खेमबहादुर माझी धरान,२ असार ः धरान मेघा कलेजको प्रमुखमा धरान १४ निवासी भाष्कर पौडेल नियुक्त हुनु भएको छ । शिक्षा क्षेत्रमा लामो समय कार्यरत पौडेललाई कलेज व्यवस्थापन समितिले सोमवार कलेज प्रमुखमा नियुक्त गरेको हो । धरान स्थित विष्णु मेमोरीयल कलेजबाट आफ्नो उच्च शिक्षाको अध्यापन शुरु गर्नुभएका पौडेल त्याहाको कलेजका पूर्व संयोजक समेत रहनु भएको थियो । त्यसपछि उहाँ ह्वाइट हाउस कलेज काठमाडौंको प्राध्यापक, अरनिको इन्टरनेशनल कलेजका संस्थापक लगायत थुप्रै शैक्षिक संस्थाहरुमा उहाँको आवद्धता रहेको छ । नव नियुक्त क्याम्पस प्रमुख पौडलले उच्च शिक्षा अध्ययनका लागि काठमाडौलाई केन्द्र मानेर त्याही जानुपर्ने वा
छाल खवर धरान,२७ जेठ ः मानवीय सेवा गर्नका लागि धनाढ्य हुनु पर्दैन केवल मन भएपुग्छ भन्ने भावनालाई प्रतिनिधित्व गर्दै धरान १२ चतरालाईन स्थित धरान मेघा कलेजका विद्यार्थीहरुले चरीतार्थ गरेर देखाएकाछन् । असोक दर्जीेले गाएको धन विनाको मन ठूलो कि मन विनाको धन भन्ने गित जस्तै उनीहरुले सहयोग गर्नको लागि ठूलो धनराशी हैन केवल मन भएपुग्छ भन्ने यसको ज्वालन्त उदाहरण वनेकाछन्् । सोही कलेजमा बि.बि.एस.प्रथम बर्षमा अध्ययनरत बिद्यार्थीहरुले गाँस काटेर भएपनि आर्थिक संकलन गरेर धरान १ स्थित छाताचोक मा रहेको पुर्नस्थापना गृहलाई बिहिबार खाद्यान्न सामाग्री बितरण गरेका छन। कलेजका विद्यार्थीहरुले केन्द्रका सञ्चालक
छाल खवर काठमाडौं,१७ जेठः गत वर्ष जस्तै यस वर्ष पनि माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन नहुने भएको छ । मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले आन्तरिक मूल्यांकनबाटै नतिजा सार्वजनिक गर्ने निर्णय गरेको कानुनीमन्त्री लीलानाथ श्रेष्ठले जानकारी दिए । विद्यालयहरुले गरेको आन्तरिक मूल्यांकनका विवरण सम्बन्धित जिल्ला शिक्षा विकास तथा समन्वय समितिमा पठाउने र शिक्षा विकास तथा समन्वय इकाईले प्रमाणित गरी राष्ट्रिय परीक्षा बोर्डमा पठाउनुपर्नेछ । प्राप्त विवरणका आधारमा परीक्षा बोर्डले परीक्षाफल तयार पारी सार्वजनिक गर्नेछ । गत वर्षपनि कोरोना महामारीका कारण परीक्षा रोकिएपछि आन्तरिक मूल्यांकनबाटै नतिजा सा
छाल खवर धरान,२७ वैशाख ः कोविडको संक्रमणका कारण एसइई र जेठ २६ गतेदेखि हुने कक्षा १२ को परीक्षा स्थगित गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले अर्को निर्णय नभएसम्मका लागि आगामी जेठ १३ गतेदेखि सञ्चालन हुनेदुवै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । कोभिड–१९ को महामारी बढिरहेको र सरकारले पनि यथास्थितिमा परीक्षा सञ्चालन नगर भनेकाले यही अवस्थामा परीक्षा सञ्चालन गर्न सक्ने अवस्था नरहेकाले तत्कालका लागि दुवै परीक्षा स्थगन गरिएको परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले जानकारी दिए । परीक्षा अब कहिले हुन्छ भन्ने बारेमा पुनःछलफल गरी अर्को सूचना प्रकाशन गरी जानकारी गराइने उनले ब
छाल खवर धरान,७ वैशाख ः कोरोनाको ंसंक्रमण पुर्न दोहोरीन थालेपछि धरान उपमहानगरपालिकाले आफ्नो क्षेत्रमा रहेका सम्पूर्ण विद्यालयहरु बिहीबारदेखि पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ । धरान उपमहानगरपालिकामा मंगलवार बसेको सरोकारवाला पक्षसँगको बैठकले यस्तो निर्णय गरेको हो । पछिल्लो केही दिन यता कोरोना संक्रमण बढ्दै जानथालेपछि सरकारले वैशाखभर विद्यालय बन्द गर्ने निर्णय गरेसँगै धरान नगरपालिकाको बैठकले पनि विद्यालय वन्द गर्ने निर्णय गरेको हो । बुधबार भने विद्यार्थीहरुलाई वार्षिक परीक्षा र स्वास्थ्य सुरक्षा प्रोटोकलबारे जानकारी गराउन एक दिन विद्यालय लाग्न दिने निर्णय गरिएको शिक्षा महाशाख प्रमुख रत्न कट
भोला श्रेष्ठ धरान,१६ चैत ः कम्प्युटर क्षेत्रको जनशक्ति उत्पादन गर्ने उदेश्यले धरान स्थित केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारले पहिलो पटक व्याच्लर इन इनफरमेसन टेक्नोलोजी (विट)को भर्ना शुरु गरेको छ । पहिलो वर्षका लागि ३६ जनाको लागि क्याम्पसले यसैसाताबाट कलेजमा भर्ना शुरु गरेको हो । कलेजले दिएको जानकारी अनुसार यो ४ वर्षे कोर्ष रहेकोमा ६ महिनाको एक सेमेस्टर र ८ सेमेस्टरमा यो कोर्ष सकिनेछ । त्रिभुवन विश्वविद्यालय अन्र्तगतका विज्ञान तथा प्रविधि अध्ययन संस्थानका आंगिक क्याम्पसहरुलाई मात्र यो कोर्ष पढाउनका लागि स्विकृति दिइएको हात्तिसार क्याम्पस धरानका क्याम्पस प्रमुख दिलकुमार लिम्वुले जानकारी दिए
छाल खवर काठमाडौँ – माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व मंगलबार विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरि मनाईँदैछ । विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् । विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरि साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्ध
छाल खवर धरान, ३० माघ ः युएन नवोदय कलेजले कलेज धरानले बिएचएममा प्रदेश १ प्रथम बन्न सफल विद्यार्थीलाई सम्मान कार्यक्रम आयोजना गरेको छ । कलेजले शुक्रवार एक कार्यक्रमको आयोजना गरी विद्याथीहरुलाई पुरस्कृत र सम्मान गरेको हो । बिएचएम प्रथम सेमेष्टरकी छात्रा रितु राई, दोस्रो सेमेष्टरकी छात्रा स्टेला मेन्याङ्बो र दोस्रो सेमेष्टरकी छात्रा दिला नेम्वाङ लाई सम्मान गरीएको थियो । उनीहरु प्रदेश १ कै उत्कृष्ठ रहेको विद्यालयको दावी रहेको छ । कलेजले दिएको जानकारी अनुसार रितु र स्टेलाले प्रदेश प्रथम र दिलाले प्रदेश तृतीयको नतिजा हात पार्न सफल वनेकी छिन् । रितुले २०१९ मा ३.६९ जिपिए, स्टेलाले २०२० मा ३.६९ ज
छाल खवर धरान,२० मंसिर ःविगत नौ महिना देखि वन्द रहेको धरानको नीजि विद्यालयहरु आगामी आइतवारदेखि खुल्ने भएकाछन् । कोरोना महामारीको कारण बन्द रहेका धरानका निजी तथा संस्थागत विद्यालयहरू आइतबार देखि खुल्ने भएका हुन् । निजी तथा संस्थागत विद्यालयहरूले उपमहानगरपालिकालाई ७ वटा मोडालिटी बुझाएको र सोही मोडालिटी अनुसार विद्यालय खोल्न भनेर उपमेयर मञ्जु भण्डारी सुवेदीले मौखिकरुपमा भनेकोले आइतबार देखि विद्यालय खुलाउने तयारी भईरहेको एसिसि धरान अध्यक्ष राजेन्द्र गुरुङले जानकारी दिएकाछन् । स्वास्थ्य प्रोटोकलको पालना गरी आइतबार देखि प्रावि तहका ४ र ५ कक्षा र मावि तहका ८,९ र १० कक्षाका विद्यार्थीहरूलाई पढाइने अ
खेम बहादुर माझी धरान,३० कार्तिक ः सरकारी विद्यालयमा छोरा छोरी पढाउदा पढाई कमजोर हुन्छ भन्ने सोचलाई सुनसरीको इटहरीको जनता माध्यामिक विद्यालयले चुनौति दिएको छ । जुनसुकै हिसावले सरकारी विद्यालयका विद्यार्थीहरुले पनि नीजि विद्यालयका विद्यार्थीहरुसंग प्रतिष्पर्धा गर्न सक्छन भन्ने गतिलो उदाहरण वन्दै चुनौति समेत दिएको छ । सामान्य सरकारी विद्यालयको रुपमा रहेको यस विद्यालयमा कक्षा ११ र १२ मा पनि विद्यार्थीको आकर्षण बढ्दो मात्रामा रहेको छ । सरकारी विद्यालयमा पढाई हुदैन भनेर हेला गर्नेहरुका लागि जनता माविले निकै गतिलो झापट दिएको छ ।विधालय प्रशासनका अनुसार गतवर्ष कक्षा ११ मा ३सय ५० जना विद्यार्थी भर्
Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved
Website By : Hash Tech Logic