राष्ट्रिय

    Showing १५१-१६० of ३३० items.
  • अनियमितता गरेको आरोपमा महालक्ष्मी विकास वैंकका कर्मचारी पक्राउ

    छाल खवर काठमाडौं,१४ पुष ः कमसल सुन राखेर धेरै कर्जा प्रवाह गरेको आरोपमा महालक्ष्मी विकास वैंकका कर्मचारी पक्राउ परेकाछन् । महालक्ष्मी विकास बैंक, कुमारीपाटीमा कमसल धितो राखेर बढी कर्जा प्रवाह गरिएको आरोपमा तत्कालीन सुन जाँचकी पक्राउ परेका हुन । प्रहरीले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा पाल्पा स्थायी घर भइ काठमाडौं बस्दै आएका पदमचन्द्र ज्ञवाली रहेकाछन् । ज्ञावलिजागिर छाडेर अर्को कर्मचारी नियुक्त भएपछि कमसल धितो राखेर साढे ७ करोड ऋण प्रवाह गरेको पत्ता लागेको थियो । ज्ञवाली २०६७ सालदेखि ०७७ सालसम्म महालक्ष्मी बैंकमा वरिष्ठ सुन जाँचकीका रुपमा कार्यरत रहेका थिए । सोही प्रकरण बैंकका तीन शाखा

    • प्रकाशित मितिः पुस १४, २०७७
    • १,९६४ पटक पढिएको
    • छाल खबर
  •  कांग्रेसले आज देशभर विरोध प्रदर्शन गर्दै

    छाल खवर काठमाडौं १३ पुष ः संसद विघटनको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देशभर प्रदर्शन गर्ने तयारी गरेको छ । १६५ वटै निर्वाचन क्षेत्रमा कांग्रेसले विरोध प्रदर्शन गर्न लागेको नेपाली कांग्रेसले जनाएको छ । विरोध प्रदर्शनसहितको सभालाई सम्बन्धित निर्वाचन क्षेत्रका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम नेपाली कांग्रेसले बनाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा भने आफ्नो निर्वाचन क्षेत्रमा जाने छैनन् । कार्यव्यस्तताको कारण देउवाले भक्तपुरको विरोध सभालाई सम्बोधन गर्ने नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएकाछन् । । यसैगरी कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले

    • प्रकाशित मितिः पुस १३, २०७७
    • १,६०२ पटक पढिएको
    • छाल खबर
  • मुख्यमन्त्री राईले हटाए अर्थमन्त्री

    छाल खवर धरान,११ पुष ः आफै विरुद्ध अविस्वास प्रस्ताव ल्याउन लागेको र कार्यसम्पादन राम्रो नभएको आरोप लगाउदै प्रदेश १ का अर्थमन्त्रीलाई मुख्यमन्त्रीले हटाएकाछन् । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोलाई शनिवार पदबाट हटाएका हुन । मुख्यमन्त्री राईले कार्यसम्पादन राम्रो नभएको, मुख्यमन्त्री हटाउन चलखेल गरेको भन्दै आङवोलाई पदमुक्त गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले पुष्टि गरेकाछन् । कार्यसम्पादन चित्त बुझ्दो नभएको र मुख्यमन्त्रीविरुद्ध नै चलखेल भएकोले पदमुक्त गरिएको हो सुवेदीले वताएकाछन् ।आङ्बो पुर्वमाओवादी खेमाबाट मन्त्री बनेका थिए ।

    • प्रकाशित मितिः पुस ११, २०७७
    • १,८३३ पटक पढिएको
    • छाल खबर
  • उद्योग वाणिज्य महासंघको साधारण सभा स्थगित

    छाल खवर धरान,११ पुष ः व्यापारीहरुको छाता संगठनको रुपमा रहेको नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को साधारण सभा तथा निर्वाचन स्थगित भएको छ। महासंघका कार्यकारी निर्देशक राधारमण भण्डारीले विज्ञप्ति प्रकाशन गरी साधारण सभा तथा निर्वाचन स्थगित गरेको जानकारी गराएका हुन । विराटनगरस्थित एक होटलमा शनिबारका लागि साधारणसभा तय गरीएको थियो । स्थानीय गर्ग प्रिन्टर्सका अन्ताज हुसेनले विराटनगरस्थित उच्च अदालतमा साधारण सभा तथा निर्वाचन नियम विपरीत रहेको जनाउँदै रिट दायर गरेपछि उच्च अदालतले शुक्रबार साधारणसभा स्थगित गर्न आदेश जारी गरेको थियो । अदालतको आदेशपछि महासंघले सोही दिन सूचना निकाल्दै कार्यक्रम स्थगित

    • प्रकाशित मितिः पुस ११, २०७७
    • १,५३८ पटक पढिएको
    • छाल खबर
  • ८ नयाँ मन्त्रीले लिए सपथ, कसलाई कुन मन्त्रालय (सूचीसहित)

    छाल खवर काठमाडौं,१० पुष ः प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिमण्डल हेरफेर र विस्तार गरेका छन्। प्रधानमन्त्रीले संसद भंग गरेपछि सात जना मन्त्रीले सामूहिक राजीनामा दिएका थिए। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का असन्तुष्ट समूह पुष्पकमल दाहाल(माधवकुमार नेपाल पक्षका मन्त्रीहरूले राजीनामा दिएका थिए। त्यसपछि रिक्त रहेका मन्त्रालयहरूमा प्रधानमन्त्री ओलीले शुक्रबार नयाँ मन्त्री नियुक्त गरेका हुन्। ८ जना थपिएका मन्त्रीहरू टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा, गौरीशंकर चौधरी, दावा लामा, जुली कुम

    • प्रकाशित मितिः पुस १०, २०७७
    • २,०९८ पटक पढिएको
    • छाल खबर
  • २ दर्जन नेताद्वारा ओली समूह अस्वीकार (नामसहित)

    छाल खवर धरान,९ पुष ः मनोनयन गरीएको २४ घण्टा वित्न नपाउनदै प्रधानमन्त्री केपी शर्मा ओली समूहका केन्द्रीय सदस्यहरुले पद अस्वीकार गरेकाछन् । उनीहरुले विज्ञप्ति प्रकाशन गरी आफूलाई विना जानकारी समितिका राखीएको भन्दै अस्वीकार गरेका हुन् । ओलीले उनीहरुलाई मंगलवार केन्द्रीय सदस्य मनोनयन गरेका थिए । नेपाल कम्युष्टि पार्टी (नेकपा) को केन्द्रिय समितिमा मनोनित गरिएका २२ जनाले केन्द्रीय सदस्य पद अस्विकार गरेका छन्। उनीहरुले आफूलाई थाहै नदिई केन्द्रीय सदस्यमा राखिएको दावी गरेकाछन्। प्रधानमन्त्री केपि शर्मा ओलीले बालुवाटारमा आफूपक्षीय केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य संख्या ११९९ सदस्यीय बनाएका थिए।

    • प्रकाशित मितिः पुस ९, २०७७
    • १,६१९ पटक पढिएको
    • छाल खबर
  • भोजपुरमा भुवादार जापानी तीतेपातीको व्यावसायिक खेती सुरु

    छाल खवर धरान,८ पुष ः भुवादार जापानी तीतेपातीको भोजपुरमा पहिलो पटक व्यावसायिक खेतीको सुरुआत गरिएको छ । थोरै लगानीमा आम्दानी लिन सकिने तथा प्रयोगविहीन जमिनलाई सदुयोग गर्ने लक्ष्यका साथ यसको खेती शुरुआत गरिएको हो । अरुण गाउँपालिका–४ चरम्वी र्याङका दुई युवा मिलेर तीतेपातीको व्यावसायिक खेती सुरु गरेका हुन् । छोटो समयमा उत्पादन हुने तथा विभिन्न जडीबुटीका लागि बजार मागसमेत राम्रो भएकाले यो खेतीको सुरुआत गरेको उनीहरुले बताएका छन् । उनीहरुले सङ्खुवासभाबाट विरुवा ल्याएर करिब दुई रोपनी क्षेत्रफलमा करिब आठ हजार तीतेपातीको खेती सुरु गरेका हुन् । अहिले दुई रोपनी क्षेत्रफलमा परीक्षणको रूपमा लगाएको र

    • प्रकाशित मितिः पुस ८, २०७७
    • १,६५१ पटक पढिएको
    • छाल खबर
  • नेपालमा संसद विघटनका पूर्वघटनाहरु के के हुन् कारणरु

    प्रकाश ढकालकाठमाडौँ– नेपालमा बहुदलीय व्यवस्था पुनर्स्थापित भएपछिको ३१ वर्षमा आइतबारसमेत गरी चारपटक संसद विघटनका लागि सिफारिस भएको छ। २०५१ सालमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गरेको संसद विघटनको प्रस्तावलाई तत्कालीन राजा र सर्वोच्च अदालतले अनुमोदन गरे पनि २०५२ सालमा मनमोहन अधिकारीले गरेको विघटनको प्रस्तावलाई भने सर्वोच्चले अस्वीकृत गरेको थियो। २०५८ सालमा शेरबहादुर देउवाले संसद विघटन गरी चुनाव घोषणा गरे पनि तत्कालीन राजा ज्ञानेन्द्रले उनलाई नै अपदस्थ गरी सत्ता आफ्नो हातमा लिएका थिए। त्यो बेला पनि उनले पार्टीगत विवादकै कारण संसद विघटन गरी चुनाव घोषणा गरेका थिए जुन चुनाव कहिल्यै हुन

    • प्रकाशित मितिः पुस ६, २०७७
    • १,३२३ पटक पढिएको
    • छाल खबर
  • उद्योग वाणिज्य महासंघमा समिति गठन, कसको जिम्मामा कुन समिति ?

    काठमाडौं,५ पुष ः नेपाल उद्योग वाणिज्य महासंघले विभिन्न समिति गठन गरेको छ । महासंघको विधानअनुसार गठित समिति तथा फोरमको सभापति पनि चयन गरिएको छ । महासंघको उद्योग समितिको जिम्मेवारी भरतराज आचार्य, व्यापार समिति विजयसिंह वैद्य, घरेलु तथा साना उद्योग समिति डीबी बस्‍नेत, महिला उद्यमी विकास समिति रीता सिंह, स्थल यातायात तथा पारवहन समिति प्रकाशसिंह कार्कीलाई दिइएको छ । यस्तै कर तथा राजस्व समिति सन्दीपकुमार अग्रवाल, पर्यटन तथा हवाई यातायात समिति ज्योत्सना श्रेष्ठ, सूचना तथा सञ्‍चार प्रविधि विकास समिति मंगेशलाल श्रेष्ठ र बैंक, वित्तीय तथा बिमा समितिमा साहिल अग्रवाललाई सभापतिको जिम्मेवारी दिइएक

    • प्रकाशित मितिः पुस ५, २०७७
    • २,०८६ पटक पढिएको
    • छाल खबर
  • प्रतिनिधिसभा भंग, वैशाख १७ र २७ गते मध्यावधि निर्वाचनको घोषणा

    काठमाडौं,५ पुष ःप्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् । साथै, मध्यावधि निर्वाचनको मितिसमेत तोकिएको छ । आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने प्रस्ताव राष्ट्रपतिसमक्ष लगेका थिए । संसद विघटनको प्रस्तावको मन्त्रीहरूबाटै विरोध भएको थियो भने सत्तारुढ र विपक्षी दलहरुले समेत संविधानविपरीत भएको बताएका थिए । तर राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा १ र ७ तथा धारा ८५ र संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्यमान्यता बमोजिम भन्दै संसद विघटनको घोषणा गरेकी हुन् । उनले मन्त्रिपरिषद्को सिफारिस बमो

    • प्रकाशित मितिः पुस ५, २०७७
    • १,३९६ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic