समाचार

    Showing ५११-५२० of १,५८८ items.
  • सुनाखरी एकेडेमीद्धारा कक्षा–११ का विद्यार्थीहरुलाई स्वागत

    छाल खवर धरान,१३ असोजः सुनाखरी एकेडेमी धरान–१२ का विद्यार्थीहरुले कक्षा–११ मा अध्ययनरत नव आगन्तुक बिद्यार्थीहरुलाई शुक्रवार स्वागत गरेको छ । स्कुलको प्राङ्गणमा आयोजित कार्यक्रम मार्फत एकेडेमिले कक्षा–११ का बिद्यार्थीहरुलाई स्वागत गरेको हो। कार्यक्रमका प्रमुख अतिथि एन–प्याब्सन सुनसरीका अध्यक्ष एबम् सुम्निमा सेकेण्डरी स्कुलका प्रिन्सिपल योवा राई, केन्द्रीय सल्लाहकार एबम लोटस बोर्डिङ स्कुलका निर्देसक गणेश राई, सुनसरीका सह–सचिव एबम बिद्या भूषण स्कुलका प्रिन्सिपल पुर्ण चन्द्र ढकाल, एकेडेमिका निर्देसक प्रदिप राई लगायतले नव आगन्तुक बिद्यार्थीहरुलाई अबिर र खदा लगाएर स्वा

    • प्रकाशित मितिः असोज १२, २०८०
    • २,७१९ पटक पढिएको
    • छाल खबर
  • जसपाको किरात राष्ट्रिय समिति पुनर्गठन

    छाल खवर धरान,८असोजः जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको जनवर्गीय संगठनहरुलाई गठन र पुर्नगठनलाई तिव्रता दिएको छ । पार्टीले कोशी प्रदेश अन्र्तगत रहेको किरात राष्ट्रिय समिति पुनर्गठन गर्दै पुर्नगठनलाई तिव्रता दिएको हो । आइतबार धरान उपमहानगर समितिको कार्यालयमा सम्पन्न किरात राष्ट्रिय समिति रूपान्तरण कार्यक्रमबाट रमेश राईको अध्यक्षतामा ३४ सदस्यीय समिति पुनर्गठन भएको हो । त्यसैगरी उपाध्यक्षहरुमा गणेश राई, मानभगत चाम्लिङ, बिना राई चयन भएकाछन् भने मुख्यसचिवमा प्रशन्न राई रहेकाछन् । त्यस्तै सचिवहरु गोपाल राई, महेन्द्र राई, नेत्रबहादुर नेम्बाङ र कोषाध्यक्ष जंगमान राई रहेका छन् । नव निर्वाच

    • प्रकाशित मितिः असोज ८, २०८०
    • ४,५७९ पटक पढिएको
    • छाल खबर
  • सामाजिक सद्भावको लागि अन्तर धार्मिक सहकार्य

    छाल खवर धरान, ६ असोजःअन्तरराष्ट्रिय शान्ति दिवसका अवसरमा धरानमा युनिभर्सल पिस फेडेरेशन सुनसरीको आयोजनामा सामाजिक सद्भावका लागि अन्तर धार्मिक सहकार्य कार्यक्रम सम्पन्न भएको छ । फेडेरेसन सुनसरील्े बुधबार धरान स्थित होटल स्टार पूर्वीमा सो कार्यक्रम सम्पन्न गरेको हो ।विश्व शन्तिको कामना गरी त्यस विषयका अन्तरक्रिया समेत गरिएको थियो । विश्व शान्तिको लागि समाजमा सद्भाव र धार्मिक सहिष्णुता कायम हुनु पर्ने र धार्मिक गुरुहरुले यसमा अह्म भूमिका निर्वाह गर्नु पर्ने युनिभर्सल पीस फेडेरेशन सुनसरीका अध्यक्ष मोहन श्रेष्ठले बताए । विश्व शान्तीको कामना गर्दै विभिन्न धर्म सम्प्रदायका धर्म गुरुहरुले आफ्नो

    • प्रकाशित मितिः असोज ६, २०८०
    • २,३३७ पटक पढिएको
    • छाल खबर
  • सरकार र आन्दोलनरत शिक्षकहरुबीच सहमति

    छाल खवर काठमाडौँ,५ असोजः शिक्षा विधेयकमा ल्याईको केही वुदामा असहमति राखेर आन्दोलनरत शिक्षक महासंघ र सरकारबीच सहमति भएको छ। गृहमन्त्रालयमा शुक्रबार भएको दुइ पक्षवीचको वार्तापछि शनिबारदेखि आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिने समझदारी समेत बनेको हो । नेपालका सार्वजनिक विद्यालयमा अध्यापनरत शिक्षकहरुको मर्यादाक्रम कायम गर्ने, विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा भएका व्यवस्थाहरुमा संसदको सार्वभौमिकतालाई सम्मान गर्दै संसदीय प्रणाली, अभ्यास र संघीय संसद सञ्चालनसम्बन्धी मौजूदा विधि बमोजिम प्रक्रिया अगाडि बढाउन सहजीकरण गर्ने लगायतमा सहमति जुटेको छ । यस्तै शिक्षक

    • प्रकाशित मितिः असोज ५, २०८०
    • २,९४१ पटक पढिएको
    • छाल खबर
  • शिक्षा विधेयकको विरुद्ध आन्दोलन जारी

    छाल खवर धरान,५ असोजः संसदमा दर्ता भएको शिक्षा विधेयक विरुद्ध आन्दोलनरत शिक्षकहरुले तेस्रो दिन पनि आन्दोलन जारी राखेकाछन् । केही प्रावधानहरुप्रति असन्तुष्टी जनाउदै देशभरका सामुदायिक स्कुलका शिक्षक तथा कर्मचारीहरुले तेस्रो दिन शुक्रवार पनि आन्दोलन जारी राखेका हुन् । देशभरबाट सहभागी भएका शिक्षकहरु काठमाडौ केन्द्रीत भएकाछन् भने स्थानीय तहमा पनि शिक्षकहरुले धर्ना दिएकाछन् । धरान उपमहानगरपालिकाका रहेका सामुदायिक तथा सरकारी स्कुलका शिक्षक तथा कर्मचारीहरुले उपमहानगरपालिका परिसरमा धर्नामा बसेका छन् । विद्यालय शिक्षासम्बन्धी विधेयकमा भएका कतिपय प्रावधानमा असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासङ्घको न

    • प्रकाशित मितिः असोज ५, २०८०
    • ४,१२२ पटक पढिएको
    • छाल खबर
  • टिमुरको उत्पादनमा दोब्बरले कमी

    छाल खवर धरान,५असोजः दाङमा टिमुरको उत्पादनमा कमी आएको छ । आर्थिक वर्ष २०७८र७९ को तुलनामा आव २०७९र८० मा दोब्बरले टिमुरको उत्पादनमा कमी आएको हो । जिल्लाबाट आव २०७८र७९ मा दुई लाख ४१ हजार सात सय ४२ किलो बिक्री भएको थियो । आव २०७९र८० मा एक लाख पाँच हजार नौ सय छ किलो मात्रै टिमुर बिक्री भएको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत भक्तबहादुर चौधरीले जानकारी दिनुभयो । अनुसार गत वर्ष करिब एक लाख ५५ हजार आठ सय ३६ किलो टिमुर कम बिक्री भएको छ । सहायक वन अधिकृत चौधरीका अनुसार आव २०७८र७९ मा राष्ट्रिय वनबाट २९ हजार पाँच सय ५० किलो र निजी वनबाट दुई लाख १२ हजार एक सय ९२ किलो टिमुर जिल्ला बाहिर बिक्रीका लागि लग

    • प्रकाशित मितिः असोज ५, २०८०
    • २,३७७ पटक पढिएको
    • छाल खबर
  • एनव्याव्सन सुुनसरीको अध्यक्षमा योवा राई निर्वाचित

    छाल खवर धरान,३ असोजः राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याव्सन) सुनसरीको अध्यक्षमा योवा राई निर्वाचित भएकाछन् । धरानमा वुधवार भएको दशौं जिल्ला अधिवेशनले राई सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित गरेको हो । निर्वाचित राई धरान–८ स्थित सुम्निमा सेकेण्डरी बोर्डिङ स्कुलका प्रिन्सिपल हुन । राईको अध्यक्षतामा सर्बसम्मत २१ सदस्यिय नया कार्यसमिति चयन भएको छ। अधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा स्ट्याण्डर्ड बोर्डिङ स्कुलपकलीका प्रिन्सिपल गणेश कोइराला, उपाध्यक्षमा हिमालयन बोर्डिङ स्कुल चतराका आलोक श्रेष्ठ,निर्वाचित भएका छन् । त्यसैगरी सचिवमा नमुना एकेडेमी तरहराका प्रिन्सिपल थरेन्द

    • प्रकाशित मितिः असोज ३, २०८०
    • ९,६९४ पटक पढिएको
    • छाल खबर
  • नर बहादुर कर्माचार्य बहुप्राविधिक शिक्षालयमा निःशुल्क होटल म्यानेजमेन्ट तालिम

    छाल खवर धरान,३१ भदौं ःऔद्योगिक प्रशिक्षार्थी कार्यक्रम अन्तर्गत प्राविधिक शिक्षालय र उद्योग व्यवसाय दुवै ठाउँमा सिकिने सैद्धान्तिक र प्रयोगात्मक ज्ञान आर्जन सहितको शिक्षा नर बहादुर कर्माचार्य बहुप्राविधिक शिक्षालय ईटहरीमा निशुल्क होटल म्यानेजमेन्ट अध्ययन हुने भएको छ । आईतबार धरानमा पत्रकार सम्मेलन मार्फत शिक्षालयले एसएलसि उत्तिर्ण वा एसर्ईई परिक्षामा सामेल भएको साथै जुनसुकै ग्रेड ल्याएका विद्यार्थीहरुलाई निशुल्क होटल म्यानेजमेन्ट तालिम दिईने शिक्षालयका अध्यक्ष एकचन्द्र बरालले जानकारी दिए । उनले भने प्राविधिक शिक्षा तथा तालिममा सहभागी हुन ईच्छुक प्रशिक्षार्थी १६ वर्ष उमेर पुरा भै २५ वर्ष सम्

    • प्रकाशित मितिः भदौ ३१, २०८०
    • ३,३७२ पटक पढिएको
    • छाल खबर
  • सहिद स्कुलद्धारा छात्रवृत्ति वितरण सम्पन्न

    छाल खवरधरान,२९ भदौ ः सहिद स्मृति माध्यामिक विद्यालय धरान–८ले छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयले ५९ औं बाल दिवसका अवसर पारेर छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न गरेको हो । नेपाल सरकाद्धारा प्रदान कक्षा ८ सम्मका छात्राहरुका लागि प्रदान गरीने छात्रवृत्ति र अक्षयकोष द्धारा प्रदान गरीने पुरस्कार वितरण गरीएको विद्यालयका प्रधानाध्यापक रामबहादुर विष्टले वताए । दुवै शिर्षकको गरेर ५३ हजारको छात्रवृत्ति वितरण गरीएको विष्टले जानकारी दिएकाछन् । नेपाल सरकारले जनही ४ सयका दरले छात्रवृत्ति दिने गरेको छ । त्यसमा दलित विद्यार्थी र महिला छात्राहरुलाई नदोरीने गरीने वितरण गरीने गर

    • प्रकाशित मितिः भदौ २९, २०८०
    • २,७५० पटक पढिएको
    • छाल खबर
  • बाल दिवसका अवसरमा हिविसकस वोडिङ स्कुलद्धारा विविध कार्यक्रम सम्पन्न

    छाल खवरधरान,२९ भदौ ःहिविसकस इङलिस बोडिङ स्कुल धरान– १५ ले विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । स्कुले ५९ औं बाल दिवसका अवसर पारेर विभिन्न कार्यक्रम सम्पन्न गरेको हो । हिविसकस बाल क्लवको आयोजनामा भएको सो कार्यक्रममा अन्तर्गत नृत्य,गायन, नाटक र कविता बाचन कार्यक्रम आयोजना गरीएको थियो । कार्यक्रममा बालक्लवका पूर्व अध्यक्ष आयुषा श्रेष्ठ प्रमुख अतिथि रहेकी थिइन भने कक्षाका हाउस क्याप्टेनहरु अथिति रहेका थिए । कार्यक्रममा शिक्षक मनिष श्रेष्ठले गीत गाएका थिए भने प्रज्वलिता श्रेष्ठले कविता वाचन गरेकी थिइन । कार्यक्रममा शिक्षिकाहरुले सामुहिक नृत्य प्रस्तुत गरेर मनोरन्जन दिएका थिए । विद

    • प्रकाशित मितिः भदौ २९, २०८०
    • ३,०२३ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic