समाचार

    Showing ६११-६२० of १,७२१ items.
  • लिम्बुवान राष्ट्रिय समिति अध्यक्षमा जेन्टल

    छाल खवरधरान,१२ मंसिर ः कोशी प्रदेश नामाकरण विरुद्धको आन्दोलन सशक्त वनाउने लगायतको निर्णय गर्दै जनता समाजवादी पार्टी लिम्वुान राष्ट्रिय समितिको पुर्नगठन भएको छ । शनिबार पाचथरको फिदिममा सम्पन्न वैठकले जेन्टल लावति (डम्वर)को अध्यक्षतामा नया समिति समेत चयन गरेको छ । समितिको उपाध्यक्षहरुमा एविराज आङदेम्बे, सन्जय मेवाहाङ राई र अग्निमाया मेचे, मुख्य सचिवमा केदार धिमाल, सचिवहरुमा अजितकुमार धिमाल, हेमराज जिमि र सुश्मा राई र कोषाध्यक्षमा टूपेन्द्र एक्तेन चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा प्रदिप मादेन नानी, सुजित ओख्राबो, सजिव योङया, जकेन्द्र लावती, टिआर आङदेम्बे, क्षितिज लावती, रोहित आङबो, हेमराज मा

    • प्रकाशित मितिः मंसिर १२, २०८०
    • ४,८८८ पटक पढिएको
    • छाल खबर
  • धनकुटा डाडा वजारको भानुस्मृति स्कुललाई ३ रोपनी १० आना बढी जग्गा प्रदान

    छाल खवर धरान,११ मंसिर ः आफ्नो जन्म भूमिको माया कसलाई हुदैन र आफ्नो गाउ ठाउको विकास भएको हेर्ने इच्छा कसलाई हुदैन गाउ वनाउने सपना र भावना हुनु स्वभाविक कुरा हो यसैक्रममा धनकुटाको सागुरीगढी गाउपालिका ५ का प्रवासीहरुले गाउको स्कुलका लागि ठूलो सहयोग गरेकाछन् । प्रवासमा वसेर पनि डाँडाबजार स्थित भानुस्मृति माध्यमिक विद्यालयलाई चौबिसे समाज हङकङले २१ लाख मूल्य बराबरको ३ रोपनी १० आना १ दाम जग्गा खरिद गरी हस्तान्तरण गरेको छ । माध्यामिक विद्यालयसम्मको पढाई भइरहेको यो स्कुलमा ११–१२ सहित कलेज सञ्चालन गर्न आवश्यक पूर्वाधारका लागि चौबिसे समाजले जग्गा प्रदान गरेको हो । समाजले हङकङमा सङ्कलन गरेको रकम

    • प्रकाशित मितिः मंसिर ११, २०८०
    • ६,२४५ पटक पढिएको
    • छाल खबर
  • मोरङमा जसपाको पुनर्गठन

    छाल खवर धरान,८ मंसिर ः जनता समाजवादी पार्टी (जसपा) नेपालले मोरङ जिल्ला समिति पुनर्गठन गरेको छ । जिल्ला पार्टी कार्यालयमा बिहीबार भएको भेलाले राजकुमार यादवको अध्यक्षतामा ५७ सदस्यीय समिति पुनर्गठन गरेको हो । समितिको उपाध्यक्षमा महेश्वर यादव, मन्तलाल यादव सचिवमा रछामी किराती उपसचिव दिनेश साह, विनोद सिंह गनगाईं र कोाषाध्यक्षमा बिनिता सिंह चयन भएका छन् । पार्टीका राजनीतिक समिति सदस्य एवम् कोसी प्रदेश समितिका सह इन्चार्ज रामविलास यादवको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको विशेष अतिथिको रुपमा राजनीतिक समिति सदस्य जयराम यादव, अञ्जु खड्का, सुरेश सिंह गनगाईं रहेको सो पार्टीले जनाएको छ ।

    • प्रकाशित मितिः मंसिर ८, २०८०
    • २,५५० पटक पढिएको
    • छाल खबर
  • सूर्यको पूजा आराधना गरी छठ मनाइदै

    छाल खवर धरान,३ मंसिर ःदेशभर सूर्यको पूजा आराधना गरी आज छठ पर्व मनाइदै छ । आजै साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व विधिपूर्वक समापन हुन्छ । बर्तालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन् । छठका लागि तराईका नदी, खोला, पोखरी सिँगारिएका छन् । काठमाडौको गुह्येश्वरीदेखि गौरीघाटमा पूजा आराधनाको व्यवस्था गरिएको छ । छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वास छ ।

    • प्रकाशित मितिः मंसिर ३, २०८०
    • १,२५७ पटक पढिएको
    • छाल खबर
  • खोटाङको बराहपोखरीको प्रवर्द्धन गर्न सांस्कृतिक महोत्सव

    छाल खवर धरान,३मंसिर ःपूर्वको धार्मिक जिल्लाको रुपमा परिचित खोटाङको दक्षिणी क्षेत्रमा अवस्थित धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीको प्रवर्द्धन गर्न सांस्कृतिक महोत्सव आयोजना गरीने भएको छ । बराहपोखरी गाउँपालिकाको आयोजना तथा खोटाङ कलाकार समाजको सहआयोजनमा सो उत्सव आयोजना हुा लागेको हो । आयोजकले दिएको जानकारी अनुसार मङ्सिर ६ गते बृहत् सांस्कृतिक महोत्सव आयोजना हुनेछ । आयोजक गाउृपालिका अध्यक्ष शालिकराम वन्जराले महोत्सवमा गाउँपालिकाभित्रका विभिन्न जातजातिको आआफ्नो मौलिकता, संस्कृति र पहिचान झल्काउने सांस्कृतिक झाँकी र स्थानीय तथा राष्ट्रियस्तरका कलाकारको साङ्गीतिक प्रस्तुति रहने जानकारी दिएका छन्।

    • प्रकाशित मितिः मंसिर ३, २०८०
    • ७,३०४ पटक पढिएको
    • छाल खबर
  • आज साझ सविन राई धरान फुुड फेस्टिभलमा

    छाल खवर धरान,२८ कार्तिक ःधरानमा जारी धरान फुुड फेस्टिभलमा आज साझ युवाहरुको लोकप्रिय गायक सविन आउने भएकाछन् । हात्तिसार क्याम्पसको खेल मैदानमा आयोजित सो फेस्टिभलमा आज साझ गायक राई आउने भएका हुन् । युवाहरुको माझमा लोकप्रिय गायक राईले धराने संगीत प्रेमीहरुलाई भरपुर मनोरन्जन दिने आयोजकको विश्वास रहेको छ । धरानका स्थानीय समेत रहेका राईको गीत सुन्नको लागि धरानका युुवा संगीत प्रेमीहरुको भीड लाग्ने आयोजकको दावी रहेको छ । तिहारको मौसम त्यसमा पनि सविन राईको सांगितक धमाकाले धराने संगितप्रेमीहरुले भरपुुर मनोरन्जन लिने अवसरको रुपमा यो कार्यक्रमलाई लिएको आयोजक संस्थाका अध्यक्ष हिमाल खड्काले वताए । &nbs

    • प्रकाशित मितिः कार्तिक २८, २०८०
    • ३,६७० पटक पढिएको
    • छाल खबर
  • नेपाल मै पहिलो पटक धरानमा भोजपुरी मैथिली सांगितिक धमाका

    छाल खवर  धरान,२७ कार्तिक ः धरानमा नेपालमा नै पहिलो पटक मैथिली भोजपुरी सांगितिक धमाका आयोजना हुने भएको छ । वुढासुव्वा टेन्ट हाउसको आयोजनामा मंसिर १ गते धरान–स्थित पव्लिक हाइस्कुलको मैदानमा सो धमाका आयोजना हुन लागेको हो । सो सांगितिक धमाकामा भारतको फारविजगन्ज, पटना,पश्चिम वंगाल, नेपालको जनकपुर तथा स्थानीय कलाकारको प्रस्तुती रहने आयोजकले बुढासुव्वा टेन्ट हाउस धरानका संचालक दिपक भगतले जानकारी दिनुभएको छ । सो धमाकामा ६ हजार दर्शक सहभागी हुने अपेक्षा गरीएको भगतको भनाई रहेको छ । उक्त धमाकामा सह आयोजक कलवार सेवा समिति रहेको छ भने प्रायोजकमा धरान टेन्ट व्यवसायी समाज रहेको छ । Your

    • प्रकाशित मितिः कार्तिक २७, २०८०
    • ४,६९० पटक पढिएको
    • छाल खबर
  • तिहारको तेस्रो दिनस् आज गाई पूजा गरी मनाइँदै

    छाल खवर धरान,२७ कार्तिकः कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाईको पूजाआजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको परम्परा हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व रहेको बताइएको छ । गाईको पूजा गरी आजका दिन मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औँसीकै दिन गाई

    • प्रकाशित मितिः कार्तिक २७, २०८०
    • २०८ पटक पढिएको
    • छाल खबर
  • कोशीमा दुधको मुल्य १० रुपैया घट्यो

    छाल खवर धरान,२६कार्तिक ः कोशी प्रदेशका निजी डेरी उद्योगले दूधको उपभोक्ता मूल्य घटाउने निर्णय गरेका छन्। डेरी उद्योगले फ्याटयुक्त भएको दूधको मूल्य प्रतिलिटर १० रुपियाँ घटाउने निर्णय गरेका हुन्।उत्पादन अनुसार बजार नपाएपछि दूध तथा दूधबाट बनेका सबै वस्तुको मूल्य घटाउने निर्णय गरेका हुन्। कोशी प्रदेश डेरी उद्योग संघको बिहीबार बसेको बैठकले दूधको मूल्य घटाउने निर्णय गरेको हो।कोशी प्रदेशमा दूधको अधिक उत्पादन भएका कारण केही महिनायता किसानहरुले मिल्क होली डेको सामना गर्दै आएका छन्। डेरी उद्योगहरुले मिल्क होली डे को अवस्था आउन नदिन अधिकतम प्रयत्न गरेको भए पनि उत्पादन अनुसार दूधको बिक्री बढाउन नसक्दा उ

    • प्रकाशित मितिः कार्तिक २६, २०८०
    • ३,१०८ पटक पढिएको
    • छाल खबर
  • डा.धनरत्न शाक्यद्वारा मानसिक स्वास्थ्यबारे सचेतना

    छाल खवर धरान,२५ कार्तिकः नसा तथा मनोरोग विशेषज्ञ प्रा.डा. धनरत्न शाक्यले रोटरी क्लव अफ भक्तपुरका पदाधिकारीहरु सहितको समूहलाई मानसिक स्वास्थ्यबारे सचेतना गराउनु भएको छ । मानिसको आनीबानी, बोली, ब्यवहार, भावना, सोच आदिमा देखिएका परिवर्तनहरु मानसिक रोगका लक्षण नै हुन् कि भन्ने कुरा स्वयमले, परिवार, साथीभाई, इष्टमित्रहरुले कसरी बुझ्ने भन्नेबारेमा डा।शाक्यले जानकारी गराउन्ज्भयो।त्यस्तै मानसिक स्वास्थ्य के हो र मानसिक समस्या कसरी उत्पन्न हुन्छ, मानसिक रोगहरुका लक्षणहरु के के हुन र उपचारका कसरी गर्न सकिन्छ भन्नेबारेमा सहभागीहरुलाई प्राध्यापक डा.शाक्यले अन्तरक्रियात्मक ढङ्गले प्रशिक्षण दिनु भएको थियो।

    • प्रकाशित मितिः कार्तिक २५, २०८०
    • ७५१ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic