समाचार

    Showing ६१-७० of १,५८८ items.
  • अन्तत दलहरू फागुन २१ का लागि तयार

    फणीन्द्र नेपालकाठमाडौं,३१ भाद्रः  सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले फागुन २१ गतेलाई घोषणा गरेको प्रतिनिधिसभा निर्वाचनप्रति प्रायस् सबै दल सकारात्मक देखिएका छन् । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले प्रतिनिधि सभा विघटन र चुनावको मिति घोषणा गरेको थियो । उक्त घोषणालाई सुरुमा प्रमुख दलहरूले स्वीकार गरेका थिएनन् । तर पछि नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतका दलहरूले तोकिएको मितिमा चुनाव हुनुपर्ने भन्दै त्यसका लागि सहयोग गर्न तयार रहेको बताउन थालेका छन् । प्रमुख तीन ठुला दलबाहेक राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०, जनता सम

    • प्रकाशित मितिः भदौ ३१, २०८२
    • ३८४ पटक पढिएको
    • छाल खबर
  • एमाले धरान कार्यालयमा तोडफोड गर्नेहरूलाई कारबाहीको माग

    छाल खवर धरान,३० भाद्रः भदौ २४ गते जेनजी आन्दोलनको आवरणमा भएको आगजनी र तोडफोड घटनामा संलग्नलाई कार्वाही गर्न नेपाल कम्युनिस्ट पार्टी (एमाले) धरान उपमहानगर कमिटीले तत्काल कानुनी कारबाही गर्न माग गरेको छ । धरान उपमहानगर कमिटीले सोमबार विज्ञप्ति जारी गर्दै कार्यालयमा सुनियोजित रुपमा पार्टी कार्यालयमा तोडफोड गर्नेलाई तत्काल कानूनी दायरामा ल्याउन माग गरेको हो । शान्तिपूर्ण आन्दोलनकारीको आवरणमा पार्टी कमजोर पार्ने उद्देश्यले योजनाबद्ध रूपमा कार्यालयमा आक्रमण गरिएको आरोप विज्ञप्तिमा लगाईको छ । विज्ञप्तिमा आगजनी, तोडफोड र अराजक गतिविधिमा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाहीको माग गरिएको छ।

    • प्रकाशित मितिः भदौ ३०, २०८२
    • ५३८ पटक पढिएको
    • छाल खबर
  • नवनियुक्त तीन मन्त्रीले लिए शपथ, कसलाई कुन मन्त्रालयको जिम्मेवारी

    छाल खवरधरान,३० भाद्रः सोमबार नवनियुक्त तीन मन्त्रीले शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ र गृहका साथै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ओम प्रकाश अर्याललाई शपथ गराएका हुन् । पूर्वसचिव समेत रहेका खनालले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका मौका पाएका हुन् । त्यस्तै, नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक घिसिङलाई भौतिक योजना तथा यातायात र सहरी विकास मन्त्रालयको पनि जिम्मेवारी दिइएको छ । अधिवक्ता र जेनजी आन्दोलनका सहजकर्ता रहेका अर्य

    • प्रकाशित मितिः भदौ ३०, २०८२
    • १,९०९ पटक पढिएको
    • छाल खबर
  • पार्टी छिटो पुनर्गठन गरौं एमाले नेता बास्कोटा

    छाल खवर धरान,३० भाद्रः जेन जि आन्दोलनबाट ठूला राजनीतिक पार्टीका नेताहरु मौन रहेको अवस्थामा नेकपा एमालेका नेता गोकुल बास्कोटाले भने पार्टीलाई छिटो पुनर्गठन गर्नुपर्ने बताएका छन् । जेनजी युवाको प्रदर्शनपछि एमाले नेतृत्वको सरकार ढलेर पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार गठन भएपछि बास्कोटाले पार्टी पुनर्गठन गर्नुपर्ने धारणा सार्वजनिक गरेका हुन् । बास्कोटाले आफ्नो फेसबुकमा लेख्दै भनेकाछन् ‘छिटो तर सुविचारित निर्णय गरी पार्टीलाई पुनर्गठन गरौं ।’ बास्कोटाले राजनीतिक दलविना गणतन्त्र र गणतन्त्र विना समाज बाँच्न नसक्ने कुरा स्पष्ट पारेकाछन् । ‘समय, परिवेश,

    • प्रकाशित मितिः भदौ ३०, २०८२
    • ८७३ पटक पढिएको
    • छाल खबर
  • सुनसरीमा आज र भोली बिहान सम्म कर्फ्यु जारी

    छाल खवर धरान,२६ भाद्रः सुनसरी जिल्ला प्रशासनले आज बिहीबार दिउँसो देखी भोली शुक्रवार बिहान सम्म कर्फ्यु आदेश जारी गरेको छ । जिल्ला प्रशासनले धरान, इटहरी उपमहानगरपालिका र इनरुवा र दुहबी नगरपालिकामा कफ्र्यु जारी गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठद्वारा आज बिहीबार जारी कर्फ्यु रनिषेधाज्ञामा आज दिउँसो १ बजे देखी ५ बजे सम्म र राती ९ बजे देखी भोली शुक्रवार बिहान ६ बजे सम्म कर्फ्यु लागु हुने बताइएको छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क बमोजिम कर्फ्यु आदेश जारी भएको हो । कर्फ्युको अवधिमा उल्लेख गरिएको क्षेत्रभित्र कसैले पनि आवतजावत गर्न नहुने, कुनै प्रकारको भेला, जुलुस, प्रदर्

    • प्रकाशित मितिः भदौ २६, २०८२
    • ३१० पटक पढिएको
    • छाल खबर
  • जेनजीको प्रदर्शन स् मृतकको सङ्ख्या १५ पुग्यो

    छाल खवर काठमाडौँ,२३ भाद्रः जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर समाचार तयार हुदासम्म १५ जनाको मृत्यु भएको छ । मृतकको सङ्ख्या १५ पुगेको प्रहरीका एक जना उच्च अधिकृतले जानकारी दिएकाछन् । मृत्यु हुनेमा ट्रमा सेन्टरमा ७ जना, सिभिल अस्पतालमा ३ जना, त्रिवि शिक्षण अस्पतालमा १ जना र सिनामंगल स्थित काठमाडौँ मेडिकल कलेजमा २ जना छन् । प्रदर्शन स्थलको सुरक्षामा खटिएका प्रहरीले भ्रष्टाचारको विरुद्धमा आवाज उठाउनेहरूको टाउकोमा ताकेरै गोली प्रहार गरेको भेटिएको छ । ट्रमा सेन्टरका चिकित्सकले मृत घोषणा गरेका बाँकेका २५ वर्षीय सुलभ राज श्रेष्ठ र १९ वर्षीय सिमाय चौलागाईंको टाउकोमा गोली लागेको भेटिएको छ । कालि

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • १७८ पटक पढिएको
    • छाल खबर
  • नेपाल तरुण दलद्धारा गृहमन्त्रीलाई वर्खास्त गरी कानुनी दायरामा ल्याउन माग

    छाल खवर धरान,२३ भाद्रः नेपाल तरुण दल क्षेत्रीय समिति क्षेत्र नं. १ सुनसरीले गृहमन्त्री रमेश लेखकलाई वखास्त गरी कानुनी दायरामा ल्याउन माग गरेको छ । सामाजिक सञ्चाल वन्दको विरोधमा जेन जी पुस्ताले आयोजना गरेको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले गोही हानी हत्या गरेको घटनाको विरोध जनाउदै गृहमन्त्रीलाई वखस्त गरी कानुनी दायरामा ल्याउन माग गरेको हो । नेपाल तरुण दल स्थापनाकाल देखि नै लोकतन्त्रको पक्षमा, विधीको पक्षमा चट्टान झै उभिरहेको र अन्यायको विरुद्धमा दिलोज्यान दिएर न्यायको पक्षमा आवाज वुलन्द गरी मुलुकको सर्वोपरी हितको निम्ति सधैंव लडदै आएको विज्ञप्तिमा उल्लेख गरीएको छ मुलुकको वर्तमान राजनीतिक अवस्

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • १५५ पटक पढिएको
    • छाल खबर
  • विजयपुर ट्रेर्डस धरानद्धारा यामाहाको नयाँ मोटरसाईकल सार्वजनिक

    छाल खवर धरान,१८ भाद्रः विजयपुर ट्रेर्डस धरानले यामाहा कम्पनीको नयाँ मोटरसाइकल सार्वजनिक गरेको छ ।यामाहा मोटरसाइकल कम्पनीको आधिकारिक विक्रेता विजयपुर ट्रेडर्सले बुधवार एमटी–१५ भी २ र एफजेड एस भी ३ डिलक्सका किलर भेरियन्ट बाइकहरू सार्वजनिक गरेको हो ।पत्रकार सम्मेलनमा यामाहाले सबै मोटरसाइकल प्रेमीलाई नयाँ मोडेल एमटी–१५ भी–२ ९आइस स्टर्म र भिभिड भायोलेट मेटा लिक० तथा एफजेड–एस भी ३ डिलक्स आइस फ्लुओ–भर्मिलियन प्रत्यक्ष अवलोकन गर्न आग्रह गरेको छ ।विजयपुर ट्रेडर्सका प्रमुख प्रभाव खतिवाडका अनुसार यामाहा एमटी–१५ भी २ बजार मूल्य ५ लाख ६० हजार ९०० र एफजेड–एस भी ३ डि

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • ३,४६७ पटक पढिएको
    • छाल खबर
  • कोशीका मन्त्रीले खोसे सचिवको गाडी

    छाल खवर धरान,१६ भाद्रः कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगामले मन्त्रालयका सचिवको गाडीको चावी खोसेकाछन् । मन्त्री हाङगामले सोमबार मन्त्रालयका सचिव डा शरणकुमार पाण्डे चढ्ने सरकारी गाडीको चाबी खोसेका हुन् । मन्त्री हाङगाम यस अघि पनि विभिन्न विवादमा मुछिदै आएका छन् । मन्त्री हाङगाम र सचिव पाण्डेबीच लामो समयदेखि विवाद एवं असमझदारी चुलिदै आएको छ । सचिव पाण्डे को १ झ ६७९ नम्बरको गाडी चढेर सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफलका लागि पुगेका थिए । छलफल सकेर फर्कन खोज्दा आफू चढेर आएको गाडी नदेखेपछि खोजी गरेका थिए । त्यसवेला मात्र उनले मन्त्रीले गाडी लगेको थ

    • प्रकाशित मितिः भदौ १६, २०८२
    • ४,१९८ पटक पढिएको
    • छाल खबर
  • डा.लेखजंग थापा बने रास्वपाको उम्मेद्वार

    छाल खवर धरान,१६ भाद्रः आन्तरीक निर्वाचन मार्फत रुपन्देही ३ मा हुन लागेको निर्वाचनमा लागि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले उम्मेदवारको नाम टुङ्गो लगाएको छ । पार्टी सदस्यहरु मध्येबाट आवेदन माग गरी आएका नाम मध्येबाट निर्वाचन गराई रास्वपाले उम्मेद्वारको नाम टुङ्गो लगाएको हो । रास्वपाले डा लेखजंग थापालाई रुपन्देही–३ को उप निर्वाचनकाका लागि उमेद्वार वनाएको थियो । वरिष्ठ न्युरोलोजिष्ट डा. थापा सिद्धार्थनगर–९ निवासी हुन् । नेपाली न्युरो साइन्सको विकास र बिरामी उपचारमा १६ वर्षभन्दा बढी समय बिताएका उनी एक प्रतिभावान चिकित्सक हुन् । पोखराको मणिपाल कलेज अफ मेडिकल साइन्सेजबाट एमबीबीए

    • प्रकाशित मितिः भदौ १६, २०८२
    • ४४८ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic