छाल खवर धरान,२६साउनः विद्यार्थीहरुलाई समाचारका विषयमा जानकारी दिने उदेश्यले हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५ ले आइतबार एकदिवसीय समाचार लेखन अभिमुखिकरण सम्पन्न कार्यक्रम सम्पन्न गरेको छ । पत्रकार तिर्थ कार्कीले समाचार के हो कसरी तयार गरीन्छ समाचार तयार पार्दा के के कुरामा ध्यान दिनु पर्दछ कस्ता विषयहरु समाचारका विषयहरु हुन लगायतका विषयमा विद्यार्थीहरुलाई सहजीकरण गरेका थिए । विद्यार्थीलाई समाचारको परिभाषा, लेखन तरिका, फाइभ डब्ल्यु–वान एच को प्रयोग गरेर समाचार लेखनको अभ्यास गराइएको थियो । स्कुलका निर्देशक गङ्गाराम राईका अनुसार भित्ते पत्रिका प्रकाशनको तयारीसँगै, एसईई परीक्षामा
छाल खवर धरान,२४ साउनः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ मा लाखे नाच प्रदर्शनी सम्पन्न भएको छ । विद्यार्थीहरुलाई लाखे नाचको रमाइलो देखाउन र जानकारी दिनको लागि सो प्रर्दशनी गरीएको हो । नेवार एकता साँस्कृतिक समितिको संयोजनमा लाखे नाच प्रदर्शनी गरीएको स्कुलका निर्देशक गंगाराम राईले जानकारी दिनुभयो । समुदाय भित्रका जाति समुदायको मौलिक संस्कार र सँस्कृतिलाई सामुहिक गर्नको लागि सवै जाति समुदायको मौलिक परम्परा र नाचलाई स्कुलमा प्रदर्शनी गराउने गरीएको निर्देशक राईको भनाई रहेको छ । लाखे नाच नेवार समुदायमा निकै लोकप्रिय नाचको रुपमा नाच्ने गरीन्छ । यो नाच साउन र भदौ महिनाभरी नाच्ने गरीन्छ ।
छाल खवर धरान,२३ साउनः रोटरी क्लब अफ धरान घोपाको अध्यक्षमा इश्वर ताम्राकार चयन भएकाछन् । रोटरी क्लब अफ धरान घोपाको २३औं पदस्थापन तथा सपथ ग्रहण कार्यक्रम पश्चात ताम्राकार अध्यक्षमा चयन भएका हुन । सुनसरी उद्योग वाणिज्य संघको सभा हलमा वरिष्ठ समाजसेवी सरला कायस्थको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा वर्ष २०२४ र २५ काअध्यक्ष गौरवमान श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए भने सचिव अतुल श्रेष्ठले गत वर्षको गतिविधि प्रतिवेदन प्रस्तुत गरेका थिए । रोटरी क्लबका असिस्टेन्ट गभर्नर विनोद अग्रवालले नयाँ बोर्ड सदस्यहरूलाई पद तथा गोपनीयताको सपथ गराएका थिए । बर्ष २०२५र०२६ का लागि २२ सदस्
छाल खवर धरान,२१ साउनः जनता समाजवादी पार्टीको प्रदेश १ अधिवेशन भदौ अन्तिम साता हुने भएको छ । आयोजकले दिएको जानकारी अुनसार भदौ २७ र २८ गते विराटनगरमा आयोजन गर्ने प्रदेश समितिको बैठकले निर्णय गरेको छ । जसपा नेपाल प्रदेश अध्यक्ष दीपक याक्खाले प्रदेश अधिवेशनलाई महत्त्वपूर्ण राजनीतिक सन्देश दिन उपयोग गरिने बताए । अध्यक्ष याक्खाले दिएको जानकारी अनुसार अधिवेशनमा पार्टी अध्यक्ष उपेन्द्र यादव, सह–अध्यक्ष रकम चेम्जोङ लगायत शीर्ष नेताहरूले सम्बोधन गर्ने छन् । अधिवेशनमा प्रदेश भरीका एक हजार बढी प्रतिनिधि, पर्यवेक्षक सहभागी हुने प्रदेश मुख्य सचिव घनश्याम कटुवालले जानकारी दिएका छन् । बैठकले प्रदेश
छाल खवर धरान,१९ साउनः धरानमा जारी बिधालय स्तरिय चौथो मेजर श्रवणकुमार मेमोरियल डिपो बास्केटवल रनिङ्ग कपको उपाधी सुनाखरी स्कुलले हात पारेको छ । सुनखारी स्कुलले सोमबार भएको फाइनल खेलमा प्याराडाइज स्कुललाइ ५९÷४५ अंकको अन्तरले पराजित गर्दै उपाधी हात पारेको हो । उपाधी सङ्गै सुनाखरी एकेडेमीले नगद २० हजार रुपैय, ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गेरेको छ् । खेलको पहिलो र दोस्रो क्वाटरमा सुनाखरी स्कुल १८/११ र १८/७ अंकले अग्रता बनाएका थिए । तेस्रो क्वाटर बराबरी १४/१४ अंक जोडेका थिए भने चौथो क्वाटरमा सुनाखरी १३(९ अंकले पछि परेका थिए । उपबिजेता प्याराडाइज स्कुल तरहराले नगद दस हजार, ट्रफी,
छाल खवरधरान,१८ साउनः जनजातिमा समावेश हुनका लागि संघर्ष गरीरहेको समुदाय कुलुङ जातिले आफ्नौ मौलिक परम्परा र संस्कार संस्कृतिमा आधारीत पुस्तक प्रकाशन गरेको छ । धरानमा शनिवार एक कार्यक्रमकावीच कुलुङ जातिको उत्पत्ति, संस्कार, संस्कृति, विधि–विधान, लोकमान्यता, परम्परागत कानुन र जीवन चक्रको सम्पूर्ण विवरण समेटिएको पुस्तक ‘कुलु रिदुम्’ विमोचन गरिएको छ। नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघको केन्द्रिय कार्यालय धरान–५ स्थित देवीगाउँमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङले पुस्तक विमोचन गरेका हुन्। संघका महासचिव दिपेन्द्र कुलुङले दिएको जानकार
छाल खवर धरान,१८ साउनः धरान खेलकुद मञ्चले धरान अवार्ड २०८२ बाट यस बर्ष करातेबाट साहिल राई र महिलातर्फ बर्षा राई घोषित भएका छन । धरान खेलकुद मञ्चले शनिवारवार आयोजना गरेको अवार्ड कार्यक्रममा कराते विधातर्फका पुरुष र महिलातर्फ साहिल र बर्षालाई उत्कृष्ट धरान बर्ष खेलाडी घोषित भएका हुन् । अवार्ड प्राप्त गर्ने दुवै जनालाई जनही नगद ३०÷३० हजारसहित अवार्ड प्रदान गरीएको थियो । यसैगरि उत्कृष्ट प्रशिक्षकमा करातेका किरण लामाले अवार्ड प्राप्त गर्न सफल वनेकाछन् । लामाले नगद २० हजारसहित अवार्ड प्राप्त गरे । यस्तै, उत्कृष्ट राइजिङ प्लेयरको अवार्ड टेवलटेनिसकी सुलेखाकुमारी ठाकुर घोषित हुदै नगद १५
छाल खवरधरान,२४असार ः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ ले संचालन गरेको हिविस्कस निट एण्ड क्लिनको उपाधि ६ कक्षाले हात पारेको छ । असार महिनाको निड एण्ड क्लिन कक्षा घोषणाको उपाधि कक्षा छ ले हात पारेको हो । कक्षा ६का मनिटर स्वर्णिम राईले ट्रफि ग्रहण गरेका थिए भने कक्षा शिक्षिका गिता राईलाई कक्षा सरसफाईमा सहयोग पु¥याए बापत सम्मान गरिएको थियो । विद्यालयले आफ्नो कक्षा कोठा सरफाईमा उत्प्रेरणा जगाउन गत जेठ महिनाबाट सो कार्यक्रम सञ्चालनमा ल्याएको स्कुलमा निर्देशक गंगाराम राइले जानकारी दिनुभयो । सो कार्यक्रमले कक्षा कोठामा सरसफाई हुनका साथै विद्यार्थीहरूमा ब्यवहारिक ज्ञानको बिकास हुने
छाल खवर धरान,५साउन ः धरान ३ निवासी इम्तियाज सिद्धिकी र नियाज सिद्धिकी दाजुभाइले कलेजो रोगबाट चार महिनादेखि जीवनमरणको दोसाँधमा रहेका धरान ८ का रोशन राईको उपचारका लागि १३ हजार सहयोग गर्नुभएको छ । धरान ८ अरुणटोल सुकुम्बासी बस्तीका रोशन राईको निवासमै पुगेर टेलरिङ व्यवसायमा रहेका अगुवा इम्तियाज सिद्धिकीको तर्फबाट १० हजार र उनका सहोदर कान्छा भाइ नियाज सिद्धिकीले ३ हजार गरि जम्मा १३ हजार रुपैया बिरामीकी श्रीमति शान्ति तामाङलाई नगद हस्तान्तरण गरिएको हो । मजदुर नेता भीमज्वाला राईले रोगसंग लडिरहेका रोशन राईका बारेमा समाचार फेसबुकमा पोष्ट गर्नुभएपछि आफुहरुले सहयोग गर्ने इच्छाको र भीम राई मार्फत राखेको
छाल खवर धरान,२८ असार ः सुुनसरी उद्योग बाणिज्य सघंको असार ३० गते हुने निर्वाचनका लागि प्रकाशित गरिएको मतादाताको नामावलीमा ‘फर्जी’ मतदाता समेत राखिएको पाइएको छ । धरानमा असार ३० गते तिन बर्षे कार्यकालका लागि निर्वाचन हुुदै छ । अहिले सिण्डीकेट पक्षधर समुुह र ब्यापारी ब्यबसायी समुुहको दुुई प्यानलका उमेद्धारहरु बजारमा भोट मागि रहेका छन् । बजारमा चलेको चर्चा लाई आधार मान्ने हो भने सिन्डीकेट पक्षधर समुुहबाट गोपाल श्रेष्ठको प्यानल र ब्यापारी ब्यबसायीहरुको समुुहबाट शिवराज श्रेष्ठको प्यानल चुुनावी प्रतिस्प्रधामा छ । सुुनसरी उद्योग बाणिज्य सघंमा केही पुुर्व अध्यक्षहरुको नियन्त्रणमा चलाइएको
Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved
Website By : Hash Tech Logic