समाचार

    Showing १,५११-१,५२० of १,६४९ items.
  • कोरोना संक्रमित हार्डवेयर व्यापारीको निधन

    छाल खवर धरान,७ भदौ ः धरानमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत धरान ८ का ६८ बर्षीय हार्डवेयर तथा जग्गा व्यापारीको आइतवार साझ मृत्यु भएको हो । धरानमा कोरोना संक्रमितबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ । मृतक दुई जना पुरुष र एक महिला छन् । प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले मृत्यु भएको पुष्टि गरे काछन् । उनको साउन २९ गते पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो । मृतकलाई उच्चरक्तचाप, मधुमेह र श्वासप्रश्वासको समस्या विगतदेखि नै भइरहेको पनि प्रवक्ता सापकोटाले जानकारी दिए । आज साँझ करिब ६ बजेर ३५ मिनेटमा निधन भएको पनि उनले बताए ।

    • प्रकाशित मितिः भदौ ७, २०७७
    • २,४९९ पटक पढिएको
    • छाल खबर
  • प्रहरीको मोष्ट वान्टेड सूचिमा रहेका बग्गा पक्राउ

    छाल खवरधरान,७ भदौ ः प्रहरीको सर्वाधिक खोजीको सूचिमा रहेका प्रदिप यादव (बग्गा) पक्राउ गरेकाछन् । भारतमा बसेर नेपालमा हातहतियार र लागुऔषधको कारोबार गर्ने ३९ वर्षिय अपराधी प्रदिप यादव (बग्गा)लाई मोरङ प्रहरीले पक्राउ गरेको हो । मोरङ प्रहरीका प्रवक्ता मानबहादुर राईका अनुसार भारतको अररिया जिल्ला ईन्द्रनगर ग्राम पञ्चायत वडा नं १० टिकुलिया टोलका बासिन्दा बग्गालाई शनिबार विराटनगर महानगरपालिका वडा नं १६ स्थित नेपाल–भारत सीमाको दरैयाबाट पक्राउ गरीएको हो । प्रहरीका अनुसार बग्गा भारतमा बसी नेपालको १ र २ नं प्रदेशका विभिन्न जिल्लामा अवैध रुपमा हातहतियार तथा लागूऔषधको कारोबार सञ्जाल बिस्तार गर्दै आए

    • प्रकाशित मितिः भदौ ७, २०७७
    • १,४१० पटक पढिएको
    • छाल खबर
  • सुनसरी जिल्लामा भदौ १४ गतेसम्म निषेधित क्षेत्र घोषणा

    छाल खवर धरान,७ भदौः जिल्ला प्रशासन कार्यालय सुनसरीले भदौ १४ गतेसम्मका लागि जिल्लामा निषेधित क्षेत्र घोषणा गरेको छ ।जिल्ला प्रशासन कार्यालयको आज (आइतवार)वसेको डिसिसिएमसिको वैठकले सो निर्णय गरेको हो । सीमाका जिल्लाहरु तथा जिल्ला भित्रमा अत्याधिक कोरोना संक्रमितसंख्यामा वृद्धि हुनथालेपछि सुनसरी जिल्ला प्रशासनले भदौ १४ गते राती १२ बजेसम्मको लागी निशेषित क्षेत्र घोषणा गरेको प्रशासन कार्यालयले जनाएको छ । राती १२ बजेदेखि सात दिनको लागि जिल्लाभर अत्यावश्यक काम बाहेक मानिसहरुको आवतजावत तथा हिडडुल गर्न निषेध गरिएको बताएका छन । कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन वढन थालेकोले निषेधित क्षेत्रको समय वढाइ

    • प्रकाशित मितिः भदौ ७, २०७७
    • २,११८ पटक पढिएको
    • छाल खबर
  • इटहरीमा आज थप ८ जनामा कोरोना संक्रमण

    छाल खवर धरान,६ भदौं ःकोरोना भाईरसको संक्रमणको अधिकांश स्थान बढन थालेको छ । सोहीक्रममा इटहरी नगरपालिकाकामा पनि शनिवार थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भदौ २ गते स्वाब पठाएको मध्ये थप ५ जना र ३ गते पठाएको मध्ये तीन जना गरि जम्मा ८ जना नया संक्रमित थपिएको इटहरी उपमहानगरपालिकाका सञ्चार संयोजक लिलाराज भट्टराईले जानकारी दिएकाछन् । भट्टराईका अनुसार संक्रमितहरुमा इटहरी वार्ड नं ९ का ३ जना महिला र १ जना पुरुष गरि जम्मा ४ जना, १२ नं वडाको १ जना महिला र १ जना पुरुष गरि जम्मा २ जना, ६ नं वडाको १ जना महिला र १४ नं वडाको १ जना पुरुष रहेकाछन् । इटहरीमा संक्रमितको संख्या शनिवारसम्ममा ७२ पुग

    • प्रकाशित मितिः भदौ ६, २०७७
    • २,११८ पटक पढिएको
    • छाल खबर
  • वीपीमा कार्यरत नर्स, विजयपुर हस्पिटलका रेडियोग्राफरमा पनि कोरोना संक्रमण

    छाल खवर धरान,६ भदौः धरानमा दैनिक रुपमा कोरोना संक्रमित भेटिन थालेकाछन् । सोहीक्रममा शनिवार पनि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत एक जना स्टाफ नर्समा कोरोना संक्रमण पुष्टि भएको छ । प्रतिष्ठानको एमआइसियु, पिआइसियुमा कार्यरत ३० बर्षकी नर्समा संक्रमण पुष्टि भएको प्रतिष्ठानले जनाएको छ । उनी धरान ११ स्थित सयपत्रीमार्गकी वासिन्दा हुन । उनी हाल प्रतिष्ठानको गेष्ट हाउसस्थित क्वारेन्टिनमा रहेकी छिन् । प्रतिष्ठानको कोभिड १९ अस्पतालमा भर्ना गरिएका एक विरामीमा पनि संक्रमण पुष्टि भएको प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । त्यसैगरी विययपुर हस्पिटल धरान १० मा कार्यरत एकजना स्वा

    • प्रकाशित मितिः भदौ ६, २०७७
    • ७,२८२ पटक पढिएको
    • छाल खबर
  • प्रदेश १ सरकारको मन्त्रीपरिषद बैठकले गरेका निर्णयहरु

    छाल खवर धरान,५ भाद्र ः प्रदेश १ सरकारको मन्त्रीपरिषदको बैठकले प्रदेशस्तरीय अत्याधुनिक ल्याव स्थापना गर्न त्रिभुवन विश्व विद्यालयको क्षेत्राधिकारमा रहेको डिग्री क्याम्पसको जग्गा भाडामा लिने निर्णय गरेको छ । सो जग्गामा स्वीस सरकारले केहि समयअघि हस्तान्तरण गरेको ल्याव जडान गर्ने सरकारको तयारी गरेको हो । बैठकले सामाजिक विकास मन्त्रालयललाइ सरकारको नीति तथा कार्यक्रम अनुसार विभिन्न कार्य्रम सँचालन गर्न आवश्यक पर्ने मन्त्रालयको कार्याविधि २०७७ लाइ स्वीकृत प्रदान गरेको छ । बैठकले पर्यटन विकास आयोजना तथा जलधार व्यवस्थापन कार्यान्वयन एकाइको म्याद १ वर्षलाइ थप गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता

    • प्रकाशित मितिः भदौ ५, २०७७
    • १,२८९ पटक पढिएको
    • छाल खबर
  • धरानमा कोरोना संक्रमित दिन प्रतिदिन फेला पर्र्दै

    छाल खवरधरान,५ भदौं ः धरानमा दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढन गएको छ । शुक्रवार मात्र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानकी एक स्टाफ नर्ससहित ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धरान १५ पुष्पाञ्जली मार्गकी ती स्टाप नर्स प्रतिष्ठानको गाइनो इर्मजेन्सीमा कार्यरत थिइन । गाइनोमा अन्य नर्सहरुमा कोरोना पाजेटिभ देखिएपछि कन्ट्याकङ ट्रेसिङको आधारमा स्वाब परीक्षण गरिएको थियो । प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले नर्समा कोरोना संक्रमित भएको पुष्टि गरेकाछन् । कोभिड अस्पतालमा राखिएका मोरङ विराटनगरका व्यक्तिमा पनि कोरोना संक्रमण पुष्टि भएको छ भने सजरीको स्टेण्ट निकाल्न आएका

    • प्रकाशित मितिः भदौ ५, २०७७
    • २,३०७ पटक पढिएको
    • छाल खबर
  • धरानमा एकै पटक स्वास्थ्यकर्मी सहित १२ जनामा कोरोना संक्रमण

    छाल खवर धरान,४ भाद्र ः वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एकपटक १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रतिष्ठानमा कार्यरत ४ जना स्वास्थ्यकर्मी, विरामी र कुरुवासहित १२ जनामा कोरोना संक्रमण पुष्टि देखिएको हो । प्रतिष्ठानले दिएको जानकारी अनुसार स्वास्थ्यकर्मी २ जना स्टाफ नर्स, एक जना सहयोगी र एक जना ल्याबमा कर्मचारी रहेका छन् । प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार ४ जना कन्ट्याक ट्रेसिङका आधारमा प्रतिष्ठान भित्र स्वाब संकलन गरिएकोमा कोरोना संक्रमण देखिएको र उपचाररत २ जना बिरामीमा पोजेटिभ देखिएको हो । अन्य ठाउको तुलनामा धरानमा वढी मात्रामा संक्रमित देखिन थालेकाछन् ।

    • प्रकाशित मितिः भदौ ४, २०७७
    • ४८८ पटक पढिएको
    • छाल खबर
  • धरान १३ मा एकै परिवारका २ जनामा कोरोना संक्रमण

    छाल खवर धरान,२ भाद्र ः धरानमा एकै परिवारमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धरान १३ का ६७ बर्षका वृद्ध र २६ बर्षकी महिलामा संक्रमण पुष्टि भएको हो । उनीहरुलाई कन्ट्याक ट्रेसिङको आधारमा साउन ३० गते स्वाब लिइएको थियो । स्थानीय जानकी चोकमा ११७ जनाको स्वाब लिइएकोमा एकै परिवारका २ जनाको मात्र पोजेटिभ आएको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिनुभइको छ । यस अघि सो परिवारको १ जनामा संक्रमण पुष्टि भएको थियो । सो संक्रमितका श्रीमति र बुबाभएको वताइएको छ । मेहताले मंगलवार धरान १८ मा ४४ जनाको स्वाव संकलन गरीएको र जसमा ३८ पुरुष र ६ महिला रहेको जानकारी दिनुभयो ।त्यसैगरी धरान ७ कि २३ वर्ष

    • प्रकाशित मितिः भदौ २, २०७७
    • ४६२ पटक पढिएको
    • छाल खबर
  • विजयपुर हस्पिटलका स्वास्थ्यकर्मीसहित १० जनाको रिपोर्ट नेगेटिभ

    छाल खवर धरान,२ भाद्र ः विजयपुर हस्पिटल धरानमा कोरोना संक्रमित विरामीको उपचारमा संलग्न रहेका चिकित्सकहरु सहित १० जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ । निमोनियाको विरामी भई उपचारका लागि आएका धरान–८ का एक ६७ वर्षिय पुरुषमा कोरोना पोजेटिभ आएपछि संलग्न चिकित्सकहरु र अन्य गरी १० जनाको स्वाव परिक्षण गरीएको थियो । विजयपुर अस्पतालका निर्देशक प्रभाव खतिवडाकाले संक्रमित विरामीको कन्ट्याक ट्रेसिङको आधारमा १० जनाको स्वाब परिक्षण गरीएको र सवैको रिर्पोट नेगेटिभ आएको वताउनुभयो । उहाका अनुसार ‘डाक्टर, नर्स, सहयोगी गरेर १० जनाको स्वाब संकलन गरेर परीक्षण गरिएको थियो । विरामीको रि

    • प्रकाशित मितिः भदौ २, २०७७
    • १५,०१५ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic