समाचार

    Showing ११-२० of १,७२१ items.
  • अन्तर स्कुल बास्केटबलको उपाधी सुनाखरीलाई

    छाल खवर धरान,९ वैशाखः अन्तर विद्यालय एस.ई.ई. बास्केटबल टुर्नामेन्ट–२०८३ मा को उपाधी सुनाखरी एकेडेमी धरानले हात पार्न सफल वनेको छ । शुक्रबार सम्पन्न खेलमा सुनाखरी एकेडेमी बिजयी बनेको हो । सुनाखरी एकेडेमीको प्राङ्गणमा सम्पन्न फाइनल खेलमा आयोजक सुनाखरीले डिपोट सेकेन्डरी स्कुललाई २१–७ को फराकिलो अन्तरले पराजित गर्दै उपाधि जितेको थियो । प्रतियोगितामा विभिन्न विद्यालयका जम्मा १२ वटा टिमको सहभागिता रहेको थियो। उपाधिसँगै विजेता सुनाखरी एकेडेमीले नगद ११ हजार रुपैयाँ, ट्रफी तथा प्रमाण–पत्र प्राप्त गरेको थियो भने उपविजेता डिपोट सेकेन्डरी स्कुलले नगद ५ हजार रुपैयाँसहित ट्रफी र प्रमाण&

    • प्रकाशित मितिः जेठ ९, २०८३
    • ५७३ पटक पढिएको
    • छाल खबर
  • हिविस्कस वोडिङ स्कुलका विद्यार्थीवीच चुनावी प्रतिष्पर्धा

    छाल खवर धरान,९ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का विद्यार्थीहरु वीच चुनावी प्रतिष्पर्धा सम्पन्न भएको छ । स्कुलमा हाउस क्याप्टेन, सहायक क्याप्टेन तथा विद्यालय क्याप्टेन चयनका लागि चुनावी प्रतिष्पर्धा भएको हो । विद्यार्थीहरूमा नेतृत्व क्षमता विकास गर्ने उद्देश्यले निर्वाचन गरीएको स्कुलले जनाएको छ । विद्यालयमा रहेका विभिन्न हाउसअन्तर्गत विद्यार्थीहरूले लोकतान्त्रिक प्रक्रियामार्फत आफ्ना प्रतिनिधि चयन गरेका हुन्। निर्वाचनबाट पहेलो हाउसको क्याप्टेनमा रिदिमा गुप्ता तथा उपक्याप्टेनमा नाम्सा माबो निर्वाचित भएका छन्। त्यसैगरी रातो हाउसको क्याप्टेनमा सेसेमा लिम्बु ‘बी’

    • प्रकाशित मितिः जेठ ९, २०८३
    • २२० पटक पढिएको
    • छाल खबर
  • जनता समाजवादी पार्टीको दुइ दिने प्रशिक्षण सम्पन्न

    छाल खवर धरान,५ जेष्ठः जनता समाजबादी पार्टीले प्रदेश १ समितिले दुइदिने अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम धरानमा सम्पन्न गरेको छ । प्रदेश अध्यक्ष गणेश राईको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा पार्टीका केन्द्रीय अध्यक्ष अशोक कुमार राईले दुई दिवसिय प्रदेश स्तरिय प्रशिक्षक प्रशिक्षण दिएका थिए । धरान–१९ स्थित हरियाली सामुदायिक भवनमा जेष्ठ २ र ३ गते सम्मपन्न सो प्रशिक्षण कार्यक्रममा १ न प्रदेश समिती,४ वटै राष्ट्रिय समिती र १४ वटै जिल्ला समितीका पदाधिकारीहरुको सहभागिता रहेको थियो। प्रशिक्षणको क्रममा देशको बर्तमान परिस्थिति, समसामयिक राजनैतिक अवस्था र पार्टीको आगामी कार्यदिशा सम्बन्धमा

    • प्रकाशित मितिः जेठ ५, २०८३
    • ८४२ पटक पढिएको
    • छाल खबर
  • एसईईमा उर्तीण ४४ विद्यार्थीलाई सुनाखरी एकेडेमीद्धारा सम्मान

    छाल खवर धरान,५ जेष्ठः सुनाखरी एकेडेमी धरानले एस.ई.ई–२०८२ मा उत्तीर्ण भएका ४४ जना विद्यार्थीलाई सोमबार विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। विद्यालय परिसरमा आयोजित कार्यक्रममा सफल विद्यार्थीहरूलाई खादा तथा अबिर लगाएर सम्मान गर्दै उनीहरूको सफलताको खुसी साटिएको थियो। कार्यक्रममा विद्यालयका प्रिन्सिपल मिलन कुमार राई तथा निर्देशक प्रदिप कुमार राईले विद्यार्थीहरूलाई सम्मान गर्दै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेका थिए। त्यस अवसरमा प्लस टु संयोजक तप कुमार राई र प्रिन्सिपल मिलन कुमार राईले विद्यार्थीहरूको मेहनत, अभिभावकको साथ र शिक्षकहरूको समर्पणकै कारण विद्यालयले उत्कृष्ट नतिजा हासिल गर्

    • प्रकाशित मितिः जेठ ५, २०८३
    • १,२९९ पटक पढिएको
    • छाल खबर
  • एम्स एकेडेमीद्धारा २५ विधामा छात्रवृत्ति घोषणा

    छाल खवर धरान,५ एम्स एकेडेमी धरानले कक्षा ११ मा विज्ञान संकायका लागि २५ भन्दा वढी छात्रवृत्ति घोषणा गरेको छ । एकेडेमीले २५ वर्ष पुरा गरेको (२५ औं रजत जयन्ती) का अवसरमा सो छात्रवृत्ति घोषणा गरेको हो । कलेजले शैक्षिक सत्र २०८३ का लागि भर्ना मार्फत विभिन्न विधामा छात्रवृत्ति सहित नया कार्यक्रम संचालन गर्न लागेको हो । कलेजले नेपाल सरकारको नयाँ शैक्षिक नीति अनुरूप विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै दक्ष र सक्षम जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित भर्ना प्रक्रिया अघि बढाएको जनाएको छ। कलेजले सार्वजनिक गरेको शुल्क विवरणअनुसार कक्षा ११ विज्ञान संकायमा भर्ना शुल्क ६ हजार रुपैयाँ, वार्षिक शुल्क

    • प्रकाशित मितिः जेठ ५, २०८३
    • ५४ पटक पढिएको
    • छाल खबर
  • प्राइम भिजनका विद्यार्थीद्वारा ‘नेशनल कुलिनरी च्यालेन्ज २०२६’ मा प्रभावशाली प्रस्तुति

    छाल खवर धरान,५ जेष्ठः प्राइम भिजन इन्टरनेशनल कलेजका विद्यार्थीद्वारा राष्ट्रिय स्तरको प्रतिष्ठित पाककला प्रतियोगिता ‘दोस्रो नेशनल कुलिनरी च्यालेन्ज २०२६’ मा उत्कृष्ट प्रस्तुति दिँदै धरानको नाम राष्ट्रिय मञ्चमा उजागर गरिएको छ। अन्तर्राष्ट्रिय नेप्लीज चिप सोसाइटीद्वारा आयोजित उक्त प्रतियोगितामा धरानबाट सहभागी हुने एकमात्र टोली प्राइम भिजन इन्टरनेशनल कलेज का विद्यार्थीहरू रहेका थिए। प्रतियोगिताका क्रममा विद्यार्थीहरूले प्रस्तुत गरेको पाककला सीप, सिर्जनात्मकता तथा व्यावसायिक प्रस्तुतीले अन्तर्राष्ट्रिय निर्णायक मण्डललाई अत्यन्त प्रभावित बनाएको थियो। उत्कृष्ट प्रदर्शनपछि अन्तर्राष्ट्

    • प्रकाशित मितिः जेठ ४, २०८३
    • ६३ पटक पढिएको
    • छाल खबर
  • दोस्रो केरावारी गोरखा रनको उपाधि अमिर लिम्वूलाई

    छाल खवर धरान,१ जेष्ठ ः दोस्रो गोर्खा केरावारी रनको उपाधि अमिर लिम्वूले हात पार्न सफल वनेकाछन् । लिम्वूले ७.५ किलो मिटर दुरी २५ मिनेट २६ सेकेण्डमा पार गर्दै उपाधी हात पार्न सफल वनेका हुन । उनले नगद ५ हजार मेडल प्रमाण–पत्र पाएकाछन भने सन्तोष सिजुले दोस्रो स्थान ल्याउन सफल वनेका छन उनले नगद ३ हजार मेडल प्रमाण–पत्र हात पारे । इन्द्रजंग लिम्बू तेस्रो हुन सफल वनेका थिए उनले नगद २हजार मेडल प्रमाण–पत्र हात पारे ।यता खुला महिलातर्फ मन्दिरा हाताछोले ३४ मिनेट १४ सेकेन्डमा दौड पूरा गर्दै प्रथम स्थान हासिल गरिन्। उनले नगद ५ हजार हात पारेकी छिन । यता सिलु राईले दोस्रो स्थान सुरि

    • प्रकाशित मितिः जेठ २, २०८३
    • ३,६८४ पटक पढिएको
    • छाल खबर
  • धरानका संस्थागत विद्यालयहरूको एसईई नतिजा ९३.४४ प्रतिशत

    छाल खवर धरान,१ जेष्ठः धरान उपमहानगरपालिका अन्तर्गतका संस्थागत विद्यालयहरू मध्ये केही विद्यालय शतप्रतिशत नतिजा ल्याउनबाट बन्चित वनेकाछन् ।एसईई २०८२ को नतिजा अनुसार धरान क्षेत्रका केही संस्थागत स्कुलहरु शतप्रतिशत नतिजा ल्याउनबाट बन्चित वनेका हुन ।धरान उपमहानगरपालिका शिक्षा महाशाखाले सार्वजनिक गरेको तथ्यांक अनुसार यस वर्ष समग्र उत्तीर्ण दर ९३.४४ प्रतिशत रहेको छ ।उपलब्ध विवरण अनुसार कुल १८१५ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए भने १६९६ जना विद्यार्थी उत्तीर्ण भएको सो तथ्याङमा उल्लेख गरीएको छ ।धरानबाट शतप्रतिशत नतिजा ल्याउने विद्यालयहरू ः धरानका अधिकांश विद्यालयहरूले १०० प्रतिशत नतिजा हासिल ग

    • प्रकाशित मितिः जेठ १, २०८३
    • ६८ पटक पढिएको
    • छाल खबर
  • एस.ई.ईमा उत्कृष्ट सहित शतप्रतिशत नतिजा निकाल्दै हिविस्कस बोडिङ

    छाल खवर धरान,३१ वैशाखः हिविस्कस इङलिस वोडिङ स्कुल धरान–१५ ले माध्यमिक शिक्षा परीक्षा एस ई.ई २०८२ मा शतप्रतिशत नतिजा हासिल गर्दै उत्कृष्ट सफलता प्राप्त गर्न सफल वनेको छ । केही दिन अघि प्रकाशित नतिजा अनुसार विद्यालयबाट सहभागी सम्पूर्ण विद्यार्थी शतप्रतिशत सहित उत्कृष्ट नतिजा ल्याउन सफल वनेको हो । यस वर्षको एसईई परीक्षामा विद्यालयकी छात्रा फुङ्निमा लिम्बूले ३.८१ जीपीए प्राप्त गर्दै विद्यालय प्रथम बन्न सफल भएको स्कुलका निर्देशक गंगाराम राईले जानकारी दिएकाछन् । त्यस्तै आयुषा राईले ३.५९, रोनिशा श्रेष्ठले ३.५६ तथा मौसम श्रेष्ठले ३.४७ जीपीए हासिल गरी उत्कृष्ट नतिजा ल्याएका छन्। त्यसैगरी निवा

    • प्रकाशित मितिः वैशाख ३१, २०८३
    • २,५०६ पटक पढिएको
    • छाल खबर
  • धरानका सामुदायिक विद्यालयहरूको नतिजा कस्को कति

    छाल खवर धरान,३० वैशाखः धरान उपमहानगरपालिकाअन्तर्गत सञ्चालित सामुदायिक विद्यालयहरूको एसइइ २०८१ को नतिजा सन्तोष जनक नरहेको विद्यालयहरुले जनाएकाछन् । केही दिन अघि सार्वजनिक नतिजाअनुसार यस वर्ष १ हजार १२० विद्यार्थी परीक्षामा सहभागी भएका मध्येृ ५६४ जना विद्यार्थी उत्तीर्ण भएका छन् भने समग्र उत्तीर्ण प्रतिशत ५०.३६ रहेको छ। यस वर्ष केही विद्यालयले उत्कृष्ट नतिजा हासिल गरेका छन् भने केही विद्यालयको नतिजा कमजोर देखिएको छ। धरान–१५ स्थित पूर्वाञ्चल ज्ञानचक्षु विद्यालयले सहभागी सबै ५ जना विद्यार्थी उत्तीर्ण गराउँदै शतप्रतिशत नतिजा हासिल गरेको छ। यस वर्ष धरान–३ स्थित भानुस्मृति माध्यमिक विद

    • प्रकाशित मितिः वैशाख ३१, २०८३
    • ९३ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic