समाचार

    Showing ८११-८२० of १,७२१ items.
  • नोवेल एकेडेमीको हिज्जे प्रतियोगितामा निलो सदन प्रथम

    छाल खवर धरान,२२ माघ ः नोवेल एकेडेमी धरान–११ को हिज्जे प्रतियोगितामा निलो सदन प्रथम हुन सफल वनेको छ । निलो सदनका तर्फबाट प्रिसिका दास, हाङ्मा लिम्वु, राजु श्रेष्ठ, आसुसेन तामाङ, र रिजन कट्वाल रहेका थिए । प्रतियोगितामा पहेलो सदन दोस्रो भएको छ । पहेलो सदनका तर्फबाट सामना लिम्वु, खुशी मगर,समिर तामाङ, संस्कार राई र सागर सुनार रहेका थिए । त्यसैगरी प्रतियोगितामा हरीयो सदनको टिम तेस्रो वन्न सफल भएको थियो । तेस्रो सदनका तर्फबाट मनिका श्रेष्ठ,प्रतिज्ञा राई, सामिङ्मा राई, दिपेन्द्र श्रेष्ठ र आरुसि गनगाई रहेका थिए । प्रतियोगिताका विजेताहरुलाई ट्रफि र प्रमाण –पत्र प्रदान गरीने विद्यालयका सह

    • प्रकाशित मितिः माघ २२, २०७९
    • २,७८५ पटक पढिएको
    • छाल खबर
  • विद्यालय वातावरण सुधार कार्यक्रम सम्पन्न

    छाल खवर धरान। २१ माघ ःसब डिभिजन वन कार्यालय, बिष्णुपादुका धरानद्वारा वातावरण सचेतनासहितको विद्यालय वातावरण सुधार कार्यक्रम सम्पन्न भएको छ । ज्वालामुखी माध्यमिक विद्यालय, धरान १७ पटनालीमा शुक्रवार सो कार्यक्रम सम्पन्न भएको हो । सो कार्यक्रममा कक्षा ८ र ९ मा अध्ययनरत ८५ भन्दा बढी विद्यार्थीहरुको सहभागीता रहेको थियो। विद्यार्थीहरुमा वन र वातावरणको महत्वको विषयमा सकारात्मक ज्ञानको विकास गर्दै विद्यार्थीहरूलाई वन, वातावरण, जैविक विविधता, वन्यजन्तु, जलाधार, जलवायु परिवर्तन लगायतका विषयमा सचेतना जगाउने उद्देश्यले वातावरण सचेतनासहितको विद्यालय वातावरण सुधार कार्यक्रम सञ्चालन गरिएको सब डिभिजन व

    • प्रकाशित मितिः माघ २१, २०७९
    • २,३७३ पटक पढिएको
    • छाल खबर
  • धरानमा अन्तराष्ट्रिय साहित्यक महोत्सव

    धरान,२० माघ ः धरानमा दोस्रो अन्तराष्«िट्रय धरान साहित्य तथा सास्कृतिक पर्यटन महोत्सव आयोजना हुने भएको छ । साहित्य कला संस्कृति प्रतिष्ठान धरान १३ को आयोजनामा सो महोत्सव आयोजना हुन लागेको हो । महोत्सवमा नेपाल लगायत भारत र भुटानसम्मका साहित्यकारहरु तथा कलाकारहरुको सहभागीता रहने प्रतिष्ठानका अध्यक्ष गोपाल प्रयासले जानकारी दिएकाछन् । महोत्सवमा पुस्तक प्रदर्शनी, लोक सास्कृतिक कार्यक्रमका साथै जातिय पहिचान झल्किने सास्कृतिक कार्यक्रमहरु समेत आयोजना हुनेछ । फागुन २६ र २७ गते आयोजना हुन लागेको महोत्सवमा नेपालका चर्चित कलाकारहरुको समेत उपस्थिति रहने छ भने विदेशका ७ जना र नेपालका ७ जना कवि

    • प्रकाशित मितिः माघ २०, २०७९
    • ८१२ पटक पढिएको
    • छाल खबर
  • धरानमा प्रदेशस्तरीय अल्फा विटा महिला पुरुष अन्तर कलेज बास्केटबल प्रतियोगिता

    छाल खवर धरान,१८ माघ ः धरानमा दोस्रो प्रदेश १ स्तरीय अल्फा विटा महिला पुरुष अन्तर कलेज बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । धरान बास्केटबल संघको आयोजनामा हुन लागेको सो प्रतियोगिता फागुन ५ गतेदेखि १२गतेसम्म आयोजना हने भएको हो । आयोजकले वुधवार पत्रकार सम्मेलन गरीदिएको जानकारी अनुसार प्रतियोगितामा पुरुषतर्फ १२ टिम र महिलातर्फ ८ टिम सहभागी हुनेछन् । धरान–१६ स्थित रंगशालमा हुने उक्त प्रतियोगितामा धरान,झापा,मोरङ,इलाम,उदयपुर,धनकुटा लगायतका जिल्लाहरुबाट खेलाडीहरु सहभागी हुने आयोजकले जनाएको छ । प्रतियोगितामा कक्षा ६ देखि स्नातक तहसम्मका विद्यार्थीहरुले सहभागीता जनाउन सक्नेछन् । पत्रकार

    • प्रकाशित मितिः माघ १८, २०७९
    • ४,८१७ पटक पढिएको
    • छाल खबर
  • देशको आर्थिक संकट बारे एकीकृत समाजवादीले प्रधानमन्त्री समक्ष बुझायो ध्यानाकर्षण पत्र

    छाल खवर काठमाडौ.,१७ माघः नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आर्थिक संकट समाधान सम्बन्धमा ध्यानाकर्षण गराएको छ । मंगलबार बिहान बालुवाटार पुगेर अध्यक्ष माधव नेपालसहितका शीर्ष नेताले देशको अर्थतन्त्र गम्भीर संकट तर्फ उन्मुख भइरहेको र जनतालाई बाँच्न समेत धौधौ भइरहेको भन्दै प्रधानमन्त्री प्रचण्डलाई २० बुँदे ज्ञापनपत्र बुझाएका हुन् । एकीकृत समाजवादीले ज्ञापनपत्र बुझाउँदै देशको आर्थिक संकट समाधानका लागि तत्काल कदम चाल्न आग्रह गरेको छ । एकीकृत समाजवादीले जर्जर बनेको देशको अर्थतन्त्र सुधार युवा र बौद्धिक जनशक्ति रोक्न प्रभावकारी कदम चाल्नुपर्ने बताएको छ । मजदुर, किसा

    • प्रकाशित मितिः माघ १७, २०७९
    • ३,५७२ पटक पढिएको
    • छाल खबर
  • बुढासुब्बा गोल्डकपको प्रर्वद्धन गर्न मैत्रीपुर्ण फुटबल

    छाल खवर धरान,१७ माघ ःअन्तर्राष्ट्रिय स्तरको फुटवल प्रतियोगिता आयोजना गर्दै आएको धरान फुटबल क्लबले बुढासुब्बा गोल्डकपको प्रर्वद्धन गर्न सोमवार मैत्रीपुर्ण फुटबल आयोजना गरेको छ । फागुन १३ गतेदेखि हुन लागेको २३ औं टुबोर्ग बुढासुब्बा गोल्डकपको प्रर्वद्धनको लागी उक्त मैत्रीपुर्ण खेल गरिएको हो । नगर प्रमुख हर्कराज राईको कप्तानीमा उपमहानगरपालिकाको टोली र किशोर राईको कप्तानीमा पुर्वराष्ट्रिय खेलाडीहरु सम्मिलित टोलीबीच खेल भएको सो खेल धरान–१६ स्थित रंगशालामा भएको थियो । खेलमा आयोजक धरान फुटवल क्लवको टिमलाई २–० को अन्तरले गोलगरी उपमहानगरपालिकाको टोली २–० विजयी बनेका थियो । उपमहानगरक

    • प्रकाशित मितिः माघ १७, २०७९
    • २,९८० पटक पढिएको
    • छाल खबर
  • वन उपभोक्तालाई रेकर्ड किपिङ र लेखा व्यवस्थापन तालिम

    छाल खवर धरान,१७ माघ ः धरान क्षेत्रका सब डिभिजन बन कार्यालय, बिष्णुपादुका, धरानले सामुदायिक वनका पदाधिकारीहरुलाई एक दिने रेकर्ड किपिङ तथा लेखा व्यवस्थापन तालिम दिएको छ । कार्यालयले १६ वटा सामुदायिक वन उपभोक्ता समूहका १६ वटा सामुदायिक वनका अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, लेखा समिति, सल्लाहकार समितिलाई सो तालिम दिएको हो । तालिममा ५० जनाको सहभागीता रहेको थियो। तालिममा सहभागीहरूलाई बैठक सञ्चालन,रेकर्ड किपिङ, पत्राचार, फाईलिङ, माइन्युट लेखन, अभिलेख व्यवस्थापनका विषयमा प्रशिक्षण दिइएको थियो । त्यस्तै सामुदायिक वन उपभोक्ता समूहको आर्थिक कार्यविधि निर्देशिका, २०७३ बमोजिम सामुदायिक वनहरूले

    • प्रकाशित मितिः माघ १७, २०७९
    • ३,२२९ पटक पढिएको
    • छाल खबर
  • रोटरी क्लव र रोट्याक्ट क्लवद्धारा आयोजित रक्तदानमा ८० पिन्ट रगत संकलन

    छाल खवर धरान, १६ माघ ः रोटरी क्लव अफ धरान र रोट्याक्ट क्लव धरानले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । क्लवले नियमित कार्यक्रम अन्र्तगत कार्यक्रमको आयोजना गरेको हो । भानुचोकमा आयोजित कार्यक्रममा ८ पिन्ट रगत संकलन भएको रोटरी क्लव अफ धरानका पूर्व सभापति सुरेन्द्र स्थापितले जानकारी दिएकाछन् । क्लवले आयोजना गर्ने गरेको नियमित कार्यक्रम अन्र्तगत रक्तदान आयोजना गरीएको स्थापितको भनाई रहेकोछ । सो कार्यक्रममा धरान सिटी कलेजका विद्यार्थीीहरुले सहभागिता जनाएका थिए ।

    • प्रकाशित मितिः माघ १६, २०७९
    • २,०२३ पटक पढिएको
    • छाल खबर
  • प्रदेशस्तरीय पाचौं पुष्प प्रदर्शनी व्यापार मेला माघ २५ गतेबाट

    छाल खवर धरानः फूलवारीको शहर उपनामले परिचित धरानमा माघको अन्तिम साता प्रदेशस्तरीय पाचौं पुष्प व्यापार प्रदर्शनी मेला आयोजना हुने भएको छ । आयोजकले सोमवार धरानमा पत्रकार सम्मेलन गरी सो मेला सञ्चालन हुने वारेमा जानकारी दिएको हो । आयोजकले दिएको जानकारी अनुसार माघ २५ गते देखि २९ गतेसम्म आयोजना हुने सो मेला पव्लिक स्कुलको खेल मैदानमा हुनेछ । पाच दिनसम्म सञ्चालन हुने सो मेलाको प्रदेशस्तरीय पुष्प व्यापार मेलामा ५ सय प्रजातिका फूल प्रदर्शनीमा राखिने तथा बिक्री गरिने भएको छ । फ्लोरिकल्चर एसोसिएसन सुनसरीले पत्रकार सम्मेलन गरी स्थानीय व्यवसायीका उत्पादनलाई प्राथमिकता दिने बताएको छ । । धरानलाई फूलबारीक

    • प्रकाशित मितिः माघ १६, २०७९
    • २,४९४ पटक पढिएको
    • छाल खबर
  • एसईईको समय तालिका सार्वजनिक, परीक्षा चैत १७ देखि २९ गतेसम्म

    छाल खवर काठमाडौं,१४ माघ ः यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परिक्षा तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई परीक्षा चैत १७ देखि २९ गतेसम्म सञ्चालन गर्ने गरी तालिका सार्वजनिक गरेको हो । बोर्डले शनिवार परीक्षा तालिका सार्वजनिक गरेको हो । बोर्डको तालिका अनुसार आगामी चैत १७ गते शुक्रबार अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ । सोही दिन वेदविद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुने छ । चैत १९ गते अनिवार्य गणित र २० गते अनिवार्य नेपालीको परीक्षा हुने छ ।

    • प्रकाशित मितिः माघ १४, २०७९
    • ३,१२८ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic