समाचार

    Showing २१-३० of १,५८८ items.
  • प्रहरी कार्यालयमा आगजनी गर्ने पक्राउ

    छाल खवर धरान,११मंसिर ःइलाका प्रहरी कार्यालय इटहरीमा आगजनी, तोडफोड, लुटपाट र प्रहरीमाथि दुर्व्यवहार गर्ने गिरोहलाई प्रहरीले पक्राउ परेको छ । जेनजी आन्दोलनको आवरणमा सुनसरी तोडफोड र आगजनी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी कार्यालयको भवन आगजनी गरेर ध्वस्त बनाएको आरोपमा ५ जनालाई पक्राउ गरीएको हो । भदौ २४ गते प्रहरीको भवन र सवारीसाधन आगजनी एवं तोडफोड गरेर ध्वस्त पारिएको थियो । घटनामा संलग्नमध्ये पहिचान भएका ५ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–३ का २९ वर्षीय विजय लिम्बू, भोजपुर याङपाङ घर भइ इटहरी–४ बस्ने ४७ वर्षीय मदन खत्री, इटहरी–४ का २४

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • १०८ पटक पढिएको
    • छाल खबर
  • हिमशिखर र ज्वालामुखी क्वाटर फाइनलमा

    छाल खवर धरान,१० मंसिरः धरानमा जारी पहिलो सुनाखरी कपको वुधवारको खेलमा ज्वालामुखि मा.वि. र हिमशिखर वोडिङ स्कुल क्वाटर फाइनलमा प्रवेश गरेकाछन् । ‘सुनाखरी कपको चौथो दिन पहिलो खेलमा ज्वालामुखी मा.वि.ले सेन्ट जोसेफ स्कुललाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै क्वाटर फाइनलमा पुगेको हो । दोस्रो खेलमा हिमशिखर स्कुल तरहराले देउराली चिल्ड्रेन एकेडेमीलाई २–१ले हराउँदै क्वाटर फाइनलमा पुगेको छ । खेलको म्यान अफ द म्याच ज्वालामुखी माविका सन्देश राई र हिमशिखरका सुशील वन घोषित भए। उनीहरूले नगद १÷१ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । बिहीबार पहिलो क्वाटर फाइनल खेल सुनाखरी रेड र लर्ड

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • १,५७३ पटक पढिएको
    • छाल खबर
  • प्रभात सेकेन्डरी र सैनिक आवासीय क्वाटरफाइनलमा

    छाल खवर धरान, ९ मंसिरः धरानमा जारी सुनाखरी एकेडेमी कपको मंगलवारको खेलमा प्रभात सेकेण्डरी वोडिङ स्कुल र सैनिक आवासीय मा.वि. क्वाटर फाइनलमा प्रवेश गरेकाछन् । मङ्गलबार भएको पहिलो खेलमा प्रभात सेकेन्डरी बोर्डिङ स्कुलले ज्ञानकुन्ज रेसिडेन्सियल स्कुललाई ८–० को ठुलो गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको थियो । पहिलो हाफमै ३–० को अग्रता लिएको प्रभातले दोश्रो हाफमा थप पाँच गोल गर्दै सहज जित हात पारेको हो। पहिलो खेलका प्लेयर अफ द म्याच प्रभातका जर्सी नं. ११ का युवाहाङ राई घोषित भए। दोस्रो खेलमा नेपाल सैनिक आवासीय मा.वि. र सुनाखरी निलो बीच प्रतिस्पर्धा रोमाञ्चक बनेको थियो। नि

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • १,५४० पटक पढिएको
    • छाल खबर
  • कोशी प्रदेश डीआईजी रनिङ कप पुषमा

    छाल खवर धरान,९ मंसिरः १९ वर्षदेखि स्थगित रहेको डिआइजिपि कप यस वर्षदेखि सञ्चालन हुने भएको छ । नेपाल प्रहरी विद्यालय धरानले यस वर्षदेखि प्रतियोगितालाई संचालन गर्ने भएको हो । प्रतियोगिता आयोजक नेपाल पुलिस स्कुल धरानले मंगलवार पत्रकार सम्मेलनको आयोजना गरी कोशी प्रदेश अन्तर विद्यालय डिआइजीपि रनिङ फुटबल टुनामेन्ट २०८२ आयोजना गर्न लागेको जानकारी गराएको हो । पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार प्रतियोगिताको सातौँ संस्करण पुस ९ देखि १९ सम्म नेपाल प्रहरी प्रदेश कार्यालय धरानको फुटबल मैदानमा सञ्चालन हुनेछ। प्रतियोगिता संयोजक प्रहरी निरिक्षक सुरेश कुमार हायुले राजनीतिक उतार–चढावका कारण छैटौँ

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • १,७८६ पटक पढिएको
    • छाल खबर
  • उद्घाटन खेलमा सुनाखरी रातो विजयी

    छाल खवर धरान, ७ मंसिर — धरानमा जारी सुनाखरी कपको उद्घाटन खेलमा आयोजक सुनाखरी रातोले लिबर्टी रेसिडेन्सियल स्कुललाई फराकिलो गोल अन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सुनाखरीले पहिलो हाफमा १० तथा दोस्रो हाफमा ८ गोल गर्दै १८ गोल गर्न सफल भएको थियो ।लिबर्टीका तर्फबाट कुनै गोल हुन सकेन। खेलको म्यान अफ द म्याच’ सुनाखरीका जर्सी नम्बर १० का खेलाडी श्रीहाङ लिम्बु घोषित भए। सुनाखरी एकेडेमीद्वारा आयोजित सुनसरी जिल्ला ब्यापी अन्तर बिद्यालय स्तरीय ‘सुनाखरी एकेडेमी कप–२०८२’ को पहिलो संस्करण शनिवार देखि सुरु भएको छ। धरान उप–महानगरपालिकाका उप–

    • प्रकाशित मितिः मंसिर ८, २०८२
    • २,५५६ पटक पढिएको
    • छाल खबर
  • फोकस १६ द्धारा विदाई कार्यक्रम सम्पन्न

    धरान,७ मंसिरः फोकस क्लव धरान–१६ ले सल्लाहकार तथा धनकुटा सेवा समाज दक्षिण कोरीयाका अध्यक्ष समाजसेवी प्रदेश राईलाई विदाई गरेको छ । क्लवका सल्लाहकार र क्लवका सदस्य लक्ष्मी याक्खालाई एक कार्यक्रमका विच विदाई गरेको हो । समाजसेवी राईले क्लवलाई विगत वर्षदेखि नै सहयोग गर्दै आउनु भएको छ । नेपाल आउनु भएको अवसरमा क्लवले सल्लाहकार राई र सदस्य याक्खालाई क्लवमा योगदान गरे वापत सम्मान समेत गरेको थियो । दक्षिण कोरीयामा रहेर सफल व्यवसायसँगै फुटबल खेललाई समेत अगाडी वढाउदै समाजसेवा समेत सकृय रहदै आउनु भएका राईलाई नेपालमा पनि फुटबल खेलप्रति थप प्रोत्साहन गर्न प्रेरणा मिलोस भन्ने उदेश्यले सम्मान गरीएको

    • प्रकाशित मितिः मंसिर ७, २०८२
    • १,६५६ पटक पढिएको
    • छाल खबर
  • खस समाजको वार्षिक उत्सवमा सम्मान कार्यक्रम

    छाल खवर धरान,६मंसिरः खस समाज प्रतिष्ठान नेपालको ९औं स्थापना दिवस तथा मैत्रीपूर्ण बनभोज कार्यक्रम शनिबार धरान–६ पानवारीस्थित मयुर होटलमा सम्पन्न भयो। प्रतिष्ठानका अध्यक्ष बिरेस थापाको अध्यक्षतामा भएको सो कार्यक्रममा पूर्व प्रधान मन्त्री डा. केशर बहादुर बिष्ट प्रमुख अतिथि रहेका थिए । प्रमुख अतिथि डा. बिष्टले खस समुदायको इतिहास, धर्म र संस्कृतिबारे विस्तृत रूपमा आफ्नो धारणा प्रस्तुत गर्दै राष्ट्रिय गानका केही पंक्तिहरूले वास्तविकता प्रतिविम्बित गर्न नसक्ने तर्क गरे। “सयौं थुँगा फूलका हामी एउटै माला नेपाली” सही भए पनि “सार्वभौम भई फैलिएका मेची–महाकाली” भन्ने प

    • प्रकाशित मितिः मंसिर ६, २०८२
    • २,१०५ पटक पढिएको
    • छाल खबर
  • धरान १० के रन फागुन ९ गते हुने

    छाल खवर धरान,३ मंसिरः धरानमा संचालन हुदै आएको नेपाल कै प्रतिष्ठित दौड प्रतियोगिताको रुपमा रहेको धरान १० के रन यसपालि विश्व भर्चुअल रनको रूपमा हुने भएको छ ।आयोजक धरान रनका अध्यक्ष हेमन सुनुवारले सो विषयमा जानकारी दिएका हुन ।आयोजकले पत्रकार सम्मेलन मार्फत दिएको जानकारी अनुसार प्रतियोगिता फागुन ९ गते आयोजना हुने रन १४ औं संस्करण हो ।रनमा नेपालका अधिकतम धावक धाविका सहभागी गराइने धरान रनका अध्यक्ष हेमन सुनुवारले जानकारी दिएकाछन् ।दौड प्रतियोगितामा अन्तर्राष्ट्रिय धावक धाविकाहरू पनि सहभागी हुनेछन्। यसपालि १६–३९ वर्ष समूहलाई खुल्ला दौड समूहमा समावेश गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो

    • प्रकाशित मितिः मंसिर ३, २०८२
    • ८८ पटक पढिएको
    • छाल खबर
  • विश्व वैज्ञानिकको सूचिमा परेका डा.सञ्जीव शर्माको धरानलाई सम्मान

    धरान,२ मंसिरः विश्वको शीर्ष वैज्ञानिक सूचिमा पर्नुमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धराने जनता र आफ्नो अध्ययन टिमको ठुलो योगदान रहेको प्रा.डा. सञ्जीव शर्माले बताउनु भएको छ । मंगलबार धरानमा पत्रकारहरुसंग कुराकानी गर्नुहुँदै प्रा.डा.शर्माले भन्नुभयो मैले करिव २० वर्षदेखि सर्पदंश उपचार पद्धतिमा सुधार, मुटु रोग तथा मिर्गौला रोगका विषयमा काम गरेँ ।मलाई प्रतिष्ठानले त्यो स्पोजर दियो, मेरो टिमले सहयोग गर्नुभयो र जहिल्यै धरान र पूर्वका जनताको माया पाएँ त्यसैको प्रतिफल नै यो उपलब्धि प्राप्त भएको हो । प्रा.डा. शर्माले भन्नुभयो काम हामी सबै मिलेर टिमले गरेका हौ । तर, नाम मात्रै मेरो आएको हो

    • प्रकाशित मितिः मंसिर २, २०८२
    • १,१४३ पटक पढिएको
    • छाल खबर
  • ‘सुनाखरी एकेडेमी कप फुटबलमा १६ विद्यालय सहभागी

    छाल खवर धरान,३० कार्तिकः सुनाखरी एकेडेमी धरान–१२ द्धारा आयोजना गरीन लागेको सुनाखरी कपमा सुनसरीका १६ स्कुल सहभागी हुने भएकाछन् । मङ्सिर ७ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सुनसरीका १६ विद्यालयले नाम दताए गराएको एकेडेमीका प्रतियोगिता प्रचार संयोजक प्रदिप राईले वताउनु भयो । धरानमा हुन लागेको सुनसरी जिल्ला स्तरीय ‘सुनाखरी एकेडेमी कप’ अन्तर विद्यालय फुटबल प्रतियोगितामा हिविस्कस इङलिस वोडिङ स्कुल धरान–१५, सेन्ट जोसेफ स्कुल धरान–१७, नेपाल प्रहरी विद्यालय धरान–१३, प्रभात सेकेन्डरी स्कुल, बिजयपुर स्कुल, ज्ञानकुञ्ज विद्यालय, लिबर्टी स्कूल, देउराली चिल्ड्

    • प्रकाशित मितिः कार्तिक ३०, २०८२
    • २,४०६ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic