समाचार

    Showing १,५४१-१,५५० of १,६४९ items.
  • प्रदेश १ का सभामुख भण्डारीको रिर्पोट नेगेटिभ

    छाल खवर धरान,१५ साउन ः प्रदेश १ का सभामुख प्रदीप भण्डारीको पिसिआर रिर्पोट नेगेटिभ आएको छ । सभामुख भण्डारी धरान १३ जिरोपोइन्ट बस्ने एक २८ वर्षीय संक्रमित युवाको सम्पर्कमा रहेपछि उहाको स्वाव परिक्षण गरीएको थियो । उहा सहित उहाको सुरक्षामा खटिएका सुरक्षाकर्मीको समेत रिर्पोट नेगेटिभ आएको वीपी प्रतिष्ठानले जनाएको छ ।सभामुख भण्डारीसहित उहाका परिवारका सदस्यको पनि स्वाव संकलन गरीएको थियो । सभामुख भण्डारी र उहाको श्रीमतिको स्वाव वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको माइक्रोबायोलोजी विभागको प्रयोगशलामा पिसिआर जांचकालागि बुधबार नै दिइएको थियो । सभामुख भण्डारीको परिवारमा रहेका ति युवामा संक्रमण दे

    • प्रकाशित मितिः साउन १५, २०७७
    • ५५५ पटक पढिएको
    • छाल खबर
  • धरानमा शुरु भयो युरोपियन स्टडी हव

    छाल खवर धरान,१५ साउन ः उच्च शिक्षा अध्ययनका लागि विदेशमा अध्ययन गराउनका लागि धरानमा युरोपियन स्टडी हव बाट विहिवारबाट सञ्चालनमा आएको छ । विदेशमा उच्च शिक्षा अध्ययन गर्न जान चाहने विद्यार्थीहरुलाई लक्षित गरेर हव सञ्चालन गरीएको हो ।सो हवको भाषाविद प्रा.डा. टंकप्रसाद न्यौपानेले रिबन काटेर उद्घाटन गरेका थिए । हबका म्यानेजिङ डाइरेक्टर कबिर चौहानका अनुसार धरानमा बैदेशिक शिक्षाको लागि जाने विद्यार्थी धेरै र बैदेशिक शिक्षाको बारेमा विद्यार्थीहरुलाई परामर्शको लागि काम गर्ने कन्सलटेन्सी भने पर्याप्त नभएको युरोपियन स्टडी हवलाई सञ्चालनमा ल्याएको हो । अन्य ठाउको तुलनामा बैदेशिक शिक्षाको लागि जाने विद्यार

    • प्रकाशित मितिः साउन १५, २०७७
    • २०,७४४ पटक पढिएको
    • छाल खबर
  • विना माक्स हिडनेलाई धनकुटा प्रशासनद्धारा जरीवाना

    छाल खवर धरान, १५ साउन ः जिल्ला प्रशासन कार्यालय धनकुटाले विना माक्स सडकमा आवत जावत गर्नेहरुलाई कार्वाही स्वरुप ६ जनालाई कार्वाही गरेको छ । संक्रमण रोग एेन २०२० को दफा ३।१बमोजिम ६ जना व्यक्ति हरूलाई नियन्त्रणमा लिई कार्वाही स्वारुप १ सय जरीवाना गरी छाडिएको प्रशासकिय अधिकृत जयराम श्रेष्ठले जानकारी दिनुभयो । पटक पटक जारी भएको सुचना वेवास्ता गरि विना माक्स सार्वजनिक स्थलमा हिडडुल गरेकोले प्रमुख जिल्ला अधिकारी केषवप्रसाद विमलीले सो जरीवाना गर्नुभएको हो । उनीहरुलाई जरीवाना भन्दापनि सचेतता अपनाउनका लागि चेतावनि दिइएको अधिकृत श्रेष्ठको भनाई रहेको छ ।समुदायमा संक्रमण फैलने आशंका भएकोले विभिन्न जिल्ल

    • प्रकाशित मितिः साउन १५, २०७७
    • १४८ पटक पढिएको
    • छाल खबर
  • लकडाउनको पाच महिनापछि संघको सचेतना

    छाल खवर धरान,१५ साउन ः सुनसरी उद्योग वाणिज्य संघ र रोटरी क्लब अफ धरान घोपाले बिहिबार धरान बजारमा मास्क वितरण गरेको छ । संघको कार्यालयदेखि धरानको भानुचौकसम्म उद्योगी, व्यापारी, बाटोमा हिड्ने यात्रु र सवारी चालकहरुलाई मास्क वितरण गरिएका थियो । कोरोनाको महामारीबाट बच्नका लागि मास्क वितरण गरिएको रोटरी क्लब अफ घोपाका अध्यक्ष राजेश अग्रवालले बताए । कार्यसमिति सदस्य विष्णु बरालका अनुसार सचेतनाका लागि मास्क संगसंगै व्यापारीहरु र यात्रुहरुलाई पम्प्लेट समेत वितरण गरिएको थियो । व्यापारी र धरानवासीहरुलाई कोरोनाबाट बच्नको लागि यो कार्यक्रम संगसंगै धरान नगरभरि माइकिङ्ग समेत गरिएको संघका अध्यक्ष गिरिधारी

    • प्रकाशित मितिः साउन १५, २०७७
    • २३२ पटक पढिएको
    • छाल खबर
  •  प्रदेश १ सभामुख होम क्वारेन्टाइनमा

    छाल खवर धरान, १५ साउन ः प्रदेश नं.१ का सभामुख प्रदीपकुमार भण्डारी विहिवारदेखि होम क्वारेन्टाइनमा बस्नु भएको छ । परिवारका एक सदस्यलाई कोरोना पोजेटिभ देखिएपछि विहिवारदेखि सभामुख भण्डारी होम क्वारेन्टाइनमा वस्नु भएको हो । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब परीक्षण गर्दा परिवारका सदस्यलाई कोरोना पोजेटिभ देखिएको थियो ।परिवारका सदस्यलाई ज्वरो आउने वितिक्कै सभामुख भण्डारी घरैमा अलग्गै क्वारेन्टाइनमा बस्न थाल्नु भएको स्रोतले जनाएको छ । सभामुख भण्डारी सहित परिवारका बाँकी सदस्यहरुको बुधबार स्वाब संकलन गरिएको थियो । उनको स्वाब परीक्षणको रिपोर्ट बिहिबार नेगेटिभ आएको सभामुख भण्डारीको सचिव

    • प्रकाशित मितिः साउन १५, २०७७
    • १४३ पटक पढिएको
    • छाल खबर
  • इटहरीका सम्पूर्ण वडा कार्यालयको सेवा ठप्प

    छाल खवरधरान,१५ साउन ः इटहरी उपमहानगरपालिकाले अनिश्चित कालका लागि सवै वडा कार्यालयको सेवा वन्द गर्ने निर्णय गरेको छ । उपमहानगरपालिका योजना शाखामा कार्यरत इन्जिनियरमा कोरोना संक्रमण पुष्टि भएसंगै इटरी उपमहानगरपालिकाका सम्पूर्ण शाखा सहित २० वटै वडा कार्यलय बन्द गर्ने निर्णय गरेको हो । बैठकले सम्पूर्ण वडा कार्यालयमा कार्यरत कर्मचारी तथा जनप्रतिनिधिहको स्वाव परीक्षण गर्ने र रिपोर्टको आधारमा अबस्था हेरेर मात्रै कार्यालय खोल्ने निर्णय भएको नगर उप–प्रमुख लक्ष्मी गौतमले जानकारी दिएकिछिन् । बैठकले इटहरी भित्र लाग्दै आएको हाटबजार पुर्ण रुपमा बन्द गर्नुका साथै पसल, होटल लगायतका व्यवसायहरूको स्वास

    • प्रकाशित मितिः साउन १५, २०७७
    • ३८१ पटक पढिएको
    • छाल खबर
  • धरानमा फेरी लकडाउन शुरु खाद्यान्न र औषधीको पसल मात्र खोल्न दिने निर्णय

    छाल खवर धरान,१५ साउन ः समुदायमा कोरोना संक्रमणको जोखिम न्युनीकरण गर्न धरानमा फेरी लकडाउन शुरु भएको छ । विहिवार बसेको बैठकले बिहान ९ बजेदेखि ५ बजेसम्म अत्यावश्यक वस्तुको पसल मात्र खोल्न दिने निर्णय भएको नगरपालिकाका प्रशासकिय अधिकृत गणेशप्रसाद खतिवडाले जानकारी दिएकाछन् । प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, चिकित्सक, राजनीतिक दल सहितको बैठकले यस्तो निर्णय गरेको हो । उक्त समयमा पनि अत्यावश्यक वस्तु अन्र्तगत खाद्यान्न, तरकारी र औषधीको पसल मात्र खोल्न दिइने निर्णय भएको खतिवडाको भनाई रहेको छ । धरानमा समुदायस्तरमा पनि कोरोना संक्रमण फैलिएको हुनसक्ने आशंका बढेकोले बैठकले यस्तो निर्णय गरेको हो । हो

    • प्रकाशित मितिः साउन १५, २०७७
    • ४४९ पटक पढिएको
    • छाल खबर
  • अमेरिकाकाको सहयोगमा सुनसरीको मधुवनमा राहत वितरण

    धरान, १५ साउनः अमेरिकामा रहेका नेपाली सामाजिक अभियन्ताहरुले सुनसरीको तत्कालीन मधुवन हाल वराहक्षेत्र नगरपालिका वडा नं. ११ मा कोरोना पीडित अति विपन्न ३० परिवारलाई खाद्यन्न राहत वितरणमा सहयोग गरेका छन् । अमेरिकामा बसेर समाज सेवा गर्दै आएका छिरिङ राप्के लामा (न्यूयोर्क) र विजय बस्नेत (टेक्सास) तथा घ्यालसुम्दो सेवा संस्था न्यूयोर्क, अमेरिकाको विशेष सहयोग र ग्रामिण क्लब हाउस इटहरी सुनसरीको आयोजनामा मधुवनका कोरोना पिडित अति विपन्न ३० परिवारलाई खाद्यन्न राहत वितरण गरिएको हो । अमेरिकामा बस्ने सहयोगीहरु इन्दु राई, सुख राई, रिना राई, गगन राई, यशोधा राई, विशाल राई, रवि गिरी, दिकेश श्रेष्ठ, पशुपति पाण्डे

    • प्रकाशित मितिः साउन १५, २०७७
    • ६८६ पटक पढिएको
    • छाल खबर
  • इनरुवामा लकडाउन जारी, रिपोर्ट अनुसार निर्णय हुने स् प्रमुख जिल्ला अधिकारी

    छाल खवर धरान,१२ साउनः एक साता अघि मुलुक भर खुलेको लकडाउन सुनसरी सदरमुकाम इनरुवामा भने जारीरहेको छ ।केही दिन अघि विराटनगरमा कार्यरत इनरुवा निबासी एक जना प्रहरीलाई कोरोना पोजेटिभ भएपछि इनरुवामा लकडाउन जारी रहेको हो । प्रहरीले धेरैसँग भेटघाट गरेको र घुमेको पाइएकोले कोरोनाको जोखिम इनरुवामा बढेको भन्दै तीन दिन अघि देखि लकडाउन घोषणा गरीएको थियो । लकडाउन घोषणा गरेर सङ्क्रमित प्रहरीको सम्पर्कमा रहेका र आशङ्का गरिएकाहरूलाई जिल्ला अस्पताल इनरुवामा स्वाब सङ्कलन गरी कोरोना परीक्षणको लागि पठाइएको छ । सङ्कलन गरिएको स्वाबको रिपोर्ट नआउन्जेल सम्मलाई लकडाउन जारी राख्ने र उनीहरूको रिपोर्ट पोजेटिभ आएको खण्डमा

    • प्रकाशित मितिः साउन १२, २०७७
    • १३० पटक पढिएको
    • छाल खबर
  • धरानको पालिका बजारमा आगलागि

    छाल खवरधरान,१२ साउनः धरान ३ स्थित पालिका तरकारी बजारमा सोमवार विहान भएको आगलागीबाट ११ वटा पसल नष्ट भएको छ । बिहान करिब ५ बजे भएको उक्त आगलागिका कारण लाखौको क्षति भएको अनुमान गरिएको छ । आगलागिले बजारको अघिल्लो भागमा रहेको कस्मेटिक पसल तथा फलफुल पसलको लाइनमा पूर्ण रुपमा क्षति पु¥याएको छ । फलफुल कस्मेटिक सामान जलेर नष्ट भएको स्थानीयवासीले वताएकाछन् । आगलागीको कारण भने खुल्न बाँकी छ ।धरान उपमहानगरपालिकाको दमकल र स्थानीयबासीले आगो नियन्त्रण रुपमा नियन्त्रणमा लिएका छन् ।    

    • प्रकाशित मितिः साउन १२, २०७७
    • २०५ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic