल खबर
  • ‘सुनाखरी एकेडेमी कप फुटबलमा १६ विद्यालय सहभागी

    छाल खवर धरान,३० कार्तिकः सुनाखरी एकेडेमी धरान–१२ द्धारा आयोजना गरीन लागेको सुनाखरी कपमा सुनसरीका १६ स्कुल सहभागी हुने भएकाछन् । मङ्सिर ७ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सुनसरीका १६ विद्यालयले नाम दताए गराएको एकेडेमीका प्रतियोगिता प्रचार संयोजक प्रदिप राईले वताउनु भयो । धरानमा हुन लागेको सुनसरी जिल्ला स्तरीय ‘सुनाखरी एकेडेमी कप’ अन्तर विद्यालय फुटबल प्रतियोगितामा हिविस्कस इङलिस वोडिङ स्कुल धरान–१५, सेन्ट जोसेफ स्कुल धरान–१७, नेपाल प्रहरी विद्यालय धरान–१३, प्रभात सेकेन्डरी स्कुल, बिजयपुर स्कुल, ज्ञानकुञ्ज विद्यालय, लिबर्टी स्कूल, देउराली चिल्ड्

    • प्रकाशित मितिः कार्तिक ३०, २०८२
    • २,५६१ पटक पढिएको
    • छाल खबर
  • एम्स एकेडेमीमा कक्षा ११का विद्यार्थीलाई स्वागत

    छाल खवरधरान,३० कार्तिक ः एम्स एकेडेमी धरान–१२ मा अध्ययनरत कक्षा १२ ले कक्षा ११लाई स्वागत गरेको छ । कक्षा–१२ मा अध्ययनरत विद्यार्थीहरुले कक्षा–११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरुलाई शनिवार धरान–१५ स्थित सदन सभाहलमा आयोजित विशेष कार्यक्रममा स्वागत गरेका थिए । कार्यक्रममा कक्षा–१२ की छात्रा तथा एम्स क्रियटिभ ग्रुपकी अध्यक्ष बिनुसा तामाङ, एकेडेमीका संयोजक दुर्गा सुवेदी, प्रिन्सिपल सन्तोष कोइराला, सुबास पौडेल, युवराज अधिकारी, सन्जिव उदास, फडिन्द्र खतिवडा लगायतले अबिर र खदा लगाएर नयाँ विद्यार्थीलाई स्वागत गरेका थिए। संयोजक दुर्गा सुवेदीले एम्स एकेडेमीप्रति गरेक

    • प्रकाशित मितिः कार्तिक ३०, २०८२
    • २,०७३ पटक पढिएको
    • छाल खबर
  • हिबिस्कस बोर्डिङका विद्यार्थी ढुङ्गेपार्कमा

    छाल खवर धरान,२९ कार्तिकः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५ ले प्रत्येक शुक्रवार पुस्तव रहित कार्यक्रमलाई निरन्तरता दिदै आएको छ । शुक्रवार विद्यार्थीलाई कितावि ज्ञानका अतिरिक्त विद्या दिने उदेश्यले संचालन गर्दै आएको सो कार्यक्रम गत शुक्रवार पनि निरन्तरता दिएको छ । स्कुलका बिद्यार्थीहरुले शुक्रवार धरान–४ स्थित ढुङ्गेपार्कको अवलोकन गरेका थिए । विद्यार्थीहरुले पार्कमा कुदेर राखेको ढुङ्गामा कुदिएका गौतम बुद्ध,डा.सन्दुक रुईत, पारस खड्का, फुटबल खेलाडी प्रिति राई, कुलमान घिसिङ जस्ता व्यक्तित्वहरुको अवलोकन गरेका थिए । विद्यार्थीहरुलाई वडा नं.४ का वडाध्यक्ष धनबहादुर राईले पार्कको विश

    • प्रकाशित मितिः कार्तिक २९, २०८२
    • ५,५१२ पटक पढिएको
    • छाल खबर
  • हिबिस्कस स्कुल हाजिरीजवाफमा कञ्चनजङ्घा पहिलो

    छाल खवर धरान, २२ कार्तिकः हाजिरीजवाफ प्रतियोगितालाई स्कुलको पहिचान वनाउदै आएको हिबिस्कस इङ्ग्लिस बोर्डिङ स्कुल धरान–१५मा अन्तर–सदन हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ। कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूको सहभागितासहित आयोजित उक्त प्रतियोगितामा विद्यार्थीहरूले ज्ञान, आत्मविश्वास र छिटो सोच्ने क्षमताको उत्कृष्ट प्रदर्शन गरेका थिए। प्रतियोगितामा विद्यालयका चार सदन — कञ्चनजङ्घा, मनास्लु, अन्नपूर्ण र सगरमाथा बीच उत्साहपूर्ण प्रतिस्पर्धा भएको थियो। प्रतियोगितामा कञ्चनजङ्घा सदन पहिलो, मनास्लु सदन दोस्रो, अन्नपूर्ण सदन तेस्रो र सगरमाथा सदन चौथो स्थान ल्याउन सफल भएका थिए । कार

    • प्रकाशित मितिः कार्तिक २३, २०८२
    • २,८३८ पटक पढिएको
    • छाल खबर
  • देउसीको रकम जेन जि आन्दोलनबाट ध्वस्त भौतिक पूर्वाधार निर्माण कोषमा

    छाल खवर धरान,१९ कार्तिकः देउसी खेलेर संकलन भएको रकमले तपाई के गर्नुहुन्छ ? वरावर वाडने,वनभोज खाने या रमाइलो गर्ने, वा अन्य काम गर्ने धेरैको यही उत्तर हुन्छ तर त्यो भन्दा फरक काम गरेर देखाएको छ धरान–१७ स्थित सचेत नागरिक समूह धरान–१७ ले । तिहारमा एक दिने देउसी खेलेर सङ्कलन भएको २ लाख १ हजार १ सय रुपैया समूहले जेन–जी आन्दोलनमा तोडफोड,आगजनी गर्दा क्षतिग्रस्त भएका भौतिक संरचनाहरूको पुनर्निर्माण कोषमा जम्मा गरेको छ । समूहले वुधवार इलाका प्रशासन कार्यालयमा पत्रकार सम्मेलन गरी भौतिक पूर्वाधार पुर्ननिर्माण कोषको खातामा रकम जम्मा गरेको जानकारी गराएको छ । समूहले सो रकम राष्ट्रिय वाण

    • प्रकाशित मितिः कार्तिक २०, २०८२
    • १,८५६ पटक पढिएको
    • छाल खबर
  • वालाहाङ सुनाहाङ किरात राई उत्थान समाजद्धारा तीन सम्मानित

    छाल खवर धरान,१६ कार्तिक ः वालाहाङ सुनाहाङ किरात राई उत्थान समाज केन्द्रीय समिति हतुवागढी भोजपुरले संस्थामा उत्कृष्ट कारोवार गर्ने तीनजनालाई सम्मान गरेको छ । क्षेत्रीय कार्यालय धरानमा शनिवार आयोजित १० औं साधारण सभका अवसरमा समाजले सो सम्मान गरेको हो । सम्मानित हुनेहरुमा समाजका सदस्य बराहक्षेत्र नगरपालिका वडा नं. १ झण्डाचोकका नेत्रप्रसाद वालाहाङ राई,इटहरी–१९ का भानुभक्त वालाहाङ राई र चेली सदस्य बराहक्षेत्र नगरपालिका वडा नं.१ लालवस्तिकी देवीमाया राई रहेकाछन् । संस्थाले आयोजना गरेको आन्तरीक वचत कारोवारमा उत्कृष्ठ कारोवार गरेको भन्दै उनीहरुलाई सम्मान गरीएको समाजका सचिव कृपाल सिंह वालाहाङ र

    • प्रकाशित मितिः कार्तिक १६, २०८२
    • १,७१० पटक पढिएको
    • छाल खबर
  • भोजपुरमा ट्याक्टर दुर्घटना हुदा २ जनाको मृत्यु, चार घाइते

    छाल खवर धरान,१५ कार्तिकः षडानन्द नगरपालिका–४ मा आज भएको ट्याक्टर दुर्घटनामा दुईको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । चाम्लादाङबाट दिङ्लातर्फ आउँदै गरेको प्रदेश नं १–०२–००३ त १२१३ नम्बरको काठ बोकेको ट्याकटर दुर्घटना हुँदा षडानन्द नगरपालिका–४ केराबारीका २५ वर्षे ट्याक्टर चालक आइतबहादुर तामाङ र अरुण गाँउपालिका–४ चरम्बीका १७ वर्षे नविन तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख राजु लामाले जानकारी दिए । दुर्घटनामा परी घाइते हुनेमा १९ वर्षे दाछिरि शेर्पा, २३ वर्षे अम्बर तामाङ, १८ वर्षे सागर तामाङ र १८ वर्षे सुनिता तामाङ

    • प्रकाशित मितिः कार्तिक १५, २०८२
    • ७८३ पटक पढिएको
    • छाल खबर
  • तौल घटाउन जान्नै पर्ने २१ कुरा

    धैर्य गर्नुहोस् तपाईंको तौल एक दुई दिन या महिना दिनको परिणाम होइन, यो त लामो समयदेखि चल्दै आइरहेको तपाईंको जीवनशैलीको नतिजा हो। यदि तौल कम गर्नु छ भने धैर्य गर्नुहोस्। बेन्जामिन फ्र्यांकलिनले भनेका छन्, ‘जोसंग धैर्य हुन्छ, चाहेको कुरा पाउन सक्छ’। तौल घटाउन पनि समय लाग्छ। शुरुको एक दुई हप्ता तपाईंको तौलमा कुनै अन्तर नआउन पनि सक्छ, तर, यसो भयो भन्दैमा धैर्य गुमाउनु हुँदैंन, केही समय पर्खनुहोस्, विस्तारै तौल घट्दै जानेछ। आफ्नो प्रयासमा विश्वास गर्नुहोस् तौल घटाउन आफूले गरेको प्रयासप्रति विश्वास गर्नुहोस्। यदि तपार्इंं दैनिक जीम गैरहनुभएको छ, तर, तपाईं जीम गएपनि केही फाइदा छैन भन्नु

    • प्रकाशित मितिः कार्तिक १४, २०८२
    • ७९४ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic