अपराध

    Showing २१-३० of ४२ items.
  • तिन थान भरुवा बन्दुक सहित तिन जना पक्राउ

    छाल खवर धरान,१२ असार ःतेह्रथुमको लालिगुरास नगरपालिका १ भुल्के स्थितबाट तिन थान भरुवा बन्दुक सहित तिन जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थानका ३५ बर्षीय मनोज गुरुङ, ३४ बर्षीय प्रेम गुरुङ र ३६ बर्षीय राम बहादुर गुरुङ रहेका छन् । हिजो दिउसो सँवा १ बजे प्रहरी चौकी लसुनेबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई बन्दुक बोकेर हिडिरहेको अबस्थामा फेला पारेको थियो । प्रहरीलाई देख्न साथ भाग्न खोजेका उनिहरुलाई नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय बसन्तपुरबाट थप अनुसन्धान भईरहेको छ ।

    • प्रकाशित मितिः असार १२, २०७८
    • २,५२७ पटक पढिएको
    • छाल खबर
  • खानेतेलको जर्किनमा लागूऔषध

    छाल खवर धरान,९असार ः खानेतेलको जर्किन भित्र प्रतिवन्धित लागू औषध ओसार पसार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी चक्रघट्टी ७ का ३२ बर्षीय राजकुमार मगर रहेको प्रहरीले जनाएको छ । लागूऔषध नियन्त्रणमा ब्युरोबाट खटिएको प्रहरी टोलीले हिजो बेलुका साढे ६ बजे लागूऔषध सहित मगरलाई पक्राउ गरेको हो । मगरले बोकेको झोलामा खानेतेलको गिलेनमा एभिल ७७ एम्पुल, लुपिजेसिक ७५ एम्पुल, डाइजाल्याप ७५ एम्पुल र फेनारगन ७८ एम्पुल फेला परेको थियो । पक्राउ परेका मगरलाई ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।

    • प्रकाशित मितिः असार ९, २०७८
    • ७५ पटक पढिएको
    • छाल खबर
  • पत्रकारको नाममा रकम ठगी गर्ने २ जना पक्राउ

    छाल खवर धरान,६ असार ःपत्रकार हौ भन्दै व्यापारीहरुसँग अवैध रुपमा रकम उठाउने दुइजनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका वडा नं ६ जुटबिकासका ५० बर्षीय दधिराम चौहान र मोरङ सुन्दरहरैचा नगरपालिका ७ का ५६ बर्षीय पुष्प प्रसाद सिग्देल रहेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । मोरङ रतुवामाई नगरपालिका १० स्थितबाट वनको कर्मचारी तथा पत्रकार हौ भनि उनीहरुले रकम ठगी गर्र्दै आएका थिए । गत असार ४ गते बेलुका ६ बजे रतुवामाई १० स्थितमा रहेको पूर्ण बहादुर श्रेष्ठको माईवेनी स–मिलबाट रकम उठाउन आएको बेला प्रहर

    • प्रकाशित मितिः असार ६, २०७८
    • २,२९४ पटक पढिएको
    • छाल खबर
  • एम्बुलेन्सबाट गाँजाको कारोवार

    छाल खवर धरान,११ जेठ ः एम्बुलेन्समा गाँजा ओसारपसार दुईजनालाई धरानबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा एम्बुलेन्स चालक धरान १५ का ३६ वर्षीय बलबहादुर लिम्बू र धनकुटा शहिदभूमि गाउँपालिका १ घर भइ हाल धरान ११ बस्ने वर्ष २८ का पोशन राई रहेका छन् । गएराति करिब ९ बजे भेडेटारबाट धरानतर्फ आउँदै गरेको को १ च ५५५९ नम्बरको एम्बुलेन्सबाट गाँजा बरामद गरिएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिएकाछन् । हुडेप नेपाल लेखिएको मारुतीलाई एम्बुलेन्स बनाएर गाँजा ओसारपसार गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको वस्नेतको भनाई रहेको छ । वस्नेतका अनुसार एम्बुलेन्सबाट

    • प्रकाशित मितिः जेठ ११, २०७८
    • १,९२३ पटक पढिएको
    • छाल खबर
  • डकैतीमा संलग्न ३ जना पक्राउ

    छाल खवर धरान,२६ वैशाख ःसाताअघि धरान १५ मा डकैटी गरी एक वृद्धको हत्या गरी नगद समेत लुटेर फरार भएको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानले दिएको जानकारी अनुसार घटनामा संलग्न हुनेहरुमा मोरङको पथरी ३ घर भई हाल धरान १५ सुनगाभा मार्ग बस्दै आएका ३८ बर्षीय सन्षोष भन्ने वीरवहादुर परियार, पथरी शनिश्चरे ५ पिपलडाँडा घर भई हाल धरान १० पुतली लाईन बस्ने ३५ बर्षीय सोनी राई र धरान १३ अमरहाटका २९ बर्षीया लक्ष्मी लिम्बु रहेकाछन् । उनीहरुले डकैती गरिएको गहनाहरु सोनी राईको बहिनी नाता पर्ने लक्ष्मी लिम्बुलाई लुकाएर राख्न दिएको प्रहरी अनुसन्धानबाट खुलेको थियो । उनको कोठामा खानतलासी

    • प्रकाशित मितिः वैशाख २६, २०७८
    • २,३७१ पटक पढिएको
    • छाल खबर
  • दाजुको कुटाइबाट भाइको मृत्यु

    छाल खवर उदयपृुर,२३ वैशाख ः उदयपुरमा आफ्नै दाजुको कुटाइबाट भाईको मृत्यु भएको छ । उदयपुरको त्रियुगा नगरपालिका– ९ चौकीबारीमा सामान्य वादविवाद हुँदा दाइको कुटाइबाट भाईको मृत्यु भएको हो । मृत्यु हुनेमा ३६ वर्षीय खुशीलाल चौधरी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । उनका ५० वर्षीय दाजु पुलकित चौधरीको कुटपिटबाट घाइते खुशीलालको वुधवार उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । विराटनगरस्थित गोल्डेन अस्पताल पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको उदयपुर प्रहरी प्रमुख भीम दाहालले बताए । पुकलितलाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख २३, २०७८
    • १,२३५ पटक पढिएको
    • छाल खबर
  • नाबालिकलाई जर्बजस्ती गरेको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ

    छाल खवर धरान,९ वैशाख ःबालिकालाई जर्बजस्ति करणी गरेको आरोपमा भोक्ताहा नरसिंह गाउँपालिका अध्यक्ष प्रहरी नियन्त्रणमा रहेकाछन् । बुधवार धरानको डुकु होटलमा नाबालिकालाई जर्बजस्ती करणी गरेको आरोपमा अध्यक्ष महेन्द्रप्रसाद यादव प्रहरी नियन्त्रणमा रहेकाहुन । धरान १३ स्थित एक होटलमा लगेर बालिकालाई जवरजस्ति करणी गरेको आरोपमा उनलाई वुधवार पक्राउ गरीएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । संखुवासभा घर भएकी १७ बर्षीया नाबालिकालाई होटलमा लगेर जर्बजस्ती गरेको आरोपमा उनलाई पक्राउ गरीएको ईलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले वताएकाछन् । यादव युवतिको विचमा इटहरीको एक होटलमा भेटपछि उनीहर

    • प्रकाशित मितिः वैशाख ९, २०७८
    • ३,७५९ पटक पढिएको
    • छाल खबर
  • बिरामी जचाउन आएकी महिलालाई यौन दुरव्यवहार गर्ने डाक्टर जैसवाल पक्राउ

    छाल खवर धरान,१४ चैत ः एक युवतिलाई यौन दुव्र्यवबहार गरेको आरोपममा प्रहरीले एक चिकित्सकलाई पक्राउ गरेको छ । शिशु बालिकालाई जचाउन गएकी २५ वर्षीया महिलालाई यौन दुव्र्यवहार गरेको आरोपमा शुक्रबार प्रहरीले चिकित्सकलाई पक्राउ गरेको हो । छिन्नमस्ता अस्पतालमा कार्यरत डा राजन जैसवाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले बताएकाछन् । धमलाका अनुसार सोही अस्पतालमा बुधबार जन्मिएकी नन्दकी छोरीलाई उपचार गराउन पुगेकी महिलासँग अस्पतालकै केबिनमा यौनजन्य दुव्र्यहार गरेको आरोपमा डा. जैसवाललाई पक्राउ गरिएको हो । उपचारका बहानामा यौन दुव्र्यवहार गरेको पीडितले आरोप ल

    • प्रकाशित मितिः चैत १४, २०७७
    • ८८७ पटक पढिएको
    • छाल खबर
  • अनियमितता गरेको आरोपमा महालक्ष्मी विकास वैंकका कर्मचारी पक्राउ

    छाल खवर काठमाडौं,१४ पुष ः कमसल सुन राखेर धेरै कर्जा प्रवाह गरेको आरोपमा महालक्ष्मी विकास वैंकका कर्मचारी पक्राउ परेकाछन् । महालक्ष्मी विकास बैंक, कुमारीपाटीमा कमसल धितो राखेर बढी कर्जा प्रवाह गरिएको आरोपमा तत्कालीन सुन जाँचकी पक्राउ परेका हुन । प्रहरीले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा पाल्पा स्थायी घर भइ काठमाडौं बस्दै आएका पदमचन्द्र ज्ञवाली रहेकाछन् । ज्ञावलिजागिर छाडेर अर्को कर्मचारी नियुक्त भएपछि कमसल धितो राखेर साढे ७ करोड ऋण प्रवाह गरेको पत्ता लागेको थियो । ज्ञवाली २०६७ सालदेखि ०७७ सालसम्म महालक्ष्मी बैंकमा वरिष्ठ सुन जाँचकीका रुपमा कार्यरत रहेका थिए । सोही प्रकरण बैंकका तीन शाखा

    • प्रकाशित मितिः पुस १४, २०७७
    • १,९३४ पटक पढिएको
    • छाल खबर
  • क्रसर उद्योगमा बम विस्फोट गराएको आशङ्कामा तीन जना पक्राउ

    सांकेतिक तस्बिरसांकेतिक तस्बिरछाल खवर धरान,१ पुष ः जिल्लाको त्रियुगा नगरपालिका–१४ स्थित धाप्लाङटारमा सञ्चालनमा रहेको कञ्चनजङ्घा गोल्डेन गुड क्रसर उद्योगमा बम विस्फोट गराएको आशङ्कामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार पक्राउ पर्नेमा जिल्लाको चौदण्डीगढी नगरपालिका–८ का २३ वर्षीय एम्बी पुलामी मगर, ३२ वर्षीय यम्बरबहादुर मगर र १८ वर्षीय दीपक क्षेत्री छन् । सोमबार राति धाप्लाङटारस्थित क्रसर उद्योगमा सुतली र सकेट बमसहित दुई बम विस्फोट गराएको आशङ्कामा तीन जनालाई पक्राउ गरेर अनुसन्धान सुरू गरिएको उदयपुरका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी वेदप्

    • प्रकाशित मितिः पुस १, २०७७
    • २,४६२ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic