समाचार

    Showing २५१-२६० of १,५८८ items.
  • एईई परिक्षामा उत्कृष्ट नतिजा ल्याउने हेलेन सम्मानित

    छाल खवर धरान,२१असोजः स्व.खड्ग बहादुर तुम्बापो स्मृति शैक्षिक पुरस्कारबाट हेलेन तुम्बापो सम्मानित भएकाछन् । तुम्बापोलाई एईई परिक्षामा सुनसरी जिल्लाबाट उत्कृष्ट नतिाज ल्याउन सफल भएकोमा तुम्बापोलाई नगद रु. १० दश हजार सहित सम्मान पत्रले सम्मान गरीएको हो । इटहरी निवासी हेम राज तुम्बापोको छोरा हेलेन तुम्बापोलाई सुनसरी तुम्बापो समाज धरानले हरेक वर्ष एसईईमा तुम्बापो परिवारबाट सर्वोष्कृष्ट जिपिए प्राप्त गरी सुनसरी प्रथम बन्न सफल भएका थिए । विद्यार्थीहरुलाई प्रोत्साहन गर्नको लागि समाजले हरेक वर्ष सम्मान–पत्रद्वारा सम्मान गर्दै आईरहेको समाजका अध्यक्ष हेमराज तुम्बापोले जानकारी दिए । तुम्बा

    • प्रकाशित मितिः असोज २१, २०८१
    • ३,३१७ पटक पढिएको
    • छाल खबर
  • धरानमा खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सुरु

    छाल खवर धरान,१८असोजः खेलकुदको उपनामले परिचित धरानमा प्रथम राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता शुक्रवारदेखि सुरु भएको छ । प्रतियोगिता धरान–१३ स्थित अमर सेवा समाजको कभर्डहलमा तीन दिनसम्म सञ्चालन हुनेछ । धरान ब्याडमिन्टन क्लबको आयोजनामा राष्ट्रिय प्रतियोगिता भएको हो । प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र राईले उद्घाटन गरेका थिए । पूर्व मुख्यमन्त्री राईले खेलकुद क्षेत्रको विकासमा प्रदेश सरकारले पर्याप्त रकम छुटाउन नसकेपछि धरान ब्याडमिन्टन क्लबले स्थानीय साधन श्रोत जुटाएर राष्ट्रिय प्रतियोगिता आयोजना गर्नु प्रशंसनीय कार्य भएको बताए । प्रतियोगितामा नेपालको

    • प्रकाशित मितिः असोज १८, २०८१
    • ५,७९३ पटक पढिएको
    • छाल खबर
  • धरानमा दुई दिने बियर महोत्सव हुँदै

    छाल खवर धरान,१७ असोजः धरानमा पहिलो पटक वियर महोत्सवको आयोजना हुने भएको छ । वियरको प्रदशन र प्रवद्धन गर्नको लागि महोत्सवको आयोजना गर्ने लागेको आयोजकले जनाएको छ । अल्कोहलको मात्रा रक्सी र वाइनमा भन्दा कम भएकोले बियर ठिक मात्रामा पिउँदा रक्सी, वाइन जस्तो नभएको बुझाउन धरानमा दुई दिने बियर महोत्सव गर्न लागिएको मदिरा व्यवसायी संघ कोशी प्रदेशका अध्यक्ष नविन तामाङले जानकारी दिए । कोशी प्रदेशका बियर पारखीहरूका लागि असोज १८ र १९ गते धरान–१५ स्थित होटेल ईजी राइडरमा आयोजना हुने पहिलो प्रदेश स्तरीय बियर महोत्सव भएको सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले वताए । उत्सवको आयोजना नेपाल मद

    • प्रकाशित मितिः असोज १७, २०८१
    • १,११४ पटक पढिएको
    • छाल खबर
  • श्यामचोक सेवा समितिमा नयाँ कार्य समिति चयन

    छाल खवर धरान,१६ असोजः सामाजिक क्षत्रमा सकृय रहेको श्यामचोक सेवा समाजको अध्यक्षतामा दिनेश राना सर्वसम्मत रुपमा निर्वाचित वनेकाछन् । मंगलवार भएको ७ औं साधारण सभाबाट ११ सदस्यीय कार्यसमिति सहित राना अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित वनेका हुन् । समितिको उपाध्यक्षमा डिल्ली राम गिरी, सचिबमा बिकास तामाङ चयन भएका छन् भने सहसचिब र कोषाध्यक्षमा चन्द्रकला खडगी र कोषाध्क्ष्यमा कोपिला तामाङ चयन भएका छन् । समितिको सदस्यमा ललित मान योन्जन, हरि ओझा, बहादुर तामाङ, कमला मगर, राजमणि गौतम र धन कुमार राई चयन भका छन् । निर्वाचन समितिमा निर्वाचन संयोजक सुदेशना प्रधान र सदस्यमा अजुद्ध राई र लोक बहादुर तामाङ रहेका

    • प्रकाशित मितिः असोज १६, २०८१
    • २,६३१ पटक पढिएको
    • छाल खबर
  • नेपाली लेखक सङ्घको आयोजनामा टिकटमा कविता वाचन

    छाल खबर   धरान,१५ असोज  : धरानमा नेपाली लेखक सङ्घले कविता वाचनलाई व्यवसायीक अभ्यासको रूपमा अघि बढाउन  टिकटमा कविता वाचन आयोजना गर्ने भएको छ ।   ‘अग्रजलाई सम्मान र युवालाई प्रोत्साहन’ नाराका साथ अग्रज कवियत्री कुन्ता शर्मा र युवा कवि छविना लुङगेली मगरका कविता वाचन आयोजना गर्न लागिएको मङ्गलवार बिहान संघव्दारा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।   कविता वाचन असोज १९ गते बिहान ८ बजे धरान–१२ स्थित पब्लिक हाई स्कुलको सेमिनार हलमा हुने सङ्घका सुनसरी जिल्ला सचिव विजय घिमिरेले बताए ।    सङ्घका केन्द्रीय सदस्य भीष्म काफ्लेले नेपा

    • प्रकाशित मितिः असोज १५, २०८१
    • २४२ पटक पढिएको
    • छाल खबर
  • डिपोट स्कुलका निम्तेन्जी तामाङ बने धरान स्कुल सिङ्गिङ च्यालेन्जका बिजेता

    छाल खवर धरान,१३ असोजः ¥याडिकल लाईट नेपाल प्रालि धरानले आयोजना गरेको धरान स्कुल सिङ्गिङ च्यालेन्ज–२०८१, सिजन–१ मा डिपोट सेकेन्डरी स्कुलका निम्तेन्जी तामाङ बिजेता भएका छन। शनिवार धरान–१५ स्थित सदन सभा हलमा सम्पन्न फाइनलमा १४ प्रतिष्पर्धीहरुलाई पछि पार्दै तामाङ बिजेता भएका हुन । निम्तेन्जिले १० हजार नगद, ट्रफी र प्रमाण–पत्र प्राप्त गरेकाछन् । ।यसैगरी नबोदय बिद्यामन्दिर बोर्डिङ स्कुलका एल्बिन श्रेष्ठ फष्ट रनर अप बन्दै ५ हजार नगद, ट्रफी र प्रमाण–पत्र प्राप्त गरेकाछन् । सियोन स्कुलका सोहन श्रेष्ठ सेकेन्ड रनर अप भएसङ्गै ३ हजार नगद ट्रफी र प्रमाण–पत्र प्रा

    • प्रकाशित मितिः असोज १३, २०८१
    • ३,६५५ पटक पढिएको
    • छाल खबर
  • सप्तकोशीमा पानीको वहाब अहिलेसम्म कै उच्च

    तस्बिरः कोशी ब्यारेजको फेसबुक पेजछाल खवर धरान,१२असोजः केही दिनयता परेको लगातारको भारी वर्षाले सप्तकोशीमा जलसतह अत्याधिक खतराको बिन्दुमा पुगेको छ। नदिमा पानीको बहाव उच्च भएपछि ५६ वटै ढोका खोलिएको छ। कोशीमा पानीको बहाव ४ लाख ९४ हजार क्युसेक मापन भएको छ। कोशी व्यारेज स्थित प्रशासनले दिएको जानकारी अनुसार कोशिमा उच्च जोखिमको अवस्था छ। त्यसैले ५६ वटै ढोका खोलिएको हो। पानीको सतह निरन्तर बढेपछि कोसी ब्यारेजमा जोखिमको सङ्केत देखिन थालेको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए।

    • प्रकाशित मितिः असोज १२, २०८१
    • २२० पटक पढिएको
    • छाल खबर
  • युएन नवोदय च्याम्पिएनसिप लिग शुरु

    छाल खवर धरान,१२ असोजः युएन नवोदय कलेज धरान–१६ ले फुटसल च्याम्पियनसीप लिग शुक्रबार देखि शुरु गरेको छ । कलेजले कक्षा ११ र१२ कक्षामा अध्ययन गर्ने विद्यार्थीको निम्ति फुटसल अध्ययन अलवा खेल बृद्धि विकासको निम्ति युरोपियन मापदण्डमा रहेर आयोजना गरेको हो । लिगका कोर्डिनेटर तथा कलेजका प्राध्यापक विजय आछामीले धरानमा अन्तराष्ट्रिय मापदण्डमा रहेर विद्यार्थीलाई ज्ञान र खेलको विकास गर्नको निम्ति खेलको आयोजना गरिएको बताए प्राध्यापक अछामीले दिएको जानकारी अनुसार शुक्रवार भएको खेलमा कक्षा ११ र १२ का विद्याथीहरुको १२ वटा टीम मध्ये एल्भेन जि,एल्भेन सी,टुवेल्भ ए,टुवेल्भ सि,टुवेल्भ डी गरी ६ टिम विजयी भएका

    • प्रकाशित मितिः असोज १२, २०८१
    • २,००५ पटक पढिएको
    • छाल खबर
  • हिबिसकस वोडिङ स्कुलले जिल्ला स्तरिय हाजिरि जवाफ प्रतियोगिता आयोजना गर्ने

    छाल खवर धरान,११ असोज : हिविसकस इङलिस वोडिङ स्कुल धरान –१५ले  तेस्रो जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता आयोजना गर्ने भएको छ । स्कुलले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमको आयोजना गर्ने विषयमा जानकारी दिएको हो । विद्याथीैहरुलाई पढाईको अतिरिक्त वौद्धिक क्षमतालाई अगाडी वढाउने उदेश्यले कार्यक्रमको आयोजना गर्न लागिएको स्कुलका सल्लाहकार पवन झा ले जानकारी दिनुभयो । विगत दुई वर्षदेखि स्कुलले हिविसकस क्विज मेनिया नाम दिएर (हाजिरी जवाफ प्रतियोगिता) आयोजना गर्दै आएको छ । विगत दुई वर्षदेखि धरान नगर स्तरीय प्रतियोगिता सम्पन्न गरेकोमा यस वर्ष सुनसरी जिल्ला स्तरीय प्रतियोगिता आयो

    • प्रकाशित मितिः असोज ११, २०८१
    • २,२६९ पटक पढिएको
    • छाल खबर
  • धरानमा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता

    छाल खवर धरान,१०असोजः खेलकुदको शहर उपनामले चिनिने धरानमा पहिलो पटक राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । धरान ब्याडमिन्टन क्लबको आयोजनामा धरानमा पहिलो पटक सो प्रतियोगिता आयोजना हुन लागेको हो । क्लवले बिहीबार पत्रकार सम्मेलन आयोजना गरी क्लबको आयोजनामा असोज १७ गते देखि राष्ट्रिय प्रतियोगिता आयोजना हुने जानकारी गराएको हो । प्रतियोगीता धरान–१३ स्थित अमर सेवा समाजको कभर्डहलमा सञ्चालन हुने क्लवका अध्यक्ष तथा संयोजक टंक बहादुर लिम्बुले जानकारी दिएकाछन् । प्रतियोगिता ३ दिन चल्नेछ । सो ‘प्रतियोगितामा नेपालको ७७ वटै जिल्लाका २ सय टिमका ४ सय खेलाडी सहभागी हुनेछन् । प्रतिय

    • प्रकाशित मितिः असोज १०, २०८१
    • २१७ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic