छाल खवर धरान,७ माघः सहिदस्मृति माध्यामिक विद्यालय धरान–८ले आफ्नो ६७ औं स्थापना दिवस विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ । स्कुलले सहयोगी दाता सहित शिक्षकहरुलाई सम्मान र खेलकुदका विजेतालाई पुरस्कृत गर्दै दिवस सम्पन्न गरेको हो । कार्यक्रमका प्रमुख अतिथि रमेश कुमार वस्नेतले सहिदका विद्यार्थीहरुले वनाएको रोवर्ट मार्फत रिवन काटेर कार्यक्रमको उद्घाटन गरेका थिए । स्कुलले १ लाख रुपैयाको अक्षयकोष स्थापना गर्ने युवा व्यवसायी सुमेधा एजुकेशन नेटवर्क प्रा.लिका सिइओ सुरेन्द्र घिमिरेलाई सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरेको थियो भने स्कुलका विपन्न परिवारका १सय २५ जनालाई न्यायो स्वेटर व
छाल खबर, धरान ५ मा : मारवाडी सेवा समिति धरानले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । स्वास्थ्य शिविरमा ९सय ४१ जनाले स्वास्थय परिक्षण गराएका छन । भने सो दिन भएको रक्तदान कार्यक्रममा ५३ प्रिन्ट रगत समेत संकलन भएको छ । धरान १२ स्थित पब्लिक स्कुलमा परिसरमा शनिबार भएको शिविरमा मधुमेश तथा मुटु रोग सम्बन्धी समस्या भएका २ सय ३५ जना, हाडजोर्नी तथा नशा रोगबाट ग्रसित भएका ६५ जना , प्रस्तुती तथा स्त्री रोग सम्बन्धी समस्या भएका ५५ जना , दन्त समस्या भएका १ सय १६ जना ,आँखा समबन्धी २ सय २२ जना, ईसीजी तथा ईको समस्या भएका १ सय ३४ जना , पि एफ टी समस्या भएका १ सय १४ जना सेवाग्राहीले निशुल्क स्वास्थ्य
पृष्ठभूमि विद्यार्थीलाई समाज र राष्ट्रको सक्षम, नेतृत्वदायी र जिम्मेवार नागरिक बनाउने उद्धेश्यका साथ अग्रगमनको बाटोमा लम्किरहेको छ धरान–१५ स्थित हिविस्कस इङ्लिस वोडिङ स्कुल । २०६३ सालमा स्थापना भएको यो स्कुलले आजको २१ औँ शताब्दीको शिक्षा प्राविधिक, व्यवहारिक र प्रयोगात्मक शिक्षा हुनु पर्दछ भन्ने कुरालाई आत्मसात गर्दै यो स्कुल अगाडि बढिरहेको छ । नीजि विद्यालयले राष्ट्रिय शिक्षामा महत्वपूर्ण योगदान पु¥याउदै आएको कुरामा कुनै दुइमत रहेको छैन । नीजि विद्यालय व्यापारमुखी भए, नीजि विद्यालयले घोकन्ते शिक्षालाई जोड दिन्छन्, भन्ने कुरालाई चुनौती दिदै व्यवहारमुखि र वालमैत्री तरीकाले पठन&divid
छाल खवर धरान,१ माघः विद्यार्थीहरु भित्र रहेको प्रतिभालाई प्रष्फुटन गर्ने उदेश्यले आयोजित धरान प्लस टु अरेटरी च्यालेन्जूको पहिलो अडिसनमा १७ जना छनौट भएकाछन् । धरान–८ स्थित सहिद स्मृति मा.वि.को सभाहलमा मंगलवार भएको सो छनौट प्रतियोगितामा उनीहरु छनौट भएका हुन् । ¥याडिकल लाईट नेपाल प्रा.लि.धरानको सभाहलमा भएको प्रतियोगिताबाट १७ जना सेमि फाईनलमा प्रबेश गरेका हुन। सेमि फाईनलमा प्रबेश गर्नेहरुमा शिक्षा निकेतन मा.वि.का पुजा लम्साल र लाक्पा तामाङ, पब्लिक हाई स्कुलका आयुष कटवाल र चन्द्रकला राई, सियोन स्कुलका सोनिया नेपाली, शारदा बालिका नमुना मा.वि. सृष्टि लुईटेल रहेका छन। यसैगरी धरान आदर्
सम्पूर्ण विद्यालय दृष्टिकोण विद्यार्थीको सिकाइ, भावनात्मक कल्याण र व्यवहार सुधार गर्न, विद्यालय प्रशासन, समुदायलाई नेतृत्व गर्ने ब्यक्ति र अभिभावकहरू बीचको सहयोगात्मक कार्य हो । नेपालको विविध सामाजिक–आर्थिक र भौगोलिक चुनौतिहरूका कारण सम्पूर्ण विद्यालय दृष्टिकोण अत्यन्त आवश्यक छ । राजनीतिक उथलपुथलका कारण पनि अधिकांश बालबालिका गुणस्तरीय शिक्षा पाउनबाट वञ्चित छन् । समावेशी विद्यालय संस्कृतिको अभावमा, अपाङ्गता भएका व्यक्तिहरू शिक्षाको पहुँचबाट वञ्चित छन् । सम्पूर्ण विद्यालय दृष्टिकोणले समावेशी शिक्षा समावेश गर्ने अभ्यास गर्दछ । बालबालिकाको पृष्ठभूमि जस्तोसुकै भएता पनि शिक्षामा पहुँच छ भन्न
छाल खवर धरान,२८ पुषः सहिद स्मृति माध्यामिक विद्यालय धरान–८का विद्यार्थीहरुलाई आइतवार निःशुल्क स्वेटर वितरण गरीएको छ ।धरान राउण्ड टेवलले स्कुलका विद्यार्थीहरुलाई निःशुल्क स्विटर वितरण गरेको हो । राउण्ड टेवलले कक्षा नर्सरी देखि कक्षा ५ सम्मका गरीव तथा विपन्न परिवारका १ सय २५ जना विद्यार्थीहरुलाई निःशुल्क स्वेटर वितरण गरीएको राउण्ड टेवल धरानका अध्यक्ष निमेश अग्रवालले जानकारी दिए । विद्यार्थीहरुको जाडोको समस्यालाई मध्यनजर गरी संस्थाले स्वेटर वितरण गरेको अग्रवालको भनाई रहेको थियो । राउण्ड टेवल धरानले विभिन्न सामुदायिक विद्यालयमा सहयोग गर्दै आएको छ । आगामी दिनमा पनि आवस्यकता र ठाउ
छाल खवर धरान,२७ पुषः नेवाः देय दवू सुनसरीको अधिवेशनले केदार श्रेष्ठको नयाँ कार्यसमिति चयन गरेको छ । शनिवार झुम्कामा भएको तेस्रो अधिवेशनले श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्ष,उपाध्यक्षमा महेशकुमार प्रधान,सुशिल कुमार शाक्य,निर्वाचित भएकाछन् । त्यस्तै समितिको महिला उपाध्यामा विमलादेवि राजभण्डारी र सचिव र महिला सचिवमा वुद्धिमान श्रेष्ठ र सिता प्रधान र कोषाध्यक्षमा यज्ञराज श्रेष्ठ चयन भएकाछन। त्यसैगरी सदस्यहरुमा विशाल श्रेष्ठ, गंगाकुमारी श्रेष्ठ,तेजकुमारी श्रेष्ठ,मन्सा प्रधान,मन्जुला श्रेष्ठ,शुष्मा श्रेष्ठ, कुनलक्ष्मी श्रेष्ठ,कुमार श्रेष्ठ,कुष्णकुम
छाल खवरधरान,२६ पुषः प्रेस सेन्टर सुनसरीको पाचौ अधिवेशनले तिर्थ कार्कीको अध्यक्षतामा सर्वसम्मत जिल्ल समन्वय कमिटी चयन गरेको छ । शुक्रवार धरानमा भएको अधिवेशनले कार्कीको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षद्धयमा लक्ष्मी दंगाल,दिलबहादुर राई निर्वाचित वनेकाछन् । त्यसैगरी समितिको सचिवमा विनोद विश्वकर्मा र सहसचिवद्धयमा रस्मी प्रधान र सुवास खत्री रहेकाछन् भने कोषाध्यक्षमा गणेश तिम्सिना निर्वाचित भएकाछन् । समितिको सदस्यहरुमा अनिश वस्नेत र सुमित थापा निर्वाैचित भएकाछन् । ११ सदस्यीय समितिमा निर्वाचित समितिको पहिलो वैठकले २ जना मनोनित गर्ने नव निर्वाचित अध्यक्ष तिर्थ कार्कीले
छाल खवर धरान,२३ पुषः धुपुङ्गे दर्नाल बंश कुलवन्धु प्रतिष्ठान कोशी प्रदेश अध्यक्षमा धरानका कृतमान दर्नाल निर्वाचित भएकाछन् । शनिबार बेलबारी ४ स्थित बेतानामा भएको कोशी प्रदेश स्तरीय भेलाले कृतमान दर्नाललाई अध्यक्ष पदमा निर्वाचित गरेको हो । समितिको बरिष्ठ उपाध्यक्षमा राजन दर्नाल बेलवारि,उपाध्यक्ष ललित दर्नाल उदयपुर,उपाध्यक्ष, रमेश दर्नाल मोरङ्ग,उपाध्यक्ष अप्सरा दर्नाल गाईघाट रहेकाछन् । प्रतिष्ठानको महासचिवमा गणेश दर्नाल धरान,उप–महासचिव बिनोद दर्नाल मिक्लाजुङ्ग छन् । त्यसैगरी सचिवद्धयमा जिवन दर्नाल दमक,सचिव हरि दर्नाल लेटाङ्ग , मोरङ र कोषाध्यक्षमा जमुना दर्नाल शिवसतासी, झापा निर्वाचित वन
छाल खवर धरान,२३ पुषः धरान–५ स्थित डिपी विलिभर्स वोडिङ स्कुलले धरान उपमहानगरपालिका शिक्षा महाशाखालाई चुनौति दिदै स्विकृति नलिई माध्यमिक तहको कक्षा सञ्चालन गरेको छ । डिपि विलिभर्सले ९ र १० कक्षा सञ्चालनको स्विकृति नलिई गैरकानुनी रुपमा संचालन गरेको हो । स्कुलले कक्षा ९ र १० पढाएपनि एसइई परीक्षा भने मोरङको एक प्राइभेट संस्थाबाट दिने गरेको छ । प्राइवेटबाट परिक्षा दिनको लागि काुननी रुपमा छुट्टै प्राइवेट पढाउन अनुमति लिनुपर्ने कानुनी व्यवस्था रहेको छ । तर स्कुलले एइईको लागि अनुमति नलिई नै कक्षा संचालन गरी विद्यार्थी वाहिर लाने गरेको छ । डिपि विलिभर्सको कक्षा ८ सम्म मात्र पढाउनको लागि कानुनी
Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved
Website By : Hash Tech Logic