समाचार

    Showing ८३१-८४० of १,७२१ items.
  • भोजपुरे खुकुरी माग बढ्यो, कालीगढको अभाव

    छाल खवर भोजपुर,८माघ ःख्यातिप्राप्त भोजपुरे खुकुरीको माग अन्तर्राष्ट्रिय बजारमा समेत हुने गरेको छ । यहाँ बनेको खुकुरीको माग देश तथा विदेशमा भए पनि मागअनुसार खुकुरी उत्पादन गर्न नसकिएको व्यवसायीको भनाइ छ । देश, विदेशमा पहिचान बनाएको भोजपुरे खुकुरी दक्ष कालीगढ अभावमा मागअनुसार उत्पादन गर्न समस्या रहेको व्यवसायीको भनाइ छ । पुस्तान्तरण नहुँदा तथा संरक्षणको अभावले खुकुरी बनाउने कालीगढ पेसा लोप हुने अवस्थामा पुगेको उनीहरूको भनाइ छ । खुकुरीले ख्याति कमाएको जिल्लामा दक्ष कालीगढ अभावले उत्पादनमा कमी आएको स्थानीय व्यापारीको भनाइ छ । खुकुरी बनाउने पेसा नयाँ पुस्ताको रोजाइँमा नपर्दा उत्पादनमा कमी आएको दे

    • प्रकाशित मितिः माघ ८, २०७९
    • २,३५६ पटक पढिएको
    • छाल खबर
  • को–को छन् राष्ट्रपतिका आकांक्षी

    छाल खवर काठमाडौं, ८ माघ ः राष्ट्रपतिको उम्मेदवार अहिलेसम्म कुनै पनि दलले टुंगो लगाएका छैनन् । सबै दलका शीर्षनेता आगामी दिन आफूलाई ‘कम्फर्टेबल’ हुनेगरी उम्मेदवार खोजीमै रहेका छन् । यद्यपि, राजनीतिक दलबीच राष्ट्रपतिका लागि दौडधुप सुरु भइसकेको छ । एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, उपाध्यक्ष युवराज ज्ञवाली, नेतृ गोमा देवकोटालगायत नेताले ‘आफू राष्ट्रपति हुन खोजेको र त्यसका लागि लबिङ’ गरिरहेका छन् । कांग्रेसबाट वरिष्ठ नेताद्वय रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला राष्ट्रपति बन्ने दौडमा छन् । यद्यपि, कांग्रेस

    • प्रकाशित मितिः माघ ८, २०७९
    • १,७५५ पटक पढिएको
    • छाल खबर
  • एनआइसी एशिया बैंकको डिजिटल बैंकिङमा समस्या, ग्राहकलाई समय र ब्याज दुबैको घाटा

    छाल खवर धरान,७ माघ ःएनआइसी एशिया बैंकको विद्युतीय भुक्तानी सेवा ( इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ र कार्डलेस विथड्रअल) भरपर्दो नहुँदा उपभोक्ताले समस्या र ब्याज घाटा दुबै व्यहोर्नुपरेको छ । ग्राहक संख्या वृद्धिको तुलनामा बैंकले आवश्यक प्राविधिक समर्थन र जुटाउन नसक्दा यसका ग्राहकले नगदरहित भुक्तानीमा समस्या व्यहोर्नु परिररहेको छ । केही समययता वालेटमा फण्ड लोड नहुने समस्या देखिएको छऽ एकजना पीडित ग्राहकले खाताबाट रकम काटेपनि वालेटमा ब्यालेन्स देखि‌ंदैन, गुनासो गरेको तीन दिनपछि बल्लतल्ल रकम बैंक खातामा बैंकले फिर्ता गरिदिन्छ। खाताको रकम हराएको तीन दिनसम्मको ब्याज नोक्सानी पनि हामी उपभोक्ताले

    • प्रकाशित मितिः माघ ७, २०७९
    • २,६९० पटक पढिएको
    • छाल खबर
  • करेन्ट लगाएर सिकारीले मार्‍यो दुई गैँडा

    छाल खबर चितवन , ७ माघ ः । चितवन राष्ट्रिय निकुञ्जमा दुई वटा गैँडा चोरी सिकारीले मारेको अवस्थामा फोला परेको छ । शुक्रवार दिउसो साढे १२ बजे पूर्वी नवलपरासीको मध्य विन्दु नगरपालिका २ सीतापुर सेहेरी नजिकै नारायणी नदीको भङालोमा दुई वटा गैँडा मृत अवस्थामा फेला परेको हो । एउटा माउ गैँडा र एउटा भाले बच्चा गैँडा मृत अवस्थामा फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकृत गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । दिउसो गैँडा मृत अवस्थामा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । माउ गैँडाकोट सिङ काटेर लगेको र बच्चाको भने सुरक्षित रहेको सूचना अधिकारी तिवारीले जानकारी दिनुभयो । नारायणी नदी वारी घा

    • प्रकाशित मितिः माघ ७, २०७९
    • १,२३५ पटक पढिएको
    • छाल खबर
  • आगलागी हुँदा ३ वटा घर जलेर नष्ट ,१० लाख बराबरको क्षति

    छाल खवर सप्तरी , ७ माघ ः सप्तरीको तिरुहुत गाउँपालिका ४ स्थित डिमन टोलमा शुक्रबार आगलागी हुँदा ३ वटा घर जलेर नष्ट हुँदा १० लाख बराबरको क्षति भएको छ । स्थानीय नारायण यादव, ओम नारायण यादव र गुगली भन्ने हरेराम यादवको घरमा आगलागी हुँदा १० लाख बराबरको धनमाल जलेर नष्ट भएको स्थानीयले बताएका छन् । गुगली भने हरेराम यादवको गोठघर छेउमा राखेको खरानीको ढिस्कोबाट आगो सल्किदा उनको गोठघरमा आगलागी भएपछि टाँसिएको छिमेकी तेज नारायण र ओम नारायणको घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रबक्ता सिंहले जानकारी दिएका छन्। आगलागीमा कंचनरुप नगरपालिका,राजविराज नगरपालिका हनुमाननगर कंकालिनी नगरपालिका

    • प्रकाशित मितिः माघ ७, २०७९
    • १,५६८ पटक पढिएको
    • छाल खबर
  • आत्मनिर्भर लघुवित्तले आईपीओ निष्काशन गर्ने

    छाल खवर धरान,६ माघ ः आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ता तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्ने लागेको हो । लघुवित्तले आफ्नो जारी पूँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२।६२५ प्रतिशतले हुन आउने २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २ लाख ३ हजार ३८० कित्ता सेयर निष्काशन गर्न लागेको हो । जसमध्ये २० हजार ३३८ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गर्न लागेको छ । यस्तै ३ हजार ११७ कित्ता सेयर कर्मचारीहरु तथा

    • प्रकाशित मितिः माघ ६, २०७९
    • २,६१० पटक पढिएको
    • छाल खबर
  • अल स्टार्सलाई पिएसजीले हरायो,रोनाल्डोको दुई गोल

    छाल खवर ५ माघ । साउदी अरबको रियादमा भएको मैत्रीपूर्ण खेलमा पिएसजीले अल स्टार्स एघारलाई पराजित गरेको छ। गोलको वर्षा भएको खेलमा पिएसजीले ५-४ ले जितेको हो। क्रिस्टियानो रोनाल्डो भर्सेज लियोनेल मेसी खेलको रुपमा हेरिएको यस खेलमा क्रिस्टियानो रोनाल्डोले अल स्टार्सका लागि दुई गोल गरेका थिए भने लियोनेल मेसीले एक गोल गरेका थिए। यस खेलमा खेलको ३९औं मिनेटमा जुआन बेरनटले रातो कार्ड पाएपछि पिएसजी १० खेलाडीमा सिमित भएको थियो। त्यस्तै नेइमारले पहिलो हाफको अन्तमा पाएको पेनाल्टी मिस गरेका थिए। अल स्टार्सका लागि जांग हिउन सू र टालिस्काले एक एक गोल गरेका थिए। त्यस्तै पिएसजीका लागि मेसी, मार्क्यूरिन्होज,

    • प्रकाशित मितिः माघ ६, २०७९
    • १,६३२ पटक पढिएको
    • छाल खबर
  • आफ्नै साथीकाे खुकुरी प्रहार गरी हत्या

    छाल खवर सुनसरी ,५ माघ । सुनसरीको धरान उपमहानगरपालिका–५ आपटारमा बिहीबार आफानै साथीले खुकुरी प्रहार गरी एकजनाको हत्या भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । खुकुरी प्रहारबाट स्थानीय ३५ वर्षीय कुमार बुढाथोकीको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार खुकुरी प्रहारबाट स्थानीय २५ वर्षीया मञ्जु खड्का राई गम्भीर घाइते भएकी छिन् । स्थानीय ३९ वर्षीय हर्कबहादुर राईले आफ्नै घरको भान्छा कोठामा साथी ३५ वर्षीय बुढाथोकीको खुकुरी प्रहार गरी हत्या गरेका थिए । बुढाथोकीको कोखा र ढाडमा पनि कर्दा प्रहार गरेको अवस्थामा शव भेटिएको थियो । उनलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको

    • प्रकाशित मितिः माघ ६, २०७९
    • २,४९२ पटक पढिएको
    • छाल खबर
  • दुई कपडा पसलमा छापा

    छाल खवर विराटनगर ,५ माघ ःराजस्व अनुसन्धान एकाइ कार्यालय, इटहरीको टोलीले बुधबार विराटनगरका दुई कपडा पसलमा छापा मारेको छ । विराटनगर–९, मेनरोडमा रहेको नारायण स्टोर र अम्बिका वस्त्रालयमा सो टोलीले छापा मारेर कागजात नियन्त्रणमा लिइएको हो । अवैध कारोबार र कर छली गरेको सूचनाका आधारमा छापा मारेर कागजात नियन्त्रणमा लिइएको राजस्व अनुसन्धान एकाइ कार्यालय इटहरीका सूचना अधिकारी एवं अधिकृत विनोद पोखरेलले जानकारी दिनुभयो । नन्दुकिशोर तापडिया र किसन तापडियाले सञ्चालन गरेको नारायण स्टोर भारतको जोगबनीमा समेत रहेको छ । खुला सीमाको फाइदा उठाउँदै भन्सार छलेर कपडा भित्र्याउने गरेको आरोप यी पसललाई लाग्दै आ

    • प्रकाशित मितिः माघ ५, २०७९
    • २,०७९ पटक पढिएको
    • छाल खबर
  • वचत संघको निर्वाचनमा वस्नेत भन्दा दोव्वर मतले गिरी विजयी

    छाल खवर धरान,४ माघ ः वचत तथा ऋण सहकारी संघको निर्वाचनमा प्रतिष्पर्धी भन्दा दोव्वर मतले गोमा कुमारी गिरी विजयी वनेकीछिन् । संघको बुधवार भएको निर्वाचनमा आफ्ना प्रतिष्पधी जितेन्द्र बस्नेतलाई दोव्वर मतले पराजित गर्दै गिरी सचिव पदमा विजयी वनेकी हुन् । विजयी गिरीले ८८ मत पाउदा वस्नेतले ४४ मतमा चित्त वुझाउनु परेको थियो । वस्नेतलाई अन्य राजनीतिक दलको समेत समर्थन गरेको थिए । सागर राईले ३ मत पाएका थिए । जम्मा १३६ मत खसेकोे थियो । खुल्ला सदस्य निर्वाचित ४ जना महिला सदस्यहरुमा टिकादेवी पौडेल, भिममाया लिम्वु, कलावति देवि दुलाल, विमला भुजेल निर्वाचित भएकाछन् । त्यस्तै खुल्ला ६ सदस्यमा बुद्धिकुमार वुढाथो

    • प्रकाशित मितिः माघ ४, २०७९
    • १,७८७ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic