समाचार

    Showing १८१-१९० of १,७२१ items.
  • श्रम संस्कृति पार्टीको अध्यक्षमा हर्क साम्पाङ

    छाल खवर धरान,२१ असोजः फागुन २१ गते हुने भनि घोषणा गरीएको निर्वाचनमा भाग लिन धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) निर्वाचन कार्यालयमा दल दर्ता गराएकाछन् । साम्पाङले प्रस्ताव गरेको श्रम संस्कृति पार्टीको अध्यक्षमा आफै रहेको निर्वाचन आयोगले जनाएको छ । साम्पाङको पार्टीमा ५ सदस्यीय पदाधिकारी र २३ जना केन्द्रीय सदस्य रहेकाछन् । साम्पाङले असोज ७ मा निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिइसकेका छन् । उनले चुनाव चिन्ह माटोको ढिस्को प्रस्ताव गरेको आयोजले जनाएको छ । आयोगले स्रोतका अनुसार उपाध्यक्षमा राजकुमार तामाङ लामा (देवराज), महासचिवमा आरेन राई, कोषाध्यक्षमा समिता राई र प्रवक्तामा

    • प्रकाशित मितिः असोज २१, २०८२
    • ४,२९२ पटक पढिएको
    • छाल खबर
  • दाङमा मतदाता नामावली दर्ता गराउनेको भीड

    छाल खवर धरान,२१ असोजः सरकारले फागुन २१ गतेका लागि घोषणा गरेको निर्वाचनका लागि दाङमा मतदाता नामावलीमा नाम दर्ता गराउनेको भीड बढेको छ। नयाँ नियम जारी भएसँगै मतदाता नामावलीमा नाम दर्ता गराउनेको संख्या बढेको हो । सरकारले मतदातासम्वन्धी नयाँ नियम जारी गरेसँगै मतदाता नामावलीमा नाम दर्ता गराउन आउनेको सङ्ख्यामा वृद्धि हुन थालेको घोराहीमा रहेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए । दसैँअघि दुई दिन र सोमबार पहिलो दिन गरी एक सय ३३ जना नयाँ मतादाता थपिएको कार्यालयले जनाएको छ । एक सय ६३ जनाले नयाँ मतदाता नामावलीमा नाम दर्ता गराउन अग्रिम फारम भरेको र बायोमेट्र

    • प्रकाशित मितिः असोज २१, २०८२
    • ७३९ पटक पढिएको
    • छाल खबर
  • वाढी र पहिरोबाट मृत्यु हुनेको संख्या ६० पुग्यो, १५ जना नाबालक

    छाल खवर धरान,२० असोजः दुइ दिन देखि जारी वर्षाका कारण बाढीपहिरोबाट मृत्यु हुनेको संख्या ६० पुगेको छ । प्रहरीले दिएको जानकारी अनुसार १९ पुरुष, २६ महिला र १५ नाबालकसहित ६० जनाको मृत्यु पुष्टि भएको छ । इलाममा पहिरो र बाढीमा परेर मृत्यु हुनेको संख्या ३७ पुगेको छ ।यो संख्या अन्य ठाउमा भन्दा धेरै हो । पाँचथरमा ८, उदयपुरमा ३, खोटाङमा २, सुनसरीमा १, रौतहटमा ३, मोरङ, महोत्तरी, सिन्धुपाल्चोक र सिन्धुलीमा १र१ र काभ्रेमा २ जनाको मृत्यु भएको हो ।    

    • प्रकाशित मितिः असोज २०, २०८२
    • ५२६ पटक पढिएको
    • छाल खबर
  • सप्तकोशीमा यस वर्ष पहिलो पटक बाढीको खतरा

    छाल खवर धरान,१९असोजः लगातार भएको वर्षाको कारण सप्तकोशी नदीको बाढीले यस वर्ष पहिलोपटक खतराको तह पार गरेको छ ।सप्तकोशी नदीमा खतराको तह बेलुकासम्म नै जारी रहन्छ । सप्तकोशी नदीका सहायक नदीहरु सुनकोशी, अरुण र तमोरमा पनि खतराको तह कायमै छ । यससँगै उदयपुर, सप्तरी र सुनसरीका नदी तटीय क्षेत्र उच्च जोखिममा परेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । ती क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन भनेर मास एसएमएस पठाइएको बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीले जानकारी दिए । पराजुलीका अनुसार सुनसरी, मोरङ र झापा भएर बग्ने साना नदीहरु तथा झापाको कन्काई नदीको तटीय क्षेत्रमा प

    • प्रकाशित मितिः असोज १९, २०८२
    • ४५१ पटक पढिएको
    • छाल खबर
  • धरान–धनकुटा सडकखण्ड पहिरोले अवरुद्ध, हिले–पाख्रिबास–लेगुवा खण्ड पनि बन्द

    छाल खवरधरान,१९असोज ः दुइदिन देखि जारी अविरल वर्षाको कारण धरान–धनकुटा सडकखण्ड पहिरोले अवरुद्ध भएको छ । धनकुटाको मुलघाट र नमस्ते झरना नजिक पहिरो र लेदो माटो थुप्रिएकाले सवारी आवागमन बन्द भएको हो । धनकुटा प्रहरीले दिएको जानकारी अनुसार धरानबाट धनकुटातर्फ जाँदै गरेका केही सवारी साधन धरानतर्फ नै फर्किएका छन् ।डोजर प्रयोग गरी सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । मध्यपहाडी लोकमार्गअन्तर्गत हिले–पाख्रिबास–लेगुवा सडकखण्डमा समेत क्षति पुगेकाले त्यहाँसमेत सवारी आवागमन बन्द छ । सडक अवरुद्ध भएपछि धरानबाट धनकुटा तेह्थुम,भोजपुर र संखुवासभा चल्ने यातायात पूर्ण रुपमा वन्द भएको छ

    • प्रकाशित मितिः असोज १९, २०८२
    • ७०१ पटक पढिएको
    • छाल खबर
  • बढी भाडा असुले तत्काल कारबाही गर्ने यातायात मन्त्री घिसिङको चेतावनी

    छाल खवर धरान,१५ असोज ः मन्त्रालयको नजिक रहेको विमानस्थलमा अन्य समयको भन्दा दोव्वर हवाई भाडा लिईरहेको थाहा नपाउने यातायात मन्त्रीले यातायात भाडा वढी असुल गरे कार्वाही गर्ने चेतावनी दिएकाछन् । यातायात मन्त्री कुलमान घिसिङले तोकिएभन्दा बढी भाडा असुल्ने व्यवसायीलाई तत्काल कारबाही गरिने चेतावनि दिएका हुन् । यातायात मन्त्री कुलमान घिसिङले तोकिएभन्दा बढी भाडा असुल्ने यातायात व्यवसायीलाई तत्कालै कारबाही गरिने बताएका छन्। स्वीकृत भाडादर भन्दा बढी कानूनको प्रतिकूल हुनेगरी कसैले भाडा असुले तत्काल खबर गर्न पनि उनले यात्रुहरूलाई आह्वान गरेका छन्। चाडबाडको मौका छोपी बढी भाडादर असुल्ने गरेको, टिकटको कालो

    • प्रकाशित मितिः असोज १५, २०८२
    • ६९४ पटक पढिएको
    • छाल खबर
  • जन्मभूमिको सेवा गर्न खोटाङ्गेहरु संगठित

    आफ्नो जन्म भूमिको विकास र सेवा गर्ने उदेश्यले धरानमा शनिवार खोटाङ सुनसरी एकता समाजको गठन भएको छ । शनिवार धरानमा भएको खोटाङबाट धरान आएर वसोवास गर्नेहरुको भेलाले सो संस्थाको गठन गरेको हो । भेलाले भारतीय भूपू सैनिक मणि चाम्लिङको अध्यक्षतामा समिति गठन गरेको छ । समितिको उपाध्यक्ष राजेन्द्र राई, सचिवमा राजेश राई, सहसचिवमा सुमन राई र सहसचिवमा जानुका राई रहेकाछन् । एक उपाध्यक्ष र सहकोषाध्यक्ष पहिलो वैठकले मनोनयन गर्ने अध्यक्ष मणि चाम्लिङले जानकारी दिएकाछन् । त्यसैगरी सदस्यहरुमा ज्ञानु चाम्लिङ,कुमार राई,युवक राई,अटल राई, चण्डीमान राई,अमर चाम्लिङ राई,कपिल राई, लवुहाङ राई,रामकृष्ण राई र सम्भु राई पृ

    • प्रकाशित मितिः असोज ११, २०८२
    • २,३६२ पटक पढिएको
    • छाल खबर
  • आज घरघरमा घटस्थापना गरिँदै

    छाल खवर धरान,६ असोजःप्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने हिन्दुहरूको महान् पर्व बडा दशैं आजदेखि प्रारम्भ भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाउने गरिन्छ । बडा दशैंको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दशैं घरमा वैदिक विधि पूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौ रोप्ने गरिन्छ । यस कार्यलाई जमरा र

    • प्रकाशित मितिः असोज ६, २०८२
    • १,७८६ पटक पढिएको
    • छाल खबर
  • प्राधिकरणबाट हितेन्द्रदेव हटाएर सिलवाललाई नियुक्त

    छाल खवर धरान,६ असोजः नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई पदबाट हटाइएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई हटाएर मनोज सिलवाललाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । शाक्यलाई जल तथा ऊर्जा आयोगको विशिष्ट श्रेणीको विशेषज्ञ पदमा नियुक्त गर्ने र रिक्त रहेको प्राधिकरणको कार्यकारी निर्देशक पदमा प्राधिकरणका पूर्व उपकार्यकारी निर्देशक इन्जिनियर सिलवाललाई नियुक्त गर्ने निर्णय गरिएको अर्थमन्त्री रामेश्वर खनालले बताए । निवर्तमान प्रधानमन्त्री खड्ग प्रसाद ओलीले कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर हितेन्द्र देव शाक्यलाई निर्देशकमा नियुक्ती गरे

    • प्रकाशित मितिः असोज ५, २०८२
    • ५८८ पटक पढिएको
    • छाल खबर
  • धरानको बजेट २ अर्ब २० करोड

    छाल खवर धरान,४ असोजः लामो समयको विवाद र रस्साकस्सीका वावजुद धरान उपमहानगरले वजेट प्रस्तुत गरेको छ । शनिवार वसेको १७औँ नगरसभा मार्फत आव २०८२र८३ का लागि रु दुई अर्ब २० करोड ७४ लाख ५९ हजारको बजेट प्रस्तुत भएको हो । धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्र विक्रम वेघाले आर्थिक वर्ष २०८२र८३ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका थिए । बेघाले आव २०८२÷८३ का लागि रु दुई अर्ब २० करोड ७४ लाख ५९ हजारको बजेट प्रस्तुत गरेका थिए । उपमेयर वेघाद्धारा प्रस्तुत बजेटको स्रोतमा आन्तरिक राजस्वबाट रु ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारबाट अनुदान रु ८९ करोड २९ लाख, प्रदेश सरकारबाट अनुदान रु सात करोड

    • प्रकाशित मितिः असोज ४, २०८२
    • ६९५ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic